काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) सङ्क्रमणका कारण विगत ४ महिनादेखि बन्द रहेका शैक्षिक संस्था खुलाउने प्रक्रियाका बारेमा फेरि अन्योल सिर्जना भएको छ ।
आजको गोरखापत्र दैनिकमा खबर छ - शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले भाइरसको सङ्क्रमण न्यूून भई विद्यालय सञ्चालन गर्न अनुकूूल भएको स्थानमा समेत विद्यालय खोल्न स्थानीय तहलाई अनुमति दिन नसकिने स्थितिमा पुुगेको छ ।
मन्त्रालय पनि माथिल्लो तहसित निर्देशन एवं समन्वयको प्रतीक्षामा रहेपछि अन्योल बढेको हो । मन्त्रालयका प्रवक्ता एवं सहसचिव दीपक शर्माले केही जिल्ला तथा स्थानीय तहमा सङ्क्रमणको अवस्था न्यूून भए पनि विद्यालय सञ्चालन गर्न मन्त्रालयले अनुमति दिन नसकिने बताए । उनले स्थानीय तहबाट यस खालको प्रस्तावसमेत आएको छैन भनी स्पष्ट पारे ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गरेका केही निर्णय उल्टिएपछि अब विद्यालय सञ्चालनको निर्णय गर्न माथिल्लो निकायको आदेश कुर्ने कि भन्ने हिसाबले मन्त्रालयका सम्बन्धित अधिकारी छलफलमा जुटेका छन् ।
यसअघि मन्त्रालयले गत ४ चैतमा स्वास्थ्य सुरक्षामा ध्यान दिँदै माध्यमिक शिक्षा परीक्षा (एसईई) सञ्चालन गर्ने निर्णय गरेको थियो । चैत ५ गते बसेको कोभिड-१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिले परीक्षा रोक्ने निर्णय गरेपछि परीक्षा सञ्चालन हुन सकेन ।
विगतको समीक्षासमेत गरी सङ्क्रमणका कारण विद्यालय बन्द गर्ने निर्णय पनि सोही उच्च स्तरीय समितिले नै गरेकाले आफूहरूले अब विद्यालय खोल्ने निर्णय गर्दा आफैँ निर्णय गर्ने या माथिल्लो तहको आदेश कुर्ने भन्नेमा स्पष्ट हुन नसकिएको उनको भनाइ छ । यो अवस्थामा मन्त्रालयले मात्रै निर्णय गर्दा समस्या आउन सक्ने देखिएको उनले बताए । अर्कोतर्फ हाल उच्च स्तरीय समिति निष्क्रिय अवस्थामा छ ।
विश्वविद्यालयको हकमा भने विश्वविद्यालय अनुदान आयोगले कार्यविधि बनाएर उच्च शैक्षिक संस्थालाई स्वायत्त अधिकार प्रदान गरिएपछि सहज अवस्था सिर्जना भएको छ ।
एसईई नतिजा पर सर्दै
यसैबीच परीक्षा प्रकाशन गर्न अभिलेखीकरणको सबै काम पूरा गरिए पनि राष्ट्रिय परीक्षा बोर्डले तत्काल परीक्षाफल प्रकाशित नगर्ने भएको छ । परीक्षा नियन्त्रक रामराज खकुरेलले कोरोना भाइरसको सङ्क्रमण फेरि बढेका कारण केही दिन नतिजा प्रकाशन नगर्ने अवस्था सिर्जना भएको बताए ।
बोर्डका अध्यक्ष डा. चन्द्रमणि पौडेलले परीक्षाफल प्रकाशन गर्न आवश्यक सबै तयारी पूरा भएको छ तर नतिजा आउन केही दिन अनुकूल अवस्था नभएको जानकारी दिए ।
प्याब्सनका अध्यक्ष टीका पुरीले यो बेला विद्यालयमा अभिभावक तथा विद्यार्थीको भीडभाड बढ्न सक्ने भएकाले केही दिन नतिजा प्रकाशनमा ढिलाइ गर्नु नै राम्रो हुने बताए ।
aplly description here...
चैत्र ८ गते, २०७७ - ०८:०७
काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...
चैत्र ८ गते, २०७७ - ०७:१७
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
चैत्र ८ गते, २०७७ - ०७:०३
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
चैत्र ८ गते, २०७७ - ०६:३८
काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...
चैत्र ८ गते, २०७७ - ०६:३१
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
चैत्र ७ गते, २०७७ - ०८:५३
सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...
चैत्र ७ गते, २०७७ - ०८:४५
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
चैत्र ७ गते, २०७७ - ०८:०१
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
चैत्र ७ गते, २०७७ - ०७:४५
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
चैत्र ७ गते, २०७७ - ०७:४०
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...




प्रतिकृया लेख्नुहोस्: