काठमाडौं। मुलुकमा शुक्रबार कोरोनाबाट संक्रमितमध्ये करिब ४५ प्रतिशत काठमाडौं उपत्यकामा देखिएको छ । देशभर ९२७ संक्रमित देखिएकामा काठमाडौं उपत्यकामा मात्र ४१५ जनामा पुष्टि भएको हो, जुन कुल संक्रमितको ४४.७६ प्रतिशत हो ।
आजको कान्तिपुर दैनिकमा खबर छ - केही दिनअघि दैनिक देखिने संक्रमितमध्ये एक तिहाइ काठमाडौं उपत्यकाका थिए । पछिल्ला दिन बढदै गएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा १०७ महिला र २४३ पुरुष गरेर ३५० जनामा शुक्रबार कोभिड संक्रमण देखिएको हो । यस्तै ललितपुरमा ४ महिला र ७ पुरुष गरी ११ जनामा र भक्तपुरमा २४ महिला र ३० पुरुष गरी ५४ जनामा संक्रमण देखिएको हो ।
विज्ञहरूले उपत्यकामा भित्रभित्रै फैलिसकेकाले संक्रमण तीव्र देखिएको र आगामी दिनमा झन् बढ्न सक्ने बताएका छन् ।
‘अहिले स्थानीय काठमाडौंवासीमै बढी संक्रमण देखिन थालिएको छ, धेरैजसो संक्रमितको यात्रा इतिहास छैन,’ स्वास्थ्य मन्त्रालय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक एवं भाइरोलजिस्ट डा. वासुदेव पाण्डेले भने, ‘अन्य ठाउँभन्दा संक्रमणको दृष्टिले काठमाडौं बढी जोखिममा देखिएको छ ।’
५० लाखभन्दा बढी जनसंख्या उपत्यकामै भएकाले जनघनत्वको हिसाबले काठमाडौंमा कोरोनाको जोखिम उच्च छ । ‘काठमाडौंमा हाल बाहिरबाट आउनेभन्दा पनि यहीं रहेकाहरूले संक्रमण सार्न थालेका छन् र यो गति बढ्दो छ’ महाशाखाका वरिष्ठ जनस्वास्थ्य अधिकृत उत्तमकुमार कोइरालाले भने । काठमाडौं उपत्यकामा दिनहुँ ४०० भन्दा बढी संक्रमित देखिन थालेका छन् । एक साताअघि दैनिक ३००–३५० को हाराहारीमा संक्रमित हुन्थे भने त्योभन्दा अघि अझै कम थियो ।
‘यही दरले कोभिड संक्रमण देखिइरह्यो भने आइतबारसम्म दिनहुँ ५५० देखि ६०० संक्रमित देखिन सक्छन्,’ कोइरालाले भने, ‘आगामी सातादेखि मुलुकमा दिनहुँ देखिने कुल संक्रमितको ५० प्रतिशतभन्दा बढी काठमाडौं उपत्यकामा देखिने छन् ।’
भक्तपुरमा शुक्रबार १४ जनाको पूरै परिवारलाई नै कोभिड संक्रमण देखिएको औंल्याउँदै कोइरालाले सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, बैंकमा काम गर्ने र पूरै परिवार आदिमा बढी संक्रमण देखिएको बताए ।
महाशाखाका अनुसार उपत्यकामा सबैभन्दा बढी संक्रमण स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, बैंकमा काम गर्ने, व्यापारी र सानातिना खुद्रा पसल चलाउनेलगायत छन् । देशभरिमा शुक्रबार देखिएका कुल संक्रमितमध्ये ३६ प्रतिशत महिला छन् । काठमाडौं उपत्यकामा शुक्रबार देखिएका कुल संक्रमितमध्ये ३२.५३ प्रतिशत महिला छन् ।
मुलुकमा पाँच सयभन्दा बढी संक्रमित उपचाररत रहेका ८ जिल्लामध्ये काठमाडौं र ललितपुरसमेत छन् । विज्ञहरूले उपत्यकामा आम नागरिकले थप स्वास्थ्य सुरक्षा अपनाउनुपर्ने आवश्यकता रहेको बताएका छन्
aplly description here...
चैत्र ८ गते, २०७७ - ०८:०७
काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...
चैत्र ८ गते, २०७७ - ०७:१७
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
चैत्र ८ गते, २०७७ - ०७:०३
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
चैत्र ८ गते, २०७७ - ०६:३८
काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...
चैत्र ८ गते, २०७७ - ०६:३१
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
चैत्र ७ गते, २०७७ - ०८:५३
सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...
चैत्र ७ गते, २०७७ - ०८:४५
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
चैत्र ७ गते, २०७७ - ०८:०१
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
चैत्र ७ गते, २०७७ - ०७:४५
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
चैत्र ७ गते, २०७७ - ०७:४०
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...




प्रतिकृया लेख्नुहोस्: