Khabar Dabali १९ बैशाख २०८३ शनिबार | 2nd May, 2026 Sat

बाइडेनको चुनावी प्रचारका लागि ब्लुमबर्गले दिए १० करोड डलर चन्दा

वासिङ्टन । न्यूयोर्क नगरका पूर्व मेयर माइकल ब्लूमबर्गले डेमोक्रेटिक पार्टीबाट राष्ट्रपतिका उम्मेदवार जो बाइडेनको चुनावी प्रचारमा सघाउन १० करोड अमेरिकी डलर चन्दा दिने घोषणा गरेका छन् । यो रकम विशेषगरी फ्लोरिडा राज्यमा चुनावी अभियानमा खर्च गरिने छ ।

आगामी नोभेम्बरमा हुने चुनावमा राष्ट्रपतिका दुई उम्मेदवारहरु राष्ट्रपति डोनाल्ड ट्रम्प र डेमोक्रेटिक पार्टीका जो बाइडेनबीच कडा प्रतिस्पर्धा हुने जनमत सर्बेक्षणहरुले देखाएका छन् । अझ “ब्याटलग्राउन्ड” राज्यका रुपमा चिनिने फ्लोरिडामा दुबै उम्मेदवारबीच मतान्तर अति झिनो छ ।

अमेरिकामै सबैभन्दा ठूलो राज्यका रुपमा रहेको फ्लोरिडामा विजयी हुन दुबै उम्मेदवारले विशेष ध्यान दिएका छन् । दोस्रो कार्यकालको खोजीमा रहेका राष्ट्रपति ट्रम्पलाई फ्लोरिडामा विजयी हुनैपर्ने चुनौती छ ।

अमेरिकी चुनावमा राष्ट्रपतिमा विजयी हुन २७० निर्वाचन मण्डल प्राप्त गर्नु पर्नेछ । रिपब्लीकन पार्टीका नेताहरु फ्लोरिडामा विजयी हुनेमा विश्वस्त देखिएका छन् । सन् २०१८ मा सम्पन्न सिनेट चुनावमा पनि यहाँ रिपब्लीकन उम्मेदवार विजयी भएका थिए ।

रिपब्लीकन पार्टीले फ्लोरिडाका ल्याटिनो मतदातालाई आकर्षित गर्न करोडौं रकम खर्चिएको छ । पछिल्ला मतसर्बेक्षणले पनि ल्याटिनो समुदायको मत ट्रम्पतर्फ झुकेको देखाएका छन् । यहाँ डेमोक्रेटिक पार्टीका उम्मेदवार बाइडेन पछि पर्न थाल्नु भएको देखिएको छ ।

अमेरिकी अर्बपति ब्लूमबर्गले गत वर्ष आफैं डेमोक्रेटिक पार्टीका तर्फबाट राष्ट्रपतिको उम्मेदवार हुने भन्दै चुनावी अभियान पनि थाल्नु भएको थियो । उनले चुनावमा करिब एक अर्ब डलर खर्चिनु भएको थियो, तर पर्याप्त जनसमर्थन नपाएपछि बाइडेनलाई समर्थन गर्दै चुनावी प्रतिस्पर्धा त्यागेका थिए ।

ब्लूमबर्गले यसअघि पनि ट्रम्पलाई पराजित गर्न भन्दै डेमोक्रेटिक पार्टीका लागि करोडौं डलर खर्च गरिसक्नु भएको छ । उनले आफ्नो चुनावी कार्यक्रमबाट बचेको करिब १ करोड ८० लाख डलर यसअघि नै डेमोक्रेटिक राष्ट्रिय समितिलाई हस्तान्तरण गरिसकेका छन् ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending