Khabar Dabali २९ चैत्र २०८२ आईतवार | 12th April, 2026 Sun

नेपालमा कोरोना खोपको तत्काल परीक्षण नगरिने

काठमाडौं । नेपालमा तत्कालका लागि कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोपको सामूहिक परीक्षणको सम्भावना टरेको छ । विज्ञसहित बृहत् छलफल र त्यसबाट आएको सुझावका आधारमा सामूहिक खोप परीक्षणमा नेपालको सहभागिता तत्काल पछि सारिएको हो । खोपको विश्वसनीयताका विषयमा थप अध्ययन अनुसन्धान भने जारी रहनेछ ।

आजको गोरखापत्र दैनिकमा खबर छ - विश्वका हुने विभिन्न विषय र क्षेत्रमा राजनीतिक, आर्थिक, सामरिक लगायत विषय पनि जोडिने भएकाले तिनको विषयवस्तुुमा ध्यान दिँदै त्यस्ता गलत गतिविधिबाट नेपाल जोगिन सामूहिक खोप परीक्षणको सम्भावना पर सार्ने निर्णय गरिएको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य सचिव डा. प्रदीप ज्ञवालीले जानकारी दिए । ‘सामूहिक परीक्षण नेपालमा गर्दैमा पनि सफल हुन्छ भन्ने छैन । थप विस्तृत अध्ययन, विश्लेषणपछि मात्र खोप परीक्षण हुनसक्छ भन्नेमा विज्ञको एकमत रह्यो,’ उनले भने ।

मानवमा हुने सामूहिक परीक्षण बाहेक क्लिनिकल तथा ल्याब परीक्षण गर्न नेपालले आफ्नो ढोका तत्काल खुला राखेको छ । त्यसका लागि परिषद्ले सहकार्य गरेर जाने मोडलमा कुनै पनि कम्पनी, देश वा व्यक्तिले गरेका प्रारम्भिक चरणका अनुसन्धानमा सहभागिता जनाउने थप पहल गर्नेछ । 

अक्सफोर्ड युनिभर्सिटी, चीन र रुसले आफूले उत्पादन गरेको कोभिड-१९ विरुद्धको खोप नेपालमा अन्तिम चरणको परीक्षण गर्न इच्छा देखाएका थिए । 

भारतले पनि आफ्नो प्रोटिन खोप नेपालमा परीक्षण गर्न प्रारम्भिक चरणको पहल गरेको थियो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले त्यस सम्बन्धमा अध्ययन वा विश्लेषण जे गर्नुपर्ने हो त्यसको जिम्मा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्लाई दिएको छ । 

परिषद्ले खोप परीक्षणको विषयमा तथ्यगत तथा बौद्धिक बहस अगाडि बढाएको थियो । सो क्रममा स्वास्थ्य अनुसन्धान परिषद्सहित नेपाल सरकारका विभिन्न निकाय तथा बुद्धिजीवी एकै थलोमा जम्मा भएर खोप परीक्षण गर्न हुने वा नहुने भन्ने विषयमा चरणबद्ध छलफल गरिएको थियो ।

सहभागी विज्ञले खोप परीक्षणका विभिन्न पक्ष केलाउँदै त्यसरी खोपको परीक्षण नेपालमा तत्काल दिन नहुने निष्कर्ष निकालेका हुन् । 

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending