Khabar Dabali ११ पुष २०८२ शुक्रबार | 26th December, 2025 Fri
Investment bank

यसकारण पुल्चोक झडप

काठमाडौं । पुल्चोकमा रहेको रातो मत्स्येन्द्रनाथ रथ बिहीबार नै तान्ने विषय सामाजिक सञ्जालमा यस्तरी फैलियो कि त्यसको अनुमान, न ललितपुर महानगरपालिकाले गर्न सक्यो, न त जिल्ला प्रशासनले नै ।

आजको राजधानी दैनिकमा खबर छ - समयमै रथयात्रा गर्न नसक्नुको कमजोरीका कारण पुल्चोक झडप हुन पुग्यो । रथयात्रा मलमासअघि नै गर्नुपर्ने आवाज उठिरहे पनि बिहीबार भने ज्यापु समाज, बौद्ध विहार संघ, श्रेष्ठ समाज, कपाली समाजलगायत १९ संगठन रथयात्रा हुनेमा अनभिज्ञ नै थिए ।

अघिल्लो दिनदेखि नै रथ तान्नुपर्ने पक्षमा रहेका अभियन्ताले बिहीबार बिहान पुल्चोकमा भेला हुन आह्वान गरिरहेको पोस्ट सामाजिक सञ्जालमा ह्वात्तै फैलियो । पाटनका विभिन्न टोल, कीर्तिपुर, काठमाडौं, भक्तपुर र ललितपुरका सुनाकोठी, लुभु, बुङ्मतीलगायत नेवार समुदायको बस्ती रहेको स्थानबाट युवा एकत्रित भए ।

प्रशासनले निषेधाज्ञा जारी गरे पनि त्यसको कमजोरीको फाइदा उठाउँदै रथयात्रामा सहभागी हुन स्थानीय गल्ली र भित्री सडक हुँदै पुल्चोक आइपुगे । मुख्य सडकमा ‘चेकिङ’ भए पनि भित्री गल्लीमा प्रहरीको आँखा छल्दै उनीहरू एकत्रित भए । पुल्चोकमा रथ निर्माण गरेको र मत्स्येन्द्रनाथलाई रथारोहण गरेको दुई महिना बढी भइसक्यो । कोरोना संक्रमणका कारण रथयात्रा लामो समयदेखि रोकिएको थियो ।

‘पुरुषोत्तम मास’ पनि नजिकिँदै गर्दा मत्स्येन्द्रनाथका ज्योतिष र पानेजुले रथयात्रा त्यसअघि नै गरिसक्न बारम्बार सुझाव दिइरहदा पनि ‘स्थानीय तह र प्रशासनले चासो नदेखाएको’ भन्दै रथयात्रा नभई अलपत्र परेकामा सरोकारवाला चिन्तित छन् ।

जात्राप्रेमी र स्थानीयलाई ‘करुणामय रथ अलपत्र पर्ने हो कि ?’ भन्ने चिन्ताले सताइरहेकै बेला सामाजिक सञ्जालमा तान्ने विषय उठ्दा केही युवा उत्साहित हुँदै पुल्चोक पुगे । रथ तान्न सडकमा आएका पनि कोरोना संक्रमणप्रति भने सचेत देखिन्थे । तैपनि उनीहरू जोखिम मोलेर ठूलो संख्यामा भेला भए । उनीहरूको इच्छा समयमै रथयात्रा गराएर मलमासअघि नै बुङ्मती पु¥याउने देखिन्छ ।

पुल्चोकमा पुगेका युवाले रथयात्रा सञ्चालन गर्नुपर्ने, संस्कृतिमा राजनीति गर्न नहुनेलगायत प्लेकार्ड बोकेका थिए । ‘जनस्वास्थ्य मापदण्ड पालना गरेर रथयात्रा गर्नुपर्ने’ नारा लेखिएको प्लेकार्ड बोकेका उनीहरूले ‘रथलाई अलपत्र नपारौं’, ‘दायित्वबाट कोही नभागौं’, ‘मान्छेलाई कोभिड–१९ फैलाउन आएको होइन’, ‘रथ तान्न नै हुँदैन भने किन रथ बनाएको ?’ भन्दै आक्रोश पोखे ।

केही सहभागीले ‘अब रथ तानिँदै’ भनेर ‘फेसबुक लाइभ’ गरे, यसपछि रथ तान्नेको संख्या थपिँदै गयो । निषेधाज्ञा भए पनि ललितपुर प्रशासनको कमजोरी त्यहा प्रस्ट झल्किरहेको थियो । बिहान नगण्य स्थानीय रहेको स्थानमा मध्याह्न हुन्जेलसम्म भीड उर्लिसकेको थियो । रथ तान्न धेरै समुदाय सहभागी हुनुपर्नेमा स्वतस्फूर्त आएको भीडले रथ अड्याउन बाँधिएको डोरी खोलेर तान्न थाले ।

पुल्चोक सडक किनार रहेको रथ केही मिटर परसम्म तानेर बीच सडकमा ल्याइपुर्‍याइयो । तान्दातान्दै डोरी व्यवस्था हुनुका साथै बाजागाजा स्वतस्फूर्त आइपुग्यो । प्रक्रिया धेरै भए पनि भीड कुनै प्रक्रियाबिनै रथ तान्नतिर लाग्यो ।

यत्तिकैमा रथ तान्दै गरेका युवालाई प्रहरीले रोक्न खोज्यो । भीड नाराबाजीमा उत्रियो । स्थिति नियन्त्रणमा लिन प्रहरीले पानीफोहोरा हान्न सुरु गर्‍यो । फोहोरा हान्ने गाडी र प्रहरीतर्फ भीड ढुंगामुढासहित जाइलाग्यो । भीड उत्तेजित बनेपछि स्थिति नियन्त्रणमा लिन केही सेल अश्रुग्याँस समेत प्रहार गर्नुपरेको प्रहरीले जनाएको छ । झडपमा केही प्रहरी र केही सहभागीलाई चोट लागेको छ ।

आफूलाई जानकारी नै नदिई केही युवाले रातो मत्स्येन्द्रनाथ रथयात्रा सुरु गरेको विषयमा ललितपुरको ज्यापु समाज, बौद्ध विहार संघ, श्रेष्ठ समाज, कपाली समाजजस्ता १९ जातीय संगठनले अनभिज्ञता जनाएका छन् ।

ज्यापु समाज अध्यक्ष चन्द्र महर्जनले आफूहरूलाई रथयात्राबारे जानकारी नै नदिएर ‘कसले रथ तान्न त्यति मान्छे भेला गरायो ?’ भन्नेबारे अनभिज्ञता प्रकट गरे । उनका अनुसार कोरोना महामारीका कारण संक्षिप्त विधि पूरा गरेर रथयात्रा गर्ने प्रस्ताव मात्र भएको हो ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending