काठमाडौं । काभ्रेका रविन सेढाईंलाई कोरोना संक्रमण भएको भन्दै कुपण्डोलस्थित विध म्यानेजमेन्टले आइतबार सम्पर्क गर्यो । त्यसपछि उनी अलमलमा परे ।
आजको राजधानी दैनिकमा खबर छ - काठमाडौंका विभिन्न अस्पताल धाए । तर, उनले शय्या पाउन सकेनन् । उनले भने, ‘संक्रमित भए पनि अस्पतालले भर्ना गर्नै मान्दैनन् । म पनि सोमबार दिनभरि भौतारिएँ ।’ उनले आफूसँगै संक्रमण पुष्टि भएका नौ जना सेल्फ आइसोलेसनमा बसेको बताए ।
काठमाडौंकी ५७ वर्षीया राधिका महर्जनलाई सोमबार कोरोना पुष्टि भयो । उनी घरमै सेल्फ आइसोलेसनमा बसेकी छन् । तर, उनलाई अक्सिजनको कमी भएपछि सास फेर्न गाह्रो भयो । विभिन्न अस्पताल चहार्दा समेत उनी भर्ना हुन पाएकी छैनन् । काठमाडौं उपत्यकासहित देशभरका केही अस्पतालले कोरोना भाइरस संक्रमण पुष्टि भएकालाई भर्ना गर्न आनाकानी गर्दा संक्रमितले समस्या भोग्नु परिरहेको छ ।
रिपोर्ट पोजेटिभ आएमा संक्रमित आफैले पनि स्वास्थ्य मन्त्रालयका डा. माधव लम्साल र लीला विक्रम थापालाई सम्पर्क गर्न सकिने व्यवस्था मिलाइएको स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।
इडिसिडीले लक्षणसहितका संक्रमितले डा. लम्साललाई ९८५१२३४२२९ र लक्षण नभएका संक्रमितले थापालाई ९८५११४७३६१ मा फोन गर्न आग्रह गरे पनि केही संक्रमितहरूले आफूहरूलाई बेवास्ता गरेको बताएका छन् ।
यस्तै, मंगलबार देशभर थप १ हजार ६९ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । योसहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ४० हजार ५ सय २९ जना पुगेको छ । पछिल्लो २४ घण्टामा थप ७ सय ६८ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसहित नेपालमा हालसम्म २२ हजार १ सय ७८ जना उपचारपछि निको भएका छन् ।
काठमाडौं उपत्यकामा मंगलबार ४ सय ८१ जना कोरोना संक्रमित थपिएका छन् । मंगलबार काठमाडौंमा ३ सय ९३, ललितपुरमा ५८ र भक्तपुरमा ३० संक्रमित थपिएका हुन् । योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या ६ हजार २ सय ५ पुगेको छ । काठमाडौंमा ५ हजार १५, ललितपुरका ७ सय ४३ र भक्तपुरमा ५ सय ४७ संक्रमित पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
देशभर ७ हजार २ सय ८० जना होम आइसोलेसनमा बसेका छन् । हालसम्म ७ लाख ५ हजार ५ सय ६० जनाको आरटी–पिसिआर प्रविधिबाट कोरोना परीक्षण गरिएको छ ।
देशभर ७ हजार ३ सय ९० जना क्वारेन्टिनमा बसेका छन् । हाल देशभर १८ हजार १ सय १२ जना आइसोलेसनमा उपचाररत छन् । संक्रमितमध्ये मंगलबार ११ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या २ सय ३९ पुगेको छ ।
पछिल्लो समयमा संक्रमणदर दिन प्रतिदिन बढ्दै गएको छ । लक्षणसहितका संक्रमित बढ्न थालेपछि चिकित्सकले व्यक्ति स्वयं सचेत र सजग रहन आग्रह गर्दै आएका छन् । भौतिक दूरी कायम गरेर आत्मानुशासनमा रहे कोरोनाबाट जोगिन सकिने चिकित्सकको भनाइ छ ।
aplly description here...
चैत्र ८ गते, २०७७ - ०८:०७
काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...
चैत्र ८ गते, २०७७ - ०७:१७
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
चैत्र ८ गते, २०७७ - ०७:०३
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
चैत्र ८ गते, २०७७ - ०६:३८
काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...
चैत्र ८ गते, २०७७ - ०६:३१
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
चैत्र ७ गते, २०७७ - ०८:५३
सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...
चैत्र ७ गते, २०७७ - ०८:४५
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
चैत्र ७ गते, २०७७ - ०८:०१
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
चैत्र ७ गते, २०७७ - ०७:४५
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
चैत्र ७ गते, २०७७ - ०७:४०
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...




प्रतिकृया लेख्नुहोस्: