काठमाडौं । काठमाडौं उपत्यकामा ३ भदौबाट जारी निषेधाज्ञालाई केही खुकुलो गर्दै एक साता थप गरिएको छ । थप गरिएको निषेधाज्ञामा यसअघि बन्द गरिएको होम डेलिभरी सेवा र टेकअवे खुलाइएको छ ।
आजको राजधानी दैनिकमा खबर छ - काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बुधबारको बैठकले जारी निषेधाज्ञालाई २४ भदौको राति १२ बजेसम्म लागु गर्ने निर्णय गरेको हो ।
बुधबारबाट थप गरिएको निषेधाज्ञाको अवधिभरि खाद्यवस्तु, दूध र दुग्धजन्य पदार्थ, फलफूल, तरकारी, माछामासु बिक्री गर्ने पसल बिहान ११ बजेसम्म खोल्न पाइनेछ । औषधि र पानीको पसल भने दिनभर खोल्न सकिनेछ ।
यस्तै, यसअघि दैनिक उपभोग्य वस्तुको होम डेलिभरी सेवा र टेकअवेलाई बन्द गराइएकामा अब पिसिआर रिपोर्ट नेगेटिभ भएको व्यक्तिले सो सेवा दिन सक्ने व्यवस्था गरिएको छ । यसरी सेवा दिने व्यक्तिले उनीहरूले भेटेका व्यक्तिहरूको अभिलेख राख्नुपर्नेछ ।
त्यस्तै, विकास निर्माणसँग सम्बन्धित पसल दिउँसो २ देखि राति ९ बजेसम्म खोल्न पाइनेछ । यसैगरी छोटो दुरीको ढुवानीका लागि प्रयोग हुने सवारी साधन पनि दिउँसो २ देखि ९ बजेसम्म सञ्चालन गर्न पाइनेछ ।
निषेधाज्ञामा राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाको निर्माणको काम पनि सञ्चालन गर्न सकिनेछ । यसरी आयोजना सञ्चालन गर्दा कामदार र कर्मचारीलाई आयोजनास्थलमै क्वारेन्टिनमा राख्नु पर्नेछ ।
यस्तै, अनलाइन कक्षा सञ्चालनका लागि समेत अनुमति दिइएको छ । यसैगरी बैंकलगायतका नियमित सेवा प्रदायकले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी न्यूनतम कर्मचारी राखेर सेवा दिन सक्ने व्यवस्था गरिएको छ ।
यसैगरी, अत्यावश्यक कामका लागि काठमाडौं उपत्यका प्रवेशका लागि पिसिआर रिपोर्टमा कोरोना संक्रमण नभएको पुष्टि अनिवार्य गरिएको छ ।
हवाई उडानबाट विदेश जानेहरूले पासपोर्ट, भिसा, स्वीकृत हवाई टिकट हुनेहरू सिधै एयरपोर्ट जान सवारी साधन प्रयोग गर्न सक्ने छन् । तर, पिसिआर परीक्षण सुविधा नभएका स्थानबाट आउनेहरूले काठमाडौंमा सुरक्षित रूपमा बस्ने स्थानको सुनिश्चितता र सम्बन्धित जिल्ला प्रशासन कार्यालयको सिफारिस अनिवार्य पेस गर्नु पर्नेछ ।
काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीले सरोकारवाला सबै पक्षसँग छलफल गरेर गृह मन्त्रालयमा निषेधाज्ञासम्बन्धी राय पठाएकामा गृहले राय अनुमोदन गरेपछि जारी निषेधाज्ञालाई खुकुलो बनाइएको हो ।
पछिल्लोपटक तोकिएको समयसम्म होटल, रेस्टुरेन्ट, अति आवश्यकबाहेकका व्यवसाय, फुटपाथ पसल भने पूर्ण रूपमा बन्द नै हुनेछन् । यसअघि १० भदौसम्म तोकिएको निषेधाज्ञालाई १७ भदौसम्म थप गरिएको थियो ।
aplly description here...
चैत्र ८ गते, २०७७ - ०८:०७
काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...
चैत्र ८ गते, २०७७ - ०७:१७
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
चैत्र ८ गते, २०७७ - ०७:०३
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
चैत्र ८ गते, २०७७ - ०६:३८
काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...
चैत्र ८ गते, २०७७ - ०६:३१
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
चैत्र ७ गते, २०७७ - ०८:५३
सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...
चैत्र ७ गते, २०७७ - ०८:४५
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
चैत्र ७ गते, २०७७ - ०८:०१
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
चैत्र ७ गते, २०७७ - ०७:४५
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
चैत्र ७ गते, २०७७ - ०७:४०
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...




प्रतिकृया लेख्नुहोस्: