चितवन । साउन महिनामा मात्रै जिल्ला प्रहरी कार्यालय चितवनमा ९ वटा मोटरसाइकल हराएको उजुरी पर्यो । आर्थिक वर्ष ०७६/७७ को वर्षभरिमा प्रहरीमा ७५ वटा मोटरसाइकल हराएको उजुरी परेको सङ्ख्यालाई हेर्ने हो भने हराएका धेरै छन् तर भेट्टाएर मोटरसाइकल धनीले पाएका उदाहरण भने निक्कै कम छन् ।
आजको गोरखापत्र दैनिकमा खबर छ - जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक सूर्य थापा यो तथ्यलाई हेर्दा मोटरसाइकल चोरीका घटना बढेको देखिएको बताउँछन् । हराएका तुलनामा मोटरसाइकल धनीले पाउने सङ्ख्यामा भने निक्कै कमी भएको उनले जानकारी दिए ।
‘मोटरसाइकल हराउने सङ्ख्या बढ्दो छ । हामीले चोरी गर्ने व्यक्तिलाई पनि पक्राउ गरेर कारबाही गरेका छौँ,’ उनले भने, ‘७५ वटा मोटरसाइकल हराएको अघिल्लो वर्ष हामीले नौ जनालाई चोरीको मोटरसाइकलसहित पक्राउ गरी मुद्दा चलाएका छौँ भने यो साउनमा मात्रै ५ जना चोरीको मोटरसाइकलसहित पक्राउ परेका छन् ।’
१३ महिनामा चोरी भएका मोटरसाइकलमध्ये धनीले भने एउटा मात्रैले फेला पारेका छन् । ‘गएको वर्ष नै हो एउटा स्कुटी धनीले लगेको तर अरू कसैले फेला पारेका छैनन्,’ उनले भने ।
चितवनमा चोरी भएको मोटरसाइकल बाहिरी जिल्लामा लैजाने र बाहिरबाट चितवन ल्याइने हुँदा सम्बन्धित धनीले फेला नपार्ने गरेको पाइन्छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख ट्राफिक प्रहरी निरीक्षक दयाकृष्ण भट्टले चोरीका अधिकांश मोटरसाइकल स्वरूप नै परिवर्तन गरेर चलाउने गरेकाले पत्तो लगाउन नसकिएको बताउए ।
कतिपय चोरीका मोटरसाइकलमा नक्कली नम्बर राख्ने र नक्कली बिलबुक बनाएर पनि बिक्री गर्ने गरेको पाइएको छ ।
‘कति मान्छेले सस्तोमा मोटरसाइकल पाइयो भनेर किन्छन् तर त्यो मोटरसाइकल चोरीको हो कि हैन भनेर बुझ्न जरुरी छ,’ ट्राफिक प्रहरी निरीक्षक भट्टले भने ।
aplly description here...
चैत्र ८ गते, २०७७ - ०८:०७
काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...
चैत्र ८ गते, २०७७ - ०७:१७
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
चैत्र ८ गते, २०७७ - ०७:०३
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
चैत्र ८ गते, २०७७ - ०६:३८
काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...
चैत्र ८ गते, २०७७ - ०६:३१
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
चैत्र ७ गते, २०७७ - ०८:५३
सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...
चैत्र ७ गते, २०७७ - ०८:४५
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
चैत्र ७ गते, २०७७ - ०८:०१
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
चैत्र ७ गते, २०७७ - ०७:४५
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
चैत्र ७ गते, २०७७ - ०७:४०
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...
प्रतिकृया लेख्नुहोस्: