Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank

धानमा गबारोको समस्या

चितवन । युरीया मलको अभाव खेपिरहेका जिल्लाका कृषकको धान खेतमा गबारो किराले नोक्सान गर्न थालेको छ । धानको गाँज बढिरहेको बेला गुभो खाएर गबारोले रातो बनाई दिएको छ । प्रधानमन्त्री कृषि आधुनिकिकरण आयोजना चितवनका प्रमुख मेघनाथ तिमिल्सीनाका अनुसार किसानले झोल र दाना बिषादी छरेको भए पनि रोग नियन्त्रणमा आउन सकेको छैन । खेतका बिचबिचमा थेग्लाथेग्ला भएर किरा लागेको छ । त्यही ठाउँमा बिषादी छर्नु पर्नेमा सबै ठाउँमा किसानले विषादी छरेकाले रोग नियन्त्रणमा आउन नसकेको उनको भनाइ छ ।

उनले भने, “रोग देखिएको ठाउँमा बिषादी छर्नु पर्नेमा सबै ठाउँमा छर्दा प्रभावकारी हुन सकेन । गबारोले गुभो नोक्सान गरेको छ ।” गबारोको लार्भा, प्यूपा हुँदै पुतली बनेको छ । पुतलीले ५र७ दिन भित्रमा पातमा फुल पार्ने र फुलबाट लार्भा निस्किएर धानको वालाको तल्लो कलिलो भाग खाईदिने उनको भनाइ छ । तिमिल्सीनाले किराकै कारण बाला पसाई सकेपछि ठाउँठाउँमा दूध नभरिएको सेता बाला देखिने जानकारी दिए । समयमा रोगको नियन्त्रण गर्न सकेमा रोगलाई केही हदसम्म नियन्त्रण गर्न सकीने उनको भनाइ छ । किसानको पुरानो अभ्यासअनुसार नै बारिको ठाउँठाउँमा टायर बालेर त्यसको तल भाँडामा सरफपानी राखेमा उज्यालोमा आएका किराहरु झरेर मर्ने उनले जानकारी दिए ।

पुतलीको माउ र फुल सजिलै चिन्न सकिने भन्दै उनले यो सङ्ख्या धेरै नहुने भएकाले कृषकले प्रत्यक्ष रुपमा नष्ट गर्न सक्ने बताए । उनले भने, “धेरै लागेको ठाउँमा पनि एक कठ्ठामा ४०र५० भन्दा बढि पुतली हुँदैन । यसो गर्न सकेमा रसायनिक बिषादीमा खर्च गर्नु नपर्ने उनको भनाइ छ । गबारोले जिल्ला भरिनै देखिएको उनले जानकारी दिए ।

त्यस्तै धानको पातमा लाम्चो कालो हुने ‘सिथ व्लाईट’ रोग पनि देखिन थालेको छ । यो रोगले धानको पात सुकाउँछ । पसाउने वेलाको धानमा देखीएको छ । धानमानै सेतो झिङ्गा पनि देखिन थालेको छ । यसले रस चुसेर बोट पहेंलो बनाएर क्षति पुर्याउने उनको भनाइ छ । यो रोग पूर्वी चितवनमा बढि रहेको छ । जिल्लाको २७ हजार ४४५ हेक्टर क्षेत्रफलमा धान खेती गरिएको छ ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: