Khabar Dabali २९ चैत्र २०८२ आईतवार | 12th April, 2026 Sun

सांसदको छातीमा त्रुटिपूर्ण लोगो

काठमाडौं । देशको नक्सा सच्चियो । सच्चिएको चुच्चे नक्सा समेटेर संसद्ले सांसदको छातीमा राख्ने लोगो फेर्‍यो । जुन संसद्ले संविधान संशोधनै गरेर देशको नक्साको त्रुटि सच्यायो, त्यही संसद्ले आफ्नै लोगो भने त्रुटि नै त्रुटियुक्त बनाएको छ ।

आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ - सुन र चाँदीको सम्मि श्रणबाट बनाइएको लोगोमा नक्साको स्वरूप र संघीय संसद् शब्द गलत ढंगले प्रयोग गरिएका छन् । लिम्पियाधुरासहितको नक्सा समेटेर तयार पारिएको लोगोमा मुलुकको नक्सा भने हेर्दै नेपालको जस्तो छैन ।

वास्तविक नक्सामा पश्चिम भाग उठेको र पूर्वी भाग अलि तल झुकेको छ । तर, लोगोमा नक्सा सीधा राखिएको छ । त्यो पनि आयतकार । यस्तै लोगोको तल्लो भागमा लेखिएको संघीय शब्दमा ‘सघीय’ मात्र छ । संसद्को द मा हलन्त दिन छुटाइएको ‘संसद’ लेखिएको छ ।

संसद् सचिवालयका महासचिव भरत गौतमका अनुसार २ लाल सुनको जलपमा १ तोला चाँदीको लेप लगाई ५ हजार ५ सय २७ रुपैयाँमा प्रत्येक लोगो निर्माण भएको हो । सचिवालयका अनुसार साढे तीन सयवटा लोगो बनाउन झन्डै २० लाख रुपैयाँ खर्च भएको छ । वाग्मती प्रदेशअन्तर्गत घरेलु तथा साना उद्योग कार्यालयले नयाँ लोगो निर्माण गरेको हो ।

सचिवालयका सहप्रवक्ता दशरथ धमलाका अनुसार टेकवीर मुखियाले यसको डिजाइन गरेका हुन् । करिब डेढ महिना लगाएर कलाकारहरूले हातैले कुदेर नयाँ लोगो बनाएका हुन् । मुखियाले यसअघि संसद्ले प्रयोग गर्दै आएका लोगोको पनि डिजाइन गरेका थिए ।

सचिवालयले आइतबारै सभामुख अग्नि सापकोटा, राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सेना र राष्ट्रियसभा उपाध्यक्ष शशिकला दाहाललाई नयाँ लोगो हस्तान्तण गरेको छ । त्रुटि भेटिएको उक्त लोगो सचिवालयले आइतबारदेखि नै सांसदहरूलाई पनि वितरण गरेको छ । नयाँ लोगो एक पटकलाई सांसदलाई निःशुल्क वितरण गरिने र दोस्रो पटक लिन चाहे सशुल्क उपलब्ध गराइने सचिवालयले जनाएको छ ।

कानुनमन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले नयाँ लोगोमा देखिएका त्रुटिबारे संसद् सचिवालयका अधिकारीहरूको ध्यानाकर्षण गराइसकेको स्रोतले बतायो । ‘यत्रो खर्च गरेर बनाएको लोगोमा त्रुटि भेटिएपछि के गर्ने भन्नेमा सचिवालय नै अलमलमा छ,’ सचिवालयका एक उच्च अधिकारीले भने, ‘यस विषयमा पदाधिकारीहरूले निर्णय गर्नुपर्ने हुन्छ ।’

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending