बुटवल । रूपन्देही सियारी गाउँपालिका–१ की ९६ वर्षीया एक वृद्धा आफू कोरोना संक्रमित भएको थाहै नपाई निको भएकी छन् । ती वृद्धालाई यही भदौ ९ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ - तर, परिवारका सदस्यले कोरोना लागेको छ भनेर जानकारी नै गराएनन् । ‘कोरोनाको बारेमा जानकारी दिएर भय सिर्जना गरेको भए हजुरआमाले चिन्ता लिन सक्नुहुन्थ्यो’, उनका एक नातिले भने, ‘त्यसले अरू जटिलता थपिन सक्थ्यो ।’ यद्यपि, ती हजुरआमा घरका सदस्यलाई भनिरहन्छिन्, ‘मास्क लगाऊ, नत्र कोर्यो (कोरोना) हुन्छ ।’ उनी कोरोनालाई कोर्यो भन्छिन् ।
कोरोना लागेपछि के हुन्छ भन्ने पत्तो छैन । न अहिले देखिएको त्रासकै बारेमा जानकारी छ ।
सुरुमा एक जना नातिमा कोरोना देखिएपछि ती हजुरआमासँगै बुहारी पनि संक्रमणमा परिन् । तर, कुनै लक्षण देखिएन । ‘हजुरआमा कुनै लक्षण नै नदेखिई कोरोना संक्रमणमुक्त हुनुभयो’, नातिले भने । ती वृद्धाको स्याहारसुसार बुहारीले गरिन् । बुहारी पनि कोरोना पोजिटिभ नै थिइन् । छोराले पकाएर खुवाए ।
हजुरआमाको दैनिकी अरू बेला जस्तै बित्यो । कुनै लक्षण नदेखिएपछि थप औषधिको आवश्यकता देखिएन । खाजा, खाना खुवाउने नियमित प्रक्रिया जस्तै बन्यो । तातो पानी पर्याप्त खुवाइएको नातिले सुनाए । वनस्पतिको रस बाहेक अरू खुवाउनु परेन ।
उनले मन्दिर जाने, पूजा गर्ने, नुहाउने, खाने जस्ता नित्यकर्ममै समय बिताइन् । ८४ पूजा गर्दाको मन्दिर घरमै छ । दिउँसो त्यही मन्दिरछेउ गएर बसिन्, साँझ–बिहान घरभित्रै । एक नातिलाई भने ज्वरो आएको थियो । हजुरआमाले सहजै निको भएपछि परिवारका सदस्य दंग छन् ।
सुरुमा जेठो नातिलाई संक्रमण देखिँदा त्रास थियो । दुई दिनसम्म सय डिग्रीभन्दा बढी ज्वरो आयो । पोजिटिभ रिपोर्ट आएपछि आइसोलेसनमै बसे । पाँच जनाको परिवारमा तीन जना संक्रमित भए, अन्यलाई संक्रमण देखिएन ।
‘त्यति धेरै आत्तिइहाल्नुपर्ने अवस्था रहेनछ । तर, सतर्क हुनुपर्छ’, नातिले भने । कोरोनापछि हजुरआमालाई मास्क लगाउन नातिले सिकाए । कोरोनाका विषयमा अरू जानकारी दिएनन् । हजुरआमा निको भएपछि उनीहरूको निष्कर्ष छ, ‘कोरोनाबाट निको हुन आत्मबल चाहिँदो रहेछ ।’ त्रासले झन् बढी जोखिम हुने उनीहरूको परिवारको अनुभव छ ।
हजुरआमा निको भएपछि गाउँपालिकाका जनप्रतिनिधि घरमै आएर बधाई दिए । स्वास्थ्य मापदण्डअनुसार डिस्चार्जको प्रमाणपत्र थमाए । तर दोस्रो परीक्षण सरकारीस्तरबाट नभएपछि उनीहरूले निजी क्लिनिकबाट गराए । १७ दिनमा रिपोर्ट नेगेटिभ आयो ।
ती हजुरआमाको शारीरिक अवस्था भने असामान्य छ । दुर्घटनामा पिठ्युको हाड भाच्चिएपछि उनी अरूकै सहारामा हिँडडुल र उठबस गर्छिन् । दुर्घटनाको केही सयमपछि उनलाई प्यारालाइसिस भएको थियो ।
aplly description here...
चैत्र ८ गते, २०७७ - ०८:०७
काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...
चैत्र ८ गते, २०७७ - ०७:१७
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
चैत्र ८ गते, २०७७ - ०७:०३
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
चैत्र ८ गते, २०७७ - ०६:३८
काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...
चैत्र ८ गते, २०७७ - ०६:३१
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
चैत्र ७ गते, २०७७ - ०८:५३
सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...
चैत्र ७ गते, २०७७ - ०८:४५
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
चैत्र ७ गते, २०७७ - ०८:०१
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
चैत्र ७ गते, २०७७ - ०७:४५
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
चैत्र ७ गते, २०७७ - ०७:४०
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...




प्रतिकृया लेख्नुहोस्: