Khabar Dabali १० फाल्गुन २०८२ आईतवार | 22nd February, 2026 Sun
Investment bank

व्यक्तिगत आवधिक कर्जामा स्थिर ब्याजदर राख : राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले व्यक्तिगत आवधिक कर्जामा स्थिर ब्याजदर कायम गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । केन्द्रीय बैंकले आज एक परिपत्र जारी गर्दै आगामी असोज मसान्तभित्रै स्थिर ब्याजदर कायम गर्न निर्देशन दिएको हो ।

राष्ट्र बैंकले केही समय पहिले जारी गरेको ‘एकीकृत निर्देशिका २०७७’ मा उल्लेख भएको स्थिर ब्याजदरसम्बन्धी व्यवस्थाबमोजिम सोही समयभित्र कार्यान्वयन गर्न भनेको हो । आज जारी गरिएको परिपत्रमा भनिएको छ, ‘असोज मसान्तभित्रै एकीकृत निर्देशिका २०७७ मा गरिएको व्यवस्थाअनुसार कर्जा अवधिभर परिवर्तन नहुने गरी तोकिने स्थिर ब्याजदर निर्धारण तथा प्रकाशन गर्नु पर्नेछ ।’

राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति कार्यान्वयन गर्न जारी गरेको एकीकृत निर्देशिकामा समेत सो कुरा उल्लेख छ । सोही अनुसार असोज मसान्तभित्रै पुराना ऋणीको समेत ब्याजदर स्थिर हुनुका साथै व्यक्तिगत कर्जा लिनेले पनि सोही सुविधा पाउने व्यवस्था छ ।

नेप्सेमा झिनो सुधार

धितोपत्र बजारमा आज कारोबार मापक नेप्से परिसूचक झिनो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्स्चेञ्जका अनुसार नेप्से परिसूचक ५.३६ बिन्दुले बढेर एक हजार ५४१.४० मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक समेत ०.८३ ले वृद्धि भई ३०५.४८ मा पुगेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार कूल १९४ कम्पनीको ६३ लाख ९० हजार ८३ कित्ता शेयर रु एक अर्ब ८४ करोड ५६ लाख ३४ हजार ३० मूल्यमा खरीद बिक्री भयो । कारोबार भएका कूल १२ उपसमूह मध्ये आज बैंकिङ उपसमूहको मात्रै शेयर कारोबार ओरालो लागेको छ भने अन्य सबै उपसमूह भने उकालो लागेको छ । बैंकिङ ४.५८ ले ओरालो लाग्दा व्यापार २०.९३, होटल १४२.८१, विकास बैंक २.०८, जलविद्युत् ५४.०९, वित्त १.१३, निर्जीवन बीमा ४२.३७, उत्पादन २.८२, अन्य १.४८, लघुवित्त ४.८७, जीवन बीमा ७२.१४ र सामूहिक लगानी कोष ०.०६ ले वृद्धि भएको छ ।

कारोबारका आधारमा आज पनि नेपाल पुर्नबीमा कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु नौ करोड ६१ लाख ९६ हजार २४६ बराबरको कारोबार भई शीर्ष स्थानमा रह्यो । यस्तैै नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रु छ करोड ४६ लाख ७७ हजार १४२, नागरिक लगानी कोष रु पाँच करोड ६२ लाख ८७ हजार ९५०, सूर्या लाइफ इन्स्योरेन्स रु पाँच करोड ५३ लाख ४१ हजार ९३७, सानिमा माई हाइड्रो पावर रु पाँच करोड ३८ लाख ९१ जार २३७ र नेको इन्स्योरेन्सक म्पनीको रु पाँच करोड एक लाख ९७ हजार ४७३ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

यस्तै सिनर्जी पावर लिमिटेड, घलेम्दी हाइड्रो, बरुण हाइड्रोका लगानीकर्ताले समान १०÷१० प्रतिशतले कमाउँदा एनआरएन लघुवित्त ९.९६, रिलायन्स लाइफ इन्स्योरेन्स ९.८९ र यूनाइटेड मोदी हाइड्रोपावरका लगानीकर्ताले ९.८४ प्रतिशतले कमाए । यसैगरी एनआइसी एशिया व्यालेन्स फण्ड ३.८७, लक्ष्मी इक्विटी फण्ड ३.७१, राष्ट्रिय बीमा कम्पनीका संस्थापक लगानीकर्ता २.९३ र नेपाल फाइनान्स कम्पनीका लगानीकर्ताले २.५६ प्रतिशतले गुमाए ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE