काठमाडौं । परस्त्रीसँगको अवैध सम्बन्धका फोटो र भिडियो सामाजिक सञ्जाल फेसबुकबाट बाहिर ल्याएर ब्ल्याकमेलिङ गर्दै आएका रोल्पा रुन्तीगढी गाउँपालिकाका कृष्णबहादुर बोहोराले पासविक हत्या बहन गर्नुपर्यो ।
आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ - चितवन कालिका नगरपालिकाकी कल्पना मुडभरी पौडेलले प्रहरीसमक्ष दिएको साबिती बयानअनुसार बोहोराले उनलाई पटक पटक ब्ल्याकमेलिङ गरेर यौनसम्बन्ध राख्दै आएका थिए ।
हुर्केकी छोरीसम्मलाई बोहोराले गलत नजरले हेर्न थालेपछि आफू उक्त अपराध गर्न बाध्य भएको पौडेलले बयानमा खुलाएकी छन् । फिल्मी शैलीमा पौडेलले गरेको उक्त अपराधबारे अनुसन्धान गर्ने प्रहरी र स्थानीयवासीले आश्चर्यप्रकट गरे। एउटी महिला कसरी पासविक हत्यामा उत्रिन सक्छिन् भनेर ।
२०७६ असार १६ गते आफ्नो प्रेममा बाधक बनेपछि भक्तपुरको चाँगुनारायण नगरपालिका खरिपाटीकी ईश्वरी भट्टराईले ६० वर्षीया आमा सावित्री भट्टराईको हत्या गर्न लगाइन् । श्रीमान् हुँदाहुदै ईश्वरीको भारतीय नागरिक महोम्मद नैसाफसँग अवैध सम्बन्ध थियो । उक्त सम्बन्धबारे ईश्वरीकी आमा सावित्री जानकार थिइन् ।
नैसाफ र ईश्वरीको चिनजान र भेट पनि फेसबुकले नै जुराएको थियो । कामले श्रीमान् बाहिर रहेका बेला ईश्वरीले नैसाफलाई घरमा बोलाउँथिन्। आमाले परपुरुषसँग सम्बन्ध नराख्न ईश्वरीलाई पटक पटक सम्झाएकी पनि थिइन् । तर, छोरी नै आमाका काल बनिन् । भरतीय नागरिकलाई १२ लाख रुपैयाँको सुपारी दिएर ईश्वरीले पे्रमी नैसाफको योजनामा आमाको हत्या गरेकी थिइन् ।
२०७६ माघ २४ गते मोरङको विराटनगरस्थित उखुबारीमा हत्या गरेर फालेको अवस्थामा एउटी महिलाको शव फेला पर्यो । प्रहरीले उक्त घटनाको अनुसन्धान गर्ने क्रममा ती महिला सुनसरीको दुहवी नगरपालिका–६ बस्ने ३२ वर्षीया सम्झना खत्री परियार रहेको रहस्य खुल्यो । परियारको हत्याको आरोपमा सप्तरी जिल्ला मट्टीगढा घर भई मोरङको बूढीगंगा गाउँपालिका–३ पोठियामा डेरा गरी बस्ने २५ वर्षीय सुरेन्द्रप्रसाद साहलाई पक्राउ गरियो ।
साहले प्रहरी बयानमा सम्झनाले आफूलाई पटक पटक विवाह गर्न दबाब दिएकै कारण आवेगमा आएर माघ २१ गते हत्या गरेको बयान दिए । विवाह नगरे दुईजनाको सम्बन्ध सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिदिने धम्की दिएपछि सम्झनाको हत्या गर्ने निष्कर्षमा आफू पुगेको सुरेन्द्रले प्रहरी बयानमा खुलाएका थिए ।
दुई बच्चाकी आमा सम्झना र सुरेन्द्र लामो समयदेखि रिलेसनसिपमा थिए । सम्झनाको हत्या अनुसन्धानमा प्रहरीले तालिम प्राप्त कुकुर समेत परिचालन गरेको थियो । सम्झनाको शव बोक्न प्रयोग भएको मोटरसाइकल कुकुर र सीसीटीभीको माध्यमबाट पत्ता लागेको थियो ।
यी तीन घटना सामाजिक सञ्जालसँग जोडिएका गम्भीर प्रकृतिका अपराधका शृंखला मात्र हुन् । पछिल्लो समय सामाजिक सञ्जालको दुरुपयोग बढ्दो छ । मन मिलुन्जेल अवैध सम्बन्ध ठीक।
तर, सम्बन्धमा टकराव आएपछि त्यही सम्बन्ध बार्गेनिङको हतियार बन्ने गरेको प्रहरीको विभिन्न अनुसन्धानले देखाएको छ। यतिसम्मकि अवैध सम्बन्धको फोटो र भिडियो बनाएर एकले अर्कोलाई धम्क्याउने र कालान्तरमा सम्बन्ध हत्यामा पुगेर टुंगिने गरेको देखिन्छ ।
aplly description here...
चैत्र ८ गते, २०७७ - ०८:०७
काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...
चैत्र ८ गते, २०७७ - ०७:१७
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
चैत्र ८ गते, २०७७ - ०७:०३
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
चैत्र ८ गते, २०७७ - ०६:३८
काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...
चैत्र ८ गते, २०७७ - ०६:३१
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
चैत्र ७ गते, २०७७ - ०८:५३
सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...
चैत्र ७ गते, २०७७ - ०८:४५
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
चैत्र ७ गते, २०७७ - ०८:०१
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
चैत्र ७ गते, २०७७ - ०७:४५
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
चैत्र ७ गते, २०७७ - ०७:४०
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...




प्रतिकृया लेख्नुहोस्: