चौतारा । बाढीपहिरोले अरनिको राजमार्गको बाह्रबिसे– तातोपानी सडक अवरुद्ध भएपछि तातोपानी भन्सार यार्डमा रहेका मालबाहाक कन्टेनर रोकिनुका साथै आयात निर्यात ठप्प भएको छ ।
व्यापारिक तथा औषधिजन्य सामग्रीका १५÷२० वटा मालबाहाक कन्टेनर लामो समयदेखि सुख्खा बन्दरगाहमै रोकिएको भन्सार कार्यालयले जनाएको छ । कोभिड – १९ सङ्क्रमण रोकथामको लागि चीनको न्यालम जिल्लाले छिमेकी जिल्ला सिन्धुपाल्चोकलाई सहयोगस्वरुप हस्तान्तरण गरिएका औषधिजन्य सामग्री भन्सारमै रोकिएका छन् । गत असार २४ गतेको बाढीपहिरोले बाह्रबिसेदेखि तातोपानी को २६ किलोमिटर खण्डमा पर्ने दर्जैनौँ ठाउँमा क्षति पुर्याएको थियो ।
सोही समयमा पनि चिनियाँ भू–भागमा पनि ठाउँठाउँमा सडक बिग्रनुका साथै तिब्बत्को न्यालम जिल्लामा अवस्थित क्यारुङ च्छो ताल फुट्ने सम्भावना देखिएपछि चीनबाट सामान पठाउन बन्द गरिएको थियो । साथै मितेरी पुलमा कार्यरत सबै चिनियाँ कर्मचारी पनि उठेर गइसकेको भन्सार अधिकृत गणेशप्रसाद पौडेलले जानकारी दिए ।
बाढीपहिरो बन्द भएको उक्त सडक मर्मतपछि यही साउन १८ गतेदेखि सञ्चालनमा आए पनि पुनः अवरुद्ध भएको छ । हाल उक्त खण्डको डाक्लाङ र बुलकोटेमा सडक भास्सिएको छ । डाक्लाङमा करिब ३०० मिटर सडक पहिरोले बगाएको हुँदा दैनिक उपकरण लगाएर सफा गरे पनि पुनःबगाउने सडक डिभिजन कार्यालय दोलखाका प्रमुख डिई विजयकुमार महतोले बताए ।
सडक अवरुद्ध भएपछि सयौँ मालबाहक कन्टेनर केरुङ हँदै रसुवागढी नाका भएर ल्यानुपर्दा ढुवानी भाडा बढी पर्नुका साथै भन्सार जाँचपासमा ढिलाइका कारण व्यापारी मर्कामा परेको नेपाल ट्रक कन्टेनर व्यवसायी सङ्घका अध्यक्ष अर्जुन सापकोटाले जानकारी दिए ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५७
कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...
बैशाख १५ गते, २०७८ - १३:४८
काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...
बैशाख १५ गते, २०७८ - १३:३२
औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...
बैशाख १५ गते, २०७८ - १३:१५
जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...
बैशाख १५ गते, २०७८ - १३:०४
कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...
बैशाख १५ गते, २०७८ - १२:४७
साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...
बैशाख १५ गते, २०७८ - १२:३८
काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...
बैशाख १५ गते, २०७८ - १२:२९
नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...
बैशाख १५ गते, २०७८ - १२:११
बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...
बैशाख १५ गते, २०७८ - १२:०२
दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...
प्रतिकृया लेख्नुहोस्: