काठमाडौं । दिनमै दुई सयभन्दा धेरै कोभिड– १९ का नयाँ संक्रमित देखिन थालेपछि उपत्यकामा पनि निषेधाज्ञामार्फत ‘लकडाउन’ लागू गरिएको छ । उपत्यकाका तीनै जिल्लाका प्रशासन कार्यालयले बुधबार मध्यरातिदेखि लागू हुने एक साताका लागि निषेधाज्ञाको निर्णय लिएका छन् ।
आजको नयाँ पत्रिका दैनिकमा खबर छ - तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित जिल्लाका सुरक्षा प्रमुखको बैठकले अत्यावश्यकबाहेकका गतिविधि निषेध गर्ने गरी आदेश जारी गरेका हुन् । कोभिड– १९ संक्रमणको जोखिम बढेको निष्कर्षसहित संक्रामक रोग ऐन, २०२० को दफा २ तथा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३) बमोजिम उपत्यकाभरका लागि निषेधाज्ञा जारी भएको हो ।
तत्कालका लागि १० भदौसम्मका लागि निषेधाज्ञा लागू गरिएको र परिस्थिति हेरेर थप हुन सक्ने गृह मन्त्रालयले जनाएको छ । निषेधाज्ञामा अत्यावश्यक बाहेक अन्य सेवा सञ्चालन गर्न पाइँदैन । औषधि तथा अन्य अत्यावश्यक उपभोग्य वस्तु वा सेवा खरिदको कामबाहेक कुनै पनि व्यक्ति घरबाट निस्किन नपाउने गरी १७बुँदे सूचना जारी गरिएको छ ।
निषेधाज्ञामा अत्यावश्यक कामबाहेक सर्वसाधारण घरबाहिर निस्कन नपाउने काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताए । अत्यावश्यक कामका लागि घर बाहिर निस्कनुपरेमा अनिवार्य रूपमा मास्कको प्रयोग र न्यूनतम भौतिक दूरी कायम गर्नुपर्नेछ ।
अत्यावश्यक बाहेकका काममा घरबाहिर निस्कनेलाई पक्राउ गरिने प्रहरीको भनाइ छ । निषेधाज्ञामा अत्यावश्यकबाहेक सवारीसाधन चल्न पाउने छैनन् । ढुवानीका सवारीसाधनका लागि भने यो नियम लागू हुने छैन ।
मंगलबार उपत्यकामा दुई सय ६ जनामा संक्रमण देखिएको थियो । दिनानुदिन संक्रमण बढेकाले निषेधाज्ञाको विकल्प नभएको निष्कर्ष तीनै जिल्लाको जिल्ला कोभिड– १९ व्यवस्थापन समितिको संयुक्त बैठकले निकालेको थियो । लगत्तै निषेधाज्ञाको निर्णय भएको हो । गृह मन्त्रालयकै निर्देशनमा निषेधाज्ञा लागू गरिएको हो ।
लकडाउन खुलेपछि देशभरि कोरोना संक्रमण बढेको छ । हालसम्म आंशिक र पूर्ण गरेर ४० जिल्लामा लकडाउन गरिएको छ ।
१९ जिल्लामा पूर्ण लकडाउन रहेको गृह मन्त्रालयले जनाएको छ । सोमबारको मन्त्रिपरिषद्को बैठकले संक्रमण नियन्त्रणका लागि कफ्र्युसम्म लगाउने अधिकार जिल्ला प्रशासन कार्यालयलाई दिएको छ । बैंकहरू भने सीमित कर्मचारीका साथ सञ्चालन हुने छन् । सरकारी कार्यालय खुला भए पनि अधिकांशले सर्वसाधारणलाई सेवा बन्द गरिसकेका छन् ।
उपत्यकामा दुई हजार सक्रिय केस
उपत्यकामा सक्रिय संक्रमितको संख्या दुई हजार नाघेको छ । काठमाडौंमा एक हजार ६ सय ५८, ललितपुरमा दुई सय ८७ तथा भक्तपुरमा ५७ जना छन् । तीन जिल्लामा गरेर सक्रिय संक्रमितको संख्या दुई हजार दुई पुगेको छ । अस्पतालमा बेड नहुँदा कतिपय संक्रमित घरमै आइसोलेसनमा बस्न थालेका छन् ।
aplly description here...
चैत्र ८ गते, २०७७ - ०८:०७
काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...
चैत्र ८ गते, २०७७ - ०७:१७
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
चैत्र ८ गते, २०७७ - ०७:०३
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
चैत्र ८ गते, २०७७ - ०६:३८
काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...
चैत्र ८ गते, २०७७ - ०६:३१
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
चैत्र ७ गते, २०७७ - ०८:५३
सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...
चैत्र ७ गते, २०७७ - ०८:४५
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
चैत्र ७ गते, २०७७ - ०८:०१
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
चैत्र ७ गते, २०७७ - ०७:४५
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
चैत्र ७ गते, २०७७ - ०७:४०
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...




प्रतिकृया लेख्नुहोस्: