Ntc summer Offer
Khabar Dabali ११ मंसिर २०८१ मंगलवार | 26th November, 2024 Tue
Investment bank

क्वारेन्टिनमा बस्न आग्रह गर्दा श्रीमानले आगो लगाएकी युवतीको अवस्था गम्भीर

सप्तरी । भारतबाट फर्केकाले क्वारेन्टिनमा बस्न आग्रह गर्दा श्रीमानले मट्टीतेल छर्केर आगो लगाउँदा जलेकी सप्तरीकी युवतीको अवस्था गम्भीर बनेको छ । उनको लहानमा उपचार हुन नसकेपछि शनिबार काठमाडौं लगिएको छ ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ - सप्तरी सुरुंगा नगरपालिका–३ लक्ष्मीपुरकी २५ वर्षीया वसन्ती सदालाई उनका पति २९ वर्षीय दीपेन सदाले मट्टीतेल छर्केर आगो लगाएका थिए । लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा सामान्य उपचार गराएपछि घरमा बस्दै आएकी वसन्तीको अवस्था गम्भीर बनेको हो ।

लहान र विराटनगरमा उपचार हुन नसकेपछि सुरुंगा नगरपालिकाले उनलाई शनिबार एम्बुलेन्समा काठमाडौंको कीर्तिपुरस्थित नेपाल क्लेफ्ट एन्ट बर्न सेन्टरमा पठाएको छ । उनका आमाबुबा मनभरन र सोनावती सदा पनि सँगै गएका छन् ।

दीपेन ४ साउनमा भारतको पन्जाबबाट घर फर्केका थिए । उनलाई वसन्तीले क्वारेन्टिनमा बस्न आग्रह गरेकी थिइन् । क्वारेन्टिनमा बस्न आग्रह गर्दा अपमान गरेको भन्दै ५ साउन बिहान वसन्तीको शरीरमा मट्टीतेल छर्केर आगो लगाएको उनकी आमा सोनावतीले बनाइन् । ‘शरीरमा मट्टीतेल छर्केपछि ज्यान जोगाउन भागेकी थिइन् । लखेट्दै सलाई कोरेर आगो लगाएछन्,’ सोनावतीले भनिन् ।

आगोले उनको घाँटीमुनि र कम्मरमाथिको भाग जलेको छ । आगो लगाएको दिन उनलाई लहानस्थित रामकुमार–उमाप्रसाद स्मारक अस्पताल भर्ना गरिएको थियो । त्यहाँ सामान्य उपचारपछि ६ साउनमा विराटनगर लगिएको थियो । तर, विराटनगरस्थित नोबेल अस्पतालले भर्ना नगरेको सोनावतीले बनाइन् । त्यसपछि घरमा राखिएको थियो ।

उनको अवस्था गम्भीर बनेपछि ८ साउनमा राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालमा भर्ना गरिएको थियो । ‘निको हुँदै थियो । अस्पतालले कोरोनाको जोखिम रहेको भन्दै घर पठायो,’ उनले भनिन् ।

२५ साउनमा अस्पतालले डिस्चार्ज गरेपछि उनलाई घरमै राखिएको थियो । उनको अवस्था झन्झन् बिग्रिन थालेपछि फेरि १० भदौमा लहानस्थित राजकुमार–उपमाप्रसाद स्मारक अस्पताल भर्ना गरिएको थियो । ‘घरमा राख्दा नाजुक भएपछि फेरि अस्पताल ल्याएका हौँ,’ उनकी आमा सोनावतीले भनिन् ।

लहान अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सुनील कुसवाहले सक्दो उपचार गरिएको बताए । ‘अहिलेसम्म अस्पतालकै आन्तरिक स्रोतले उपचार गरेका छौँ । सक्दो कोशिस ग¥यौं, तर सुधार आउन नसकेपछि काठमाडौं रिफर गरेका छौं,’ डा. कुसवाहले भने । वसन्तीको शरीरको ५५ देखि ६० प्रतिशत भाग जलेकाले सुविधायुक्त अस्पतालमा पठाएको उनले बताए ।

आर्थिक अभावले उनको उपचार गर्न समस्या परेको सोनावतीले बताइन् । सुरुंगा नगरपालिकाले एम्बुलेन्स र सामाजिक संघसंस्थाले ६५ हजार रुपैयाँ संकलन गरेर काठमाडौं पठाएका हुन् । अहिले सहयोग गरेर पठाए पनि काठमाडौं उपचार गर्न आफूसँग पैसा नभएको उनकी आमाले दुःखेसो गरिन् ।

वसन्तीको शरीरमा मट्टीतेल छर्केर आगो लगाई हत्या गर्न खोजेको अभियोगमा दीपेनलाई पुर्पक्षका जेल चलान गरिएको छ । जिल्ला अदालतको आदेशमा बिहीबार जेल चलान गरिएको कडरबोना इलाका प्रहरी कार्यालयका इन्स्पेक्टर रामराजा केशरीले बताए ।

वसन्तीका बुबाले दिएको जाहेरीका आधारमा उनलाई पक्राउ गरेर अनुसन्धान गरिएको इन्स्पेक्टर केशरीले बताए । आफन्तजन र स्थानीय बासिन्दाले वसन्ती आफैले आगो लगाएको भन्दै दबाब दिए पनि प्रहरी अनुसन्धानमा दीपेनले नै आगो लगाएको खुलेको र उनले पनि स्विकारेको इन्स्पेक्टर केशरीले बताए ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy