Khabar Dabali १९ बैशाख २०८३ शनिबार | 2nd May, 2026 Sat

रगतमा भएको भिटामिन ‘डी’को आधारमा स्वास्थ्यसम्वन्धी भविष्यवाणी गर्न सकिने

वासिङ्टन । रगतमा रहेको भिटामिन ‘डी’ को तहका आधारमा स्वास्थ्यको भविष्यवाणी गर्न सकिने एक अध्ययनले निश्कर्ष निकालेको छ ।

अध्ययनकर्ताहरुले भिटामिन ‘डी’ को आधारमा कुनै पनि प्राणीको मृत्युको पुर्वानुमान गर्न सकिने समेत दावी गरेका छन् ।

स्वास्थ्यमा आउने भावी चुनौतीलाई पनि भिटामिन ‘डी’को अध्ययनबाट थाहा पाउन सकिने अध्ययनकर्ताहरुको भनाइ छ ।

भावी स्वास्थ्य अवस्था र स्वास्थ्य चुनौतीलाई रगतमा रहेको भिटामिन ‘डी’को अवस्थाका आधारमा भन्न सकिन्छ, अध्ययन प्रतिवेदनमा लेखिएको छ ।

भिटामिन ‘डी’को अध्ययनले कुनै पनि व्यक्तिको स्वास्थ्य अवस्थाका बारेमा थप अध्ययन अनुसन्धान गर्न र विवरणहरु पत्ता लगाउन पनि सघाउन पुर्याउने अध्ययनकर्ताहरुले बताएका छन् ।

बेल्जियमको फ्युनिभर्सिटी हस्पिटल्स लेउभेन’का डा लिन एन्टोनिओको टोलीले भिटामिन ‘डी’ र स्वास्थ्यको पुर्वानुमानका बारेमा अध्ययन गरेको हो ।

अध्ययनमा ४० देखि ७९ बर्षसम्ममा मानिसहरुलाई समावेश गरिएको थियो । उनीहरु माथि सन् २००३ देखि २००५ सम्म अध्ययन गरिएको थियो । अध्ययनमा एक हजार ९७० जना संलग्न भएका थिए ।

अध्ययनको नेतृत्वकर्ता डा एन्टोनिओले भने, “भिटामिन डिको अवस्थाको अध्ययनले तत्कालिन स्वास्थ्य अवस्थादेखि भविष्यमा आउनसक्ने स्वास्थ्य चुनौती र मृत्युसम्मको कुरालाई पनि पुर्वानुमान गर्न सक्ने देखिन्छ ।”

उनको टोलीले गरेको अध्ययनको प्रतिवेदन हालै मात्रै तयार भएको हो ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending