Khabar Dabali ९ असार २०८३ मंगलवार | 23rd June, 2026 Tue
Investment bank

निर्वाचन धाँधलीरहित गराउन सके भ्रष्टाचार नियन्त्रणमा सघाउ पुग्छ : पूर्वराष्ट्रपति यादव

काठमाडौं । नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित गराउन सके भ्रष्टाचार नियन्त्रणमा त्यसले सघाउ पुग्ने बताएका छन्। अमेरिकामा रहेको अमेरिका–नेपाल नीति अनुसन्धान केन्द्रको पाँचौँ वार्षिक सम्मेलनका अवसरमा शनिबार अनलाइनमार्फत पूर्वराष्ट्रपति डा यादवले निर्वाचनको निष्पक्षतासँग प्रजातान्त्रिक विधि गाँसिएको बताए । उनले निर्वाचन प्रक्रियामा सुधारको आवश्यकता औँल्याउँदै निर्वाचनप्रति गम्भीर बन्न सम्बन्धित सबैमा आग्रह गरे।

नेपालको संविधानमा लेखिएका विषयहरुमा ज्यान भर्ने र देश तथा जनताको हितमा काम गर्ने जिम्मेवारी दलहरूको भएको बताउँदै उनले नेपाललाई बलियो र समृद्ध बनाउन तथा नेपालको प्रजातान्त्रिक प्रणालीलाई सुधार गर्दै लैजान देशबाहिर रहनुभएका नेपालीहरुले रचनात्मक सहयोग गर्नुपर्नेमा जोड दिए। पूर्व राष्ट्रपति डा यादवले पटकपटक सुशासनको चर्चा गरिए पनि यसका लागि आधार बनाउन चुकिएको भन्दै जनताको हक अधिकारको रक्षा र जनजीविकाको सवालमा राज्य र दलहरू गम्भीर बन्नुपर्नेमा जोड दिए।

सो अवसरमा पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले निर्वाचनमा राज्यको भूमिका, दलहरुको अवस्था, उम्मेदवारहरुका व्यवहार र मतदाताको चेतनास्तरले प्रभाव पार्ने बताए । हरेक निर्वाचन प्रणालीभित्र राम्रा र नराम्रा विषयहरु रहने भन्दै उनले प्रणालीका कारणभन्दा पनि पात्रका कारण निर्वाचन पदतिमै असर पर्ने गरेको देखिएको उल्लेख गरे।

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले मतदाताको अपेक्षासमेत व्यक्तिगत सहयोगका लागि केन्द्रीत हुने गरेकाले जनप्रतिनिधिको भूमिका र मतदाताको बीचमा हुनुपर्ने सम्बन्ध पनि अन्य विषयमा फस्ने गरेको उल्लेख गरे। राष्ट्रिय मानवअधिकार आयोगका सदस्य मोहना अन्सारीले परिवर्तनलाई संस्थागत गर्ने संवाहकको रूपमा रहेको निर्वाचन पैसा, बल र शक्तिका कारण प्रभावित हुने अवस्था आउनु दुःखको विषय भएको बताए।

आयोजक केन्द्रका अध्यक्ष डा राजन पन्तको अध्यक्षतामा भएको कार्यक्रममा राजनिति शास्त्री प्रा डा कृष्ण खनाल, कांग्रेसका नेताहरु प्रकाशमान सिंह, शेखर कोइराला, एनपी साउद, डा चन्द्र भण्डारी, कमला पन्त, सुरेन्द्रराज पाण्डे, रत्ना शेरचन, सरिता प्रसाईँ, प्रदीप पौडेल, प्रमिला राई, अर्थशास्त्री डा सुरेन्द्रराज देवकोटा, डा आमोद पोखरेल, पत्रकार युवराज घिमिरे, भगीरथ योगी, तरुण पौडेल, डा सुमन पराजुलीलगायतले नेपालमा निर्वाचनको क्रममा बढ्दै गएको बेथितिलाई जति सक्दो चाँडो अन्त्य गर्नका लागि सामूहिक प्रयासको खाँचो औँल्याएका थिए ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending