Ntc summer Offer
Khabar Dabali ११ मंसिर २०८१ मंगलवार | 26th November, 2024 Tue
Investment bank

देशभर ४० हजार कोरोना संक्रमित, एकै दिन १,०६९ मा संक्रमण

मृतकको संख्या २३९ पुग्यो, लक्षण भएका २५ प्रतिशत संक्रमितको मृत्यु

काठमाडौं। कोरोना भाइरस संक्रमण सुरु भएको आठ महिनापछि नेपालमा संक्रमितको संख्या ४० हजार नाघेको छ । पछिल्लो २४ घन्टामा एक हजार ६९ जनामा कोरोना पुष्टि भएसँगै देशभर संक्रमितको संख्या ४० हजार पाँच सय २९ पुगेको छ ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ - मंगलबार काठमाडौं उपत्यकामा चार सय ८१ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौंमा तीन सय ९३, ललितपुरमा ५८ र भक्तपुरमा ३० संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या ६ हजार दुई सय पाँच पुगेको छ । काठमाडौंमा पाँच हजार १५, ललितपुरका सात सय ४३ र भक्तपुरमा पाँच सय ४७ संक्रमित पुगेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै, पछिल्लो २४ घन्टामा कोरोनाबाट ११ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेहरूको संख्या दुई सय ३९ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाबाट पर्साका तीन, काठमाडौं र महोत्तरीका दुई–दुई, बारा, सिराहा, चितवन र मकवानपुरका एक–एकजनाको ज्यान गएको छ ।

स्वास्थ्य मन्त्रालयले समुदायमा संक्रमण फैलिएको जनाउँदै जनता आफै सचेत बन्नुपर्ने बताएको छ । अफै पनि ठूलो संख्यामा मानिसहरूले मास्कको प्रयोग नगरेको तथा गरे पनि उपयुक्त तरिकाले नलगाउने गरेको जनाएको छ ।

सरकारले कोरोना नियन्त्रण गर्न निषेधाज्ञा जारी गरे पनि संक्रमितको संख्या दैनिक बढिरहेको छ । त्यसमा पनि काठमाडौं उपत्यका उच्च जोखिममा परेको चिकित्सकहरूले बताएका छन् । सक्रिय संक्रमित रहेका ७५ जिल्लामध्ये काठमाडौंमा दैनिक संक्रमण धेरै रहेको छ ।

कस्तो छ नेपालको अवस्था

निको भएको : २२,१७८
सक्रिय संक्रमित : १८,११२
होम आइसोलेसनमा : ७,२८०
संस्थागत आइसोलेसनमा : १०,८३२
२४ घन्टामा डिस्चार्ज : ७६८
पिसिआर परीक्षण : ७,०५,५६०
२४ घन्टामा पिसिआर परीक्षण : १२,०८८
क्वारेन्टाइनमा भएका : ७,३९०

कोरोना लक्षण भएका २५ प्रतिशत संक्रमितको मृत्यु

कोरोना भाइरसको संक्रमणबाट सोमबारसम्म मृत्यु भएका दुई सय २८ जनामध्ये एक चौथाइ कोरोनाको लक्षण देखिएका संक्रमित रहेको पाइएको छ । पहिलो पटक नेपालमा ४ जेठमा संक्रमितको मृत्यु भएको थियो । त्यसयता क्रमशः मृत्युदर बढ्दै गएको छ । सुरुवातका दिनमा ५० वर्षभन्दा कम उमेर समूहको मृत्यु बढी देखिएको थियो भने अहिले वृद्धवृद्धाको मृत्युदर बढेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबारसम्म मृत्यु भएकाहरूको तथ्यांक विश्लेषण गरेको छ भने मंगलबार थपिएका मृतकको विस्तृत विवरण आउन बाँकी छ ।

मन्त्रालयका अनुसार सोमबारसम्म मृत्यु भएका दुई सय २८ मध्ये २५ प्रतिशत लक्षण भएको पाइएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले बताए । उनका अनुसार ५७ जना लक्षणसहितका संक्रमितको मृत्यु भएको छ ।

त्यस्तै, कोरोनाबाट मृत्यु भएका अन्य संक्रमित भने विभिन्न जटिल रोग लागेकाहरू छन् । मृतकमा मुटु, मिर्गौला, क्यान्सर, मधुमेहजस्ता रोग लागेका संक्रमित धेरै रहेको देखिएको छ । लक्षण नदेखिए पनि त्यस्ता संक्रमितका शरीरका अंगहरू कोरोना भाइरसले चाँडो खराब हुने गरेको चिकित्सकहरू बताउँछन् ।

आठ महिनापछि आएर कोरोनाले नेपालमा रूप परिवर्तन गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोना भाइरसले रूप परिवर्तन अर्थात् कडा भएर आएकाले मृत्युदरमा छिटो वृद्धि भएको बताए ।

त्यस्तै, कोरोना भाइरसले रूप परिवर्तन गरेसँगै सघन उपचार कक्ष र भेन्टिलेटरको सहायता चाहिने संक्रमित पनि दैनिक बढ्दै गएका छन् । कोरोना संक्रमितको मृत्युदरलाई कम गर्ने उद्देश्यले परीक्षणमा रहेका औषधि रेम्डिसिभिर र प्लाज्मा थेरापी विधि पनि प्रयोग गरेर उपचार भइरहेको छ । त्यस्तै, आयुर्वेदिक औषधि पनि संक्रमितको उपचारमा प्रयोग गरिएको छ ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy