तनहुँ । भेटेरेनरी अस्पताल तथा पशुुसेवा विज्ञ केन्द्र तनहुँले उन्नत जातका भैँसीका पाडापाडी र गाईका बाच्छाबाच्छी हुर्काउनका लागि अनुदान प्रदान गर्न लागेको छ । भैँसीमा मुर्रा र गाईमा होलस्टेन, जर्सीलगायतका उन्नत जातका पाडापाडी÷बाच्छाबाच्छी गरी ४०० वटालाई हुर्काउन अनुदानका लागि रकम विनियोजन गरिएको सो केन्द्रले जनाएको छ ।
जन्मिएको दर्ता गरी हुर्किएको देखाएपछि कृषकले अनुदान पाउने व्यवस्था गरिएको छ । कृषकलाई एउटा हुर्काउँदा रु १० हजारका दरले ४०० वटालाई अनुदान दिन लागिएको केन्द्रका प्रमुख डा बालकुमार श्रेष्ठले जानकारी दिए । गण्डकी प्रदेश सरकारले उन्नत जातका भैँसी तथा गाईमा आत्मनिर्भर बन्न पाडापाडी तथा बाच्छाबाच्छी संरक्षण गर्ने कार्यक्रम सञ्चालनसँगै प्रक्रिया अघि बढाइएको हो ।
चालु आर्थिक वर्षदेखि संरक्षण गर्ने कृषकलाई रकमको व्यवस्था गरिएको छ । उनले भने, “दूध तथा मासुमा आत्मनिर्भर बनाउन र भैँसी तथा उन्नत गाई भारतबाट ल्याउनुपर्ने बाध्यताको अन्त्य गर्न प्रदेश सरकारले यस्तो कार्यक्रम ल्याएको हो ।” उनका अनुसार आत्मनिर्भर हुँदै बाह्य जिल्लामा निर्यात गर्नसमेत मद्दत पुग्ने गरी दीर्घकालीन लक्ष्य लिएर कार्यक्रम ल्याइएको हो । उनले भने, “यस अभियानलाई सफल बनाउन केन्द्रले कृषकलाई पुरस्कारस्वरुप प्रोत्साहन रकमको समेत व्यवस्था गरेको छ ।
गण्डकी प्रदेश सरकारको आर्थिक सहयोगमा अनुदानको व्यवस्था गरिएको केन्द्रले जनाएको छ । नेपालमा अभाव हुने गरेकाले मुर्रा भैँसी र जर्सी गाई भारतबाट आयात गर्नुपर्ने बाध्यता रहेको छ । केन्द्रका प्रमुख डा श्रेष्ठले भने, “अनुदान पाएपछि कृषकले हुर्काउँछन्, यसले दीर्घकालीनरूपमा परनिर्भरता हटाउन सहयोग पुग्ने विश्वास गरिएको छ ।”
कृषकलाई पाडापाडी तथा बाच्छाबाच्छी हुर्काउनभन्दा दूध बेच्न फाइदा हुने गरेकाले दूध खान नदिएर अधिकांश कृषकले मार्ने गरेको उनले बताए । नेपालमा राँगा, भैंसी र जर्सी गाईको अभाव हुन नदिन दीर्घकालीन योजनाका साथ यस कार्यक्रम सञ्चालनमा ल्याउन लागिएको हो । प्रोत्साहन रकम पाउँदा कृषकले सजिलैसँग हुर्काउने हुँदा फाइदा पुग्नुका साथै मासुमा आत्मनिर्भर हुन सहज पुग्ने डा श्रेष्ठले बताए ।
तनहुँले अण्डा र दूधमा आत्मनिर्भर हुँदै बाह्य जिल्लामा समेत निर्यात गर्दै आएको छ । पछिल्लो समय मासुमा पनि यस जिल्ला आत्मनिर्भर भएसँगै मासु उत्पादन गरी बाह्य क्षेत्रमा समेत निर्यात गर्नका लागि पशुपालन कार्यलाई प्रोत्साहन गर्न थालिएको हो । व्यावसायिक पशुपालन गर्ने कृषकको सङ्ख्या बढ्दै गएपछि मासुमा आत्मनिर्भर बन्न सकेको हो ।
कति खपत कति निर्यात ?
तनहुँमा मासु ४३ मेट्रिक टन, दूध ५० हजार मेट्रिक टन वार्षिक उत्पादन र अण्डा दैनिक दुई लाख ५० हजार उत्पादन हुँदै आएको सो कार्यालयले जनाएको छ । वार्षिक करिब २० हजार मेट्रिक टन दूध र दैनिक ५० हजार अण्डा बाह्य जिल्लामा निर्यात हुँदै आएको छ । मासु प्रतिवर्ष प्रतिव्यक्ति १४ केजी, दूध प्रतिवर्ष प्रतिव्यक्ति ९१ लिटर, अण्डा प्रतिवर्ष प्रतिव्यक्ति ४८ वटा आवश्यक पर्ने सो केन्द्रले तयार गरेको तथ्याङ्कमा उल्लेख छ ।
दूध र अण्डा जिल्लामा खपतपश्चात बढी भएको वस्तु बाह्य जिल्लामा निर्यात गरिँदै आएको छ । उनले भने, “मासु उत्पादन गरेर बाह्य जिल्लामा निर्यात गर्ने उद्देश्यले पशुपालन क्षेत्रलाई प्राथामिकतामा राखिएको छ ।” मासुमा समेत आत्मनिर्भर बन्न सफल भएको यस जिल्लालाई अब बाह्य जिल्लामा निर्यात गर्ने गरी पशुपालन क्षेत्रमा काम भइरहेको केन्द्रका प्रमुख एवं डा श्रेष्ठले जानकारी दिए ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५७
कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...
बैशाख १५ गते, २०७८ - १३:४८
काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...
बैशाख १५ गते, २०७८ - १३:३२
औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...
बैशाख १५ गते, २०७८ - १३:१५
जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...
बैशाख १५ गते, २०७८ - १३:०४
कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...
बैशाख १५ गते, २०७८ - १२:४७
साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...
बैशाख १५ गते, २०७८ - १२:३८
काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...
बैशाख १५ गते, २०७८ - १२:२९
नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...
बैशाख १५ गते, २०७८ - १२:११
बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...
बैशाख १५ गते, २०७८ - १२:०२
दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...


प्रतिकृया लेख्नुहोस्: