काठमाडाैं । बुधबार दोस्रोपटक १७ भदौसम्मका लागि काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी राख्ने निर्णय भए पनि नियमित उडान भने तोकिएको समयमै हुने भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मङ्गलबार बेलुका मात्रै भदौ १६ देखि नियमिततर्फको अन्तर्राष्ट्रिय उडान तालिका सार्वजनिक गरेको थियो ।
आजको गोरखापत्र दैनिकमा खबर छ - बुधबार मात्रै उपत्यकाभित्रका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले थप एक हप्ताका लागि निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको थियो । उक्त निर्णयपछि पनि नियमित उडान तालिका परिवर्तन गर्नुपर्ने कुनै निर्देशन नआएकाले समयमै उडान हुने नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक राजकुमार क्षेत्रीले जानकारी दिए ।
मन्त्रालयले आगामी बुधबारदेखि १ महिनासम्मका लागि नियमित र चार्टर्डतर्फको अन्तर्राष्ट्रिय उडानको तालिका सार्वजनिक गरिसकेको छ । जसअनुसार एक महिनाको अवधिमा नियमिततर्फ ५८ वटा उडान हुनेछन् । त्यसमध्ये २९ वटा उडान नेपाली वायु सेवामार्फत हुनेछन् ।
उडान तालिका बनाउँदा सकेसम्म स्वदेशी विमानलाई प्राथमिकतामा राखेर तयार गरिएको मन्त्रालयका सहसचिव सुरेश आचार्यले बताए । सोमबार तय भएको चार्टर्ड उडानतर्फ आगामी बुधबारदेखि १ महिनासम्म २७ वटा उडान हुनेछन् । २१ वटा उडान स्वदेशी विमान कम्पनीले भर्नेछन् । दैनिक बढीमा पाँच सय जना यात्रु मात्र ल्याउने गरी नियमिततर्फको उडान बनाएको मन्त्रालयले जनाएको छ ।
नेगेटिभ रिपोर्ट अनिवार्य
भदौ १६ देखि खुला गरिएको नियमित उडानमा यात्राका लागि सरकारले पीसीआर नेगेटिभ रिपोर्टलाई अनिवार्य गरेको छ । उडान हुनु ७२ घण्टाअघिको पीसीआर नेगेटिभ रिपोर्टको आधारमा मात्रै बोर्डिङ पास उपलब्ध गराउन मन्त्रालयले निर्देशन दिएको छ । एउटै उडानबाट पीसीआर नेगेटिभ रिपोर्ट आएका यात्रु १४ दिनसम्म होम क्वारेन्टाइनमा बस्नुपर्ने छ । यात्रुले आफ्नो स्वास्थ्यको जानकारी अनुगमन गर्ने निकाय स्थानीय तह र त्यहाँस्थित कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्रलाई गराउनुपर्ने छ ।
नियमित उडानबाट आउने यात्रुले पीसीआर नेगेटिभ रिपोर्टसाथ कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्रको वेबसाइट (सीसीएमसी डट जीओभी डट एनपी) मा अनलाइन फाराम भरेर त्यसको बारकोड वा प्रिन्ट कपी साथमा ल्याउनुपर्ने छ । यस्तो फाराम छुटेको अवस्थामा बोर्डिङकै क्रममा वायुसेवाले उपलब्ध गराउनुपर्ने छ ।
वायु सेवाले एउटै उडानमा पीसीआर परीक्षण गरेको र नगरेको यात्रु ल्याउन पाउने छैनन् । यसरी ल्याएको खण्डमा वायु सेवाले आफ्नै खर्चमा सात दिनसम्म होटल क्वारेन्टाइनमा राख्नुपर्ने छ । वायु सेवाले नेपाली नागरिक, कूटनीतिक नियोगमा कार्यरत कर्मचारी, अन्तर्राष्ट्रिय विकास साझेदार संस्थाका प्रतिनिधि, संयुक्त राष्ट्र सङ्घका नियोगमा कार्यरत कर्मचारी र तिनका परिवार मात्र ल्याउने पाउने छन् । सबै यात्रुले सरकारले तोकेको स्वास्थ्य तथा सुरक्षा मापदण्ड पालना गर्नुपर्ने छ ।
aplly description here...
चैत्र ८ गते, २०७७ - ०८:०७
काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...
चैत्र ८ गते, २०७७ - ०७:१७
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
चैत्र ८ गते, २०७७ - ०७:०३
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
चैत्र ८ गते, २०७७ - ०६:३८
काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...
चैत्र ८ गते, २०७७ - ०६:३१
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
चैत्र ७ गते, २०७७ - ०८:५३
सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...
चैत्र ७ गते, २०७७ - ०८:४५
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
चैत्र ७ गते, २०७७ - ०८:०१
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
चैत्र ७ गते, २०७७ - ०७:४५
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
चैत्र ७ गते, २०७७ - ०७:४०
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...




प्रतिकृया लेख्नुहोस्: