Ntc summer Offer
Khabar Dabali ११ मंसिर २०८१ मंगलवार | 26th November, 2024 Tue
Investment bank

बेरोजगार बन्दै बहुसंख्यक युवा, भयावह बन्दै अवस्था

काठमाडौं। कोरोना महामारीका कारण वैदेशिक रोजगारी गुमाएका नेपाली धमाधम फर्किरहेका छन् । अधिकांश त आउन नपाएर उतै रोकिएका छन् । स्वदेशमै पनि रोजगारी गुमाउनेको संख्या बढ्दो छ । स्वदेश होस् या विदेश, रोजगारी गुमाउने जनशक्ति भनेको युवा नै हो ।

आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ - सहुलियत कर्जामा सहजीकरण गरे वैदेशिक रोजगारीबाट फर्किएका युवा व्यावसायिक कृषिमा लाग्ने श्रमविज्ञ तथा पूर्वसचिव पूर्णचन्द्र भट्टराई बताउँछन् । कृषि, पर्यटन र उद्योगमा पर्याप्त रोजगारी सिर्जना गर्न सकिने उनको ठम्याइ छ । ‘उद्योगलगायत प्राविधिक क्षेत्रमा विदेशी कामदार छन्’, पूर्वसचिव भट्टराई भन्छन्, ‘त्यस्ता ठाउँमा नेपालीलाई सीप सिकाएर विदेशी कामदार विस्थापन गर्न सकिन्छ ।’

उनका अनुसार कृषिमा ठूलो रोजगारी सम्भावना भने छैन । तर, नयाँ प्रविधिबाट रोजगारीमा आउन सक्ने सम्भावना छ । पर्यटनमा यो वर्ष तालिम दिएर अर्को वर्ष पूर्वाधारलगायतमा रोजगारी दिलाउन सकिने उनी बताउँछन् । मझौला तथा घरेलु उद्योग क्षेत्रमा पनि पर्याप्त रोजगारी सिर्जना गर्न सकिने उनको विश्वास छ ।

‘वित्तीय प्याकेजमा सहयोग गरे रोजगारी पुनःस्थापित हुन्छ’, उनी भन्छन् । उनका अनुसार प्रधानमन्त्री रोजगार कार्यक्रम अल्पकालीन रोजगारी भए पनि यसबाट बेरोजगार भने हुँदैनन् । रोजीरोटीका लागि भारत जानुपर्ने बाध्यता टर्न सहयोग पुग्ने उनको ठम्याइ छ ।

चालू बजेटमा करिब १० लाखलाई रोजगारी दिने उल्लेख छ । कोरोनाका कारण बेरोजगारको संख्या बढ्दै जाँदा सरकारले त्यसलाई सम्बोधन गर्ने खाका भने ल्याउन सकेको छैन । प्रधानमन्त्री केपी शर्मा ओलीले हालै अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा युवालाई सक्षम बनाउँदै स्वदेशमै रोजगारी दिने घोषणा गरे । बेरोजगारी समस्या हल हुने गरी रोजगारीका कार्यक्रम ल्याउने तयारी रहेको प्रधानमन्त्री ओलीको भनाइ थियो ।

नेपालको करिब ३ करोड जनसंख्यामध्ये १ करोड ७ लाख युवा छन् । स्वदेशमा रोजगारी नपाएका २६ लाखभन्दा बढी युवा विदेशमा पसिना बगाइरहेका छन् । बर्सेनि ५ लाखभन्दा बढी युवा श्रमबजारमा आउँछन् ।

तीमध्ये ५० हजारले पनि स्वदेशमा रोजगारी पाउन सकेका छैनन् । साढे ४ लाख जनशक्ति विदेश पलायन हुन्छ । १.५ प्रतिशत मात्रै दक्ष जनशक्तिका रूपमा बाहिरिन्छन् । ७४.५ प्रतिशत अदक्ष, २४ प्रतिशत अर्ध रहेको पाइएको छ । त्यसमाथि कोरोनाले वैदेशिक रोजगारी खुम्चिने देखिएको छ ।

वैदेशिक रोजगार बोर्डको अध्ययनअनुसार खाडी र मलेसियाबाट मात्रै ४ लाख ७ हजार युवाले रोजगारी गुमाएका छन् । परराष्ट्र मन्त्रालयका अनुसार विदेशबाट पौने ६ लाख नेपाली कोरोनाका कारण फर्किने तयारीमा छन् ।

नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको तथ्यांकअनुसार स्वदेशमै १६ लाख युवाले रोजगारी गुमाइसकेका छन् । कोरोनाको कहर अझै बढ्दै गएकाले बेरोजगारीको स्थिति भयावह आउने अर्थविद्को आंकलन छ ।

केन्द्रीय तथ्यांक विभागको श्रमशक्ति सर्वेक्षण २०१९ अनुसार श्रमबजारमा उपलब्ध ८० लाख नेपालीमध्ये ९ लाखभन्दा बढी (११.४) प्रतिशत बेरोजगार छन् । श्रमबजारमा उपलब्धमध्ये ७१ लाखले मात्र रोजगारी पाएका छन् ।

नेपालमा १५ वर्षमाथि काम गर्ने उमेरको जनसंख्या २ करोड ८ लाख छ । श्रमशक्तिभन्दा बाहिरको जनसंख्या १ करोड २७ लाख ५० हजार रहेकोमा पुरुष ४२ लाख ५० हजार र महिला ८५ लाख छन् । रोजगारीमा रहेका जनसंख्यामध्ये ६९ प्रतिशत सहर र ३१ प्रतिशत ग्रामीण क्षेत्रमा कार्यरत रहेको तथ्यांकले देखाउँछ ।

युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) ले युवा रोजगारी तथा सशक्तीकरणका लागि युवालक्षित कार्यक्रममा ६४ अर्ब ४९ करोड बजेट विनियोजन गरिएको बताए । बढीभन्दा बढी युवालाई रोजगारीमा संलग्न गराउन स्थानीय तह, प्रदेश र केन्द्र सरकारबीच समन्वय आवश्यक रहेको उनको भनाइ छ ।

राजनीतितर्फ हेर्ने हो भने स्थानीय तहमा ४० प्रतिशत, प्रदेश तहमा ३० प्रतिशत र केन्द्रमा १३ प्रतिशत युवाको प्रतिनिधित्व छ । नीति निर्माणमा युवा सहभागिता बढाउन सके बेरोजगारी समस्या समाधान गर्न सहज हुने मन्त्री सुनारको भनाइ छ ।

राष्ट्रिय युवा परिषद् ऐन २०७२ तथा राष्ट्रिय युवा नीति २०७२ ले १६ देखि ४० वर्षलाई युवा उमेर समूह निर्धारण गरेको छ । राष्ट्रिय जनगणना २०६८ अनुसार कुल जनसंख्याको ४०.३५ प्रतिशत (१ करोड ७ लाख) युवा छन् । युवा विकास सूचकांकमा १४५ औं स्थानमा रहेको नेपाल सन् २०१६ देखि ६८ देशलाई उछिन्दै विश्वमा ७७ औं नम्बरमा उक्लिएको छ ।

रोजगारी, शिक्षालगायतमा सुधार गर्ने गरी परिषद्ले युथ भिजन २०२५ अवधारणा अघि सारेको छ । गुणस्तरीय शिक्षा र रोजगारीका लागि समूहगत प्राथमिकता निर्धारण गरिएको परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुंगेलको भनाइ छ । उनका अनुसार युवा उद्यम, राष्ट्रपति उद्यम कार्यक्रम र सहुलियत कर्जामार्फत युवालाई रोजगारीमा जोड्न पहल भइरहेको छ ।

सहुलियत कर्जाबाट मात्रै यस वर्ष ४ लाखभन्दा बढी युवा लाभान्वित हुने उनको दाबी छ । परिषद्ले वैदेशिक रोजगारीबाट फर्केका युवालाई एनएमबी बैंकसँग सम्झौता गरी सहुलियत कर्जा प्रदान गर्न पहल गर्दै आएको छ । अन्य बैंकसँग पनि सम्झौता गरी सहुलियत कर्जा कार्यान्वयनमा जोड दिइएको छ ।

अनेरास्ववियुकी नेत्री सुनिता बरालले जीवनोपयोगी तथा रोजगारी केन्द्रित शिक्षा दिन सके बेरोजगार बस्नु नपर्ने बताइन् । तलब र ज्याला पाउने काममा वा नाफा र नोक्सान आफैं बेहोर्ने गरी कुनै व्यवसायमा युवालाई संलग्न गराउन सरकारले ठोस नीति ल्याउनुपर्ने उनको भनाइ छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७६–७७ मा ८ खर्ब ७५ अर्ब रेमिट्यान्स भित्रिएको छ । यो कुल गार्हस्थ्य उत्पादनको तुलनामा २४ प्रतिशत हिस्सा हुन आउँछ । अघिल्लो वर्षको तुलनामा चार अर्ब कम रेमिट्यान्स भित्रिएको छ ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy