Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank

३ करोड लागतमा बन्यो सिँचाइ कुलो, ८१ हेक्टर सिँचाइ सुविधा विस्तार

भोजपुर । जिल्लाको टक्सारमा करिब रु तीन करोड लागतमा सिँचाइ कुलो बनेपछि ८१ हेक्टर क्षेत्रमा सिँचाइ विस्तार भएको छ । विगत लामो समयदेखि खेती गर्नका लागि आकाशेपानीको भरमा बस्दै आएका यहाँका कृषकलाई सिँचाइ कुलो निर्माण भएपछि सहजता थपिएको छ ।

कुलो निर्माणका लागि रु दुई करोड ९६ लाख ८८ हजार लागत खर्च भएको सिँचाइ विकास डिभिजन कार्यालय भोजपुरले जनाएको छ । एशियाली विकास बैंकको ८८ दशमलव तीन प्रतिशत र जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय भोजपरको ११ दशमलव सात प्रतिशत लगानीमा नौ किलोमिटर लम्बाइको कुलो निर्माणको काम सम्पन्न भएको हो ।

“पैँयापानी, मालबाँसे राजकुलो सिँचाइ आयोजनाले भोजपुर नगरपालिका–१२ टक्सारका पैँयापानी पारपानी, एयरपोर्ट, मालबाँसे, कोटडाँडालगायत स्थानका १३७ घरपरिवारलाई प्रत्यक्ष लाभ पुगेको छ । धेरै सुक्खाग्रस्त क्षेत्र भए पनि यहाँ प्रशस्त मात्रामा धान तथा तरकारी उत्पादन हुने गर्दछ । सिँचाइका लागि सुविधा थपिएपछि कृषक निकै खुशी छन् । स्थानीय कृषक कल्पना भण्डारीले भने, “लामो समयदेखि हामीलाई खेती गर्न ठूलो समस्या थियो, अहिले कुलो सम्पन्न भएर सञ्चालनमा आएपछि यस वर्ष हामीले समयमै खेती गरेका छौँ, हामीलाई नगदेबाली लगाउनसमेत सहज भएको छ ।”

निर्माणका लागि जनश्रमदानवापत स्थानीयवासीले पनि योगदान गरेका छन् । कुलोलाई स्थानीयवासीले समय–समयमा सरसफाइ गर्दै आएका छन् । सिँचाइ विस्तार भएपछि धान तथा तरकारीबालीको समेत उत्पादन वृद्धि हुने उनीहरुको भनाइ छ । स्थानीय दिलबहादुर बानियाँले भने, “हाम्रो क्षेत्र कृषिका लागि निकै उर्वरभूमि हो, तर सिँचाइ नहुँदा असाध्यै समस्या थियो, यो कुलो बनेसँगै हामीमा उत्साह थपिएको छ, अब उत्पादन वृद्धि हुनेमा हामी आशावादी छौँ ।”

भोजपुर नगरपालिका–८ को अखुवा, घट्टेखोलाबाट बस्तीसम्म सिँचाइ कुलो ल्याइएको हो । कुलो निर्माण स्वामीनारायण निर्माण सेवाले गरेको हो । धेरै महत्व बोकेको कुलो रहेकाले कार्यालयले प्राथमिकताका साथ काम अगाडि बढाएर समयमै सम्पन्न गरेको कार्यालयका सूचना अधिकारी केन्द्रकुमार लिम्बूले बताए । सिँचाइको सुविधा पुगेसँगै टक्सारको तल्लो भेग अहिले हराभरा बनेको छ ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: