Khabar Dabali २९ चैत्र २०८२ आईतवार | 12th April, 2026 Sun

निर्माण सामग्रीको मूल्य बढ्यो

काठमाडौं । कोरोना भाइरसका कारण विकास निर्माणको काम अवरुद्ध छ तर पनि निर्माण सामग्रीको मूल्य भने बढेको छ ।

आजको गोरखापत्र दैनिकमा खबर छ - ढुवानी भाडा बढेका कारण निर्माण सामग्री मात्र नभई हरेक सामग्रीको मूल्य वृद्धि भएको बताइएको छ ।

गत चैतयता ढुवानीमा दोब्बर भाडा वृद्धि भएसँगै निर्माण सामग्रीको भाउ महँगो भएको व्यापारी तथा निर्माण व्यवसायीले बताएका छन् ।

नेपाल निर्माण व्यवसायी महासङ्घका महासचिव रोशन दाहालले पछिल्लो समयमा निर्माण सामग्री खरिद गर्दा सिधै महँगो नभए पनि यसको ढुवानीमा दोब्बर वृद्धि भएका कारण देखाउँदै हरेक निर्माण सामग्रीको मूल्य बढाइएको जानकारी दिए ।

उनले ढुवानीका कारण देखाउँदै प्रत्येक निर्माण सामग्रीको भाउ १० देखि १५ प्रतिशत बढेकाले यसको प्रत्यक्ष असर निर्माण कम्पनीलाई परेको बताए । निर्माण सामग्री बिक्रेता व्यापारी निर्माण सामग्रीको भाउ बढ्नुको अन्य कारण नभएर पछिल्लो समयमा ढुवानीमा दोब्बर वृद्धि हुँदा भएको बताउँछन् । सामान्य अवस्था वा चैतअघि वीरगञ्जबाट काठमाडौँसम्म प्रतिकेजी ढुवानी भाडा दुई रुपैयाँ रहेकोमा अहिले बढेर ४ रुपैयाँ पुगेको बताइएको छ ।

अहिले ढुवानीकर्ताले फर्किंदा रित्तै फर्किनुपर्ने भन्दै आउँदाजाँदाको भाडा जोडेर लिने गरेको र त्यसको असर सामानको भाउमा परेको कलङ्कीका निर्माण सामग्री बिक्रेता वेदबहादुर थापाले बताए । निर्माण व्यवसायी महासङ्घका महासचिव दाहालका अनुसार भूकम्पलगत्तै चरमचुलीमा पुगेको निर्माण सामानको भाउ आर्थिक वर्ष २०७५/७६ र २०७६/७७ मा घटेर सामान्य अवस्थामा आएको थियो । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना नियन्त्रणका लागि सरकारले गरेको देशव्यापी बन्दाबन्दीपछि निर्माण सामग्रीको ढुवानी बढेर भाउ महँगो भएको उनको भनाइ छ ।

महासङ्घका अनुसार निर्माण सामग्रीको भाउ आव २०७३/७४ मा भन्दा आर्थिक वर्ष ३०७४/७५ र २०७५/७६ मा क्रमशः घटेको थियो । आव २०७३/७४ मा प्रतिबोरा सिमेन्ट एक हजार एक सय रुपैयाँ र प्रतिकेजी डन्डी ९० रुपैयाँसम्म पुगेको थियो ।

यस्तै अन्य सामान बालुवा, गिट्टी, इँटा लगायतका निर्माणमा प्रयोग हुने सामानमा पनि पनि त्यही अनुपातमा मूल्य बढेको थियो ।

तर आर्थिक वर्ष २०७५/७६ मा सिमेन्ट प्रतिबोरा ६५० देखि सात सय रुपैयाँ र डन्डी प्रतिकेजी ५८ देखि ६० रुपैयाँसम्ममा किनबेच भएको थियो । आर्थिक वर्ष २०७६/७७ को सुरुतिर श्रमिकको ज्यालाका कारण देखाउँदै उद्योगीले सिमेन्ट प्रतिबोरा नौ सय रुपैयाँ र डन्डी प्रतिकेजी ८०/८२ रुपैयाँसम्म पु र्‍याए । निर्माण व्यवसायीको विरोधपछि त्यसमा केही घटेको सिमेन्ट र डन्डीको भाउ अहिले पुनः बढेको निर्माण व्यवसायीले बताएका छन् । 

महासङ्घका अनुसार सिमेन्ट प्रतिबोरा ८५० देखि ९ सय रुपैयाँ, डन्डी प्रतिकेजी ८० रुपैयाँ र एक नम्बर इँटा प्रतिहजारको १७ हजार पाँच सयदेखि १८ हजार रुपैयाँमा कारोबार भइरहेको छ । गिट्टी र बालुवा पनि त्यही अनुपातमा बढेको महासङ्घले जनाएको छ ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending