बाँके । बाँकेमा उत्पादन भएको तरकारीले सहज बजार पाउन सकेको छैन । गाउँमा उत्पादन भएको तरकारीले बजार नपाउँदा किसानहरु मर्कामा परेका छन् ।
बजारसम्म तरकारी बिक्रीका लागि पुर्याउन नसक्दा खेतबारीमै सस्तो मूल्यमा तरकारी बिक्री गर्न किसानहरु बाध्य छन् । “कहिले नेपालगञ्ज क्षेत्रमा निषेधाज्ञा, कहिले कोहलपुरमा, कहिले खजुरामा त कहिले अन्य गाउँपाािलका क्षेत्रमा हुने निषेधाज्ञाका कारण उत्पादन भएको तरकारीले बजार नपाउादा लगानी पनि उठाउन सकिने अवस्था छैन”, कोहलपुरका किसान लक्ष्य खड्काले बताए ।
अहिले बसन्ते तरकारी उत्पादनको समय हो । यो सिजनमा बाँकेमा एक हजार ७५० हेक्टरमा तरकारी खेती हुन्छ भने सरदर २१ हजार मेट्रिक टन उत्पादन हुने गरेको छ । यो सिजनमा बाँकेमा लौका, करेला, भिन्डी, बोडी, टमाटर, काँक्रा, सागलगायतको तरकारी उत्पादन हुने गर्दछ । सबैभन्दा बढी काँक्रा खेतीमा संलग्न जिल्लाका किसानलाई मर्का परेको छ । पटकपटकको निषेधाज्ञाका कारण बिक्रीका लागि थोक बजारसम्म तरकारी पुर्याउन नसक्दा किसानहरु मर्कामा परेको कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख सागर ढकालको भनाइ छ ।
नेपालगञ्ज आसपासको तरकारी थोक बजारमा बिक्रीका लागि ल्याउन सकिए पनि नेपालगञ्जदेखि टाढा कोहलपुर, बैजानाथ, नरैनापुर र राप्तीसोनारीको तरकारी बजार पठाउन किसानहरुलाई समस्या भएको छ । नेपालगञ्जमा तरकारीको थोक बजार खुला भए पनि कोहलपुरको थोक तरकारी बजार बन्द हुँदा समस्या भएको छ । निषेधाज्ञामा किसानहरुसँग आवातजावतको ‘पास’ नुहुँदा बजारमा तरकारी बिक्री गर्न ल्याउन नसकिएको र यस सम्बन्धमा प्रशासनसँग पहल भइरहेको प्रमुख ढकालले बताए ।
निषेधाज्ञाका कारण बाँकेमा उत्पादन भएको तरकारी किसानलाई बिक्री गर्न मात्रै समस्या छैन, किसानहरुले बिषादी तथा मलसमेत सहज तथा सुलभ तरिकाले पाएका छैनन् भने खेतीबारीमा काम गर्न आउजाउमा पनि समस्या भइरहेको उनीहरुको गुनासो छ ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५७
कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...
बैशाख १५ गते, २०७८ - १३:४८
काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...
बैशाख १५ गते, २०७८ - १३:३२
औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...
बैशाख १५ गते, २०७८ - १३:१५
जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...
बैशाख १५ गते, २०७८ - १३:०४
कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...
बैशाख १५ गते, २०७८ - १२:४७
साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...
बैशाख १५ गते, २०७८ - १२:३८
काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...
बैशाख १५ गते, २०७८ - १२:२९
नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...
बैशाख १५ गते, २०७८ - १२:११
बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...
बैशाख १५ गते, २०७८ - १२:०२
दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...
प्रतिकृया लेख्नुहोस्: