Ntc summer Offer
Khabar Dabali ११ मंसिर २०८१ मंगलवार | 26th November, 2024 Tue
Investment bank

रेल आइपुग्यो, कहिले चल्ने टुङ्गो छैन

जनकपुर । शुक्रबार १२ बजेसम्म रेल आउने हल्लाले बिहान ९ बजेदेखि नै जनकपुरस्थित रेल्वे स्टेसनमा सर्वसाधारणको घुइँचो थियो । सबै उमेर समूहका सर्वसाधारण लिक नजिकै बसेर रेल आउने बाटो हेरिरहेका थिए ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ - भिड देखेर स्थानीय प्रशासन पूरै सतर्क थियो, तीन सय सुरक्षाकर्मी परिचालन थिए । धनुषाका प्रहरी उपरीक्षक रमेश बस्नेत र सशस्त्र प्रहरी उपरीक्षक नागेन्द्र सेन आफँ सुरक्षा व्यवस्थापनमा जुटेका थिए ।

भिडमा भेटिएका जनकपुरधाम उपमहानगरपालिका– ३ का ३० वर्षीय राजीव थापा उत्साही देखिन्थे । ‘बिहानै ९ बजेदेखि नै साथीहरू मिलेर आएका हौँ । सानो हुँदा रेल चढेर पटक–पटक जयनगरसम्म जान्थँे । नयाँ रेल कस्तो रहेछ भनेर हेर्न आएको छु,’ उनले भने, ‘अब आफ्नै मुलुकमा ब्रोडगेज रेल चढ्न पाइने भयो ।’ तर, रेल चल्ने मितिको टुंगो लागेको छैन ।

रेल्वे स्टेसन पुगेका सर्वसाधारणले चार–पाँच घन्टा कुरेपछि दुईवटा रेल शुक्रबार दिउँसो जनकपुर आइपुगे । बिहान करिब साढे ११ बजे जयनगरबाट जनकपुरका लागि प्रस्थान गरेका दुवै रेल दिउँसो पौने २ बजे जनकपुर रेल्वे स्टेसन आइपुगेका थिए । हर्न बजाउँदै रेल आएपछि सर्वसाधारणले हात हल्लाए अनि स्वागत गरे । खुसी भएर ताली पिटे र सेल्फी लिन व्यस्त रहे ।

चालक दलसहितका कर्मचारी नेपालमा रेलको भव्य स्वागत देखेर चकित भए । भारतीय रेलचालक विभाव र एसके यादवले रेल चलाएर ल्याएका थिए । नेपाल सरकारले भारतबाट जिटुजी प्रक्रियाबाट भारत सरकारकै स्वामित्वको कोंकेन रेल्वे कर्पोरेससँग रेल किनेको थियो । तिनै दुई रेल जनकपुर आएका हुन् । रेललाई नेपालकै झण्डाको रङमा पेन्ट गरिएको छ । यसले रेल आकर्षक देखिएका छन् ।

जनकपुर पुगेपछि कम्पनीका वरिष्ठ मेकानिकल इन्जिनियर दीपक त्रिपाठी र परियोजना प्रबन्धक जिभी नागेन्द्रले दुई रेलका कागजात नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराई र नेपाल रेल विभागका सिनियर इन्जिनियर देवेन्द्र साहलाई हस्तान्तरण गरे ।

हस्तान्तरणपछि धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई, महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालसहित जिल्ला सुरक्षा निकायका अधिकारीले जनकपुर स्टेसनबाट कुर्थासम्म रेल चढेर अनुगमन तथा निरीक्षण गरे ।

रेल आए पनि ती तत्काल जनकपुरमा बस्ने छैनन् र सञ्चालनमा आउन केही समय लाग्नेछ । तत्काल सञ्चालनको अवस्था नरहेकाले दुवै रेललाई जयनगरस्थित नेपाली स्टेसनमा पु¥र्याइने नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक भट्टराईले जानकारी दिए । जयनगरमा तत्काल भारतीय पक्षकै रेखदेखमा रेल रहने उनले बताए ।

रेलमार्ग र रेल तयार भए पनि तत्काल सञ्चालन हुने छैनन् । विवाहपञ्चमी (पुस ४) सम्म रेल नियमित रूपमा सञ्चालनमा आउन सक्ने धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले बताए ।

नेपाल–भारत क्रस बोर्डर रेल सञ्चालन हुने भएकाले कोरोना महामारीका वेलामा तत्काल रेल सञ्चालनको अवस्था नरहेको रेल्वे कम्पनीको भनाइ छ । ‘एक महिनाभित्र सञ्चालन गर्न सकिन्छ । तर, नेपाल–भारत क्रसबोर्डर चल्ने भएकाले सञ्चालनमा केही ढिलाइ हुन्छ,’ महाप्रबन्धक भट्टराईले भने ।

भारतको सहयोगमा निर्माण भइरहेको जनकपुर–बर्दिबास रेलमार्गको पहिलो चरणमा जयनगर–जनकपुर–कुर्था ३४ किलोमिटर रेल सञ्चालनको तयारी छ । दोस्रो चरणमा कुर्थादेखि बिजलपुरासम्म १८ किलोमिटरमा सञ्चालन गरिनेछ, जहाँ अहिले रेलमार्ग निर्माण जारी छ ।

त्यस्तै, बिजलपुरा–बर्दिबास १७ किलोमिटरसम्म रेल्वे लिकका लागि सर्भे भई जग्गा अधिग्रहण प्रक्रिया थालिएको रेल्वे विभागका जनकपुर–बर्दिबास साइट इन्जिनियर विनोद ओझाले बताए ।

रेल परीक्षणका लागि चालक दलका चार सदस्यसहित २० भारतीय प्राविधिक जनकपुर आइपुगेका छन् । उनीहरूमध्ये केही फर्किने छन् भने केही रेलसँगै जयनगरमै बस्नेछन् । प्रशासनिक कर्मचारी नेपाल र प्राविधिक कर्मचारी भारतीय नै राखेर तत्काल रेल चलाउने तयारी छ ।

भारतीय कर्मचारी राख्ने विषयमा नेपाल र भारतबीच सम्झौताको गृहकार्य जारी छ । ‘सम्झौतापत्र भारतीय पक्षले तयार गरिरहेका छन्, त्यसमा दुवै पक्षबीच छलफलपछि सहमति हुनेछ,’ महाप्रबन्धक भट्टराईले भने ।

यता रेल विभागले कर्मचारी भर्नाको प्रक्रिया सुरु गरेको छ । विभिन्न २९ पदमा एक सय २९ जनाको विज्ञापन गरिएको छ । यसअघि रेलचालकसहित २६ जना प्राविधिक कर्मचारीका लागि विभागले सूचना प्रकाशित गरे पनि कसैको दरखास्त परेको थिएन । त्यसपछि भारतबाटै प्राविधिक कर्मचारी ल्याउने र उनीहरूकै सहयोगमा नेपालीलाई तालिम दिएर सक्षम बनाउने तयारी थालिएको हो । ऐन संसद्मा रहेकाले तत्काल रेल सञ्चालन ऐन अध्यादेशबाट ल्याएर चलाउने तयारी छ ।

रेल्वे सञ्चालक समितिले रेलको टिकटको मूल्य निर्धारण गरी स्वीकृतिका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पठाएको छ । भाडादर मन्त्रालयबाट स्वीकृत हुन बाँकी छ । महाप्रबन्धक भट्टराईका अनुसार जयनगरदेखि कुर्थासम्म ३५ किलोमिटरको भाडा जनरल बोगीमा ७० रुपैयाँ र एसी बोगीमा ३ सयसम्म छ ।

त्यसैगरी, प्रतिकिलोमिटर बढीमा १५ रुपैयाँ जनरल बोगीमा र एसीमा जनरलभन्दा ५ गुणा बढी भाडा तोकिएको उनले बताए । एक स्टेसनबाट अर्को स्टेसनमा झरेको खण्डमा प्रतिकिलोमिटर १५ रुपैयाँको दरले भाडा लाग्नेछ । दुई वा दुईभन्दा बढी स्टेसनसम्म यात्रा गरे त्योभन्दा कम भाडा लाग्ने उनले बताए ।

कुर्थादेखि जयनगरसम्म ५ वटा स्टेसन जयनगर, इनर्वा, खजुरी, वैदही र कुर्था छन् । तीन वटा हल्टहरू जनकपुर, मैनाथपुर र परवहा रहेका छन् । स्टेसनमा एकभन्दा बढी रेल्वे लिक बनाएकाले त्यहाँ रेलको क्रसिङ गरिनेछ । हल्ट भएको स्थानमा रेल केही समयका लागि विश्राम अर्थात् त्यहाँ यात्रु ओसारपसार मात्रै हुनेछ ।

स्टेसन र हल्ट भएका स्थानमा रेलको टिकट काटिनेछ । अनलाइनमार्फत पनि टिकट बुक गर्न सकिने महाप्रबन्धक भट्टराईले बताए । टिकटसम्बन्धी सफ्टवेयर निर्माणको कार्य भइरहेको उनले बताए । जयनगरदेखि कुर्थासम्म ३५ किलोमिटर यात्रा गर्न दुईदेखि तीन घन्टा लाग्ने रेललाई ब्रोडगेज सेवा सुरु भएपछि एक घन्टामा उक्त दूरी तय गरिने इन्जिनियर ओझाले बताए ।

भारतलाई उपनिवेश बनाएका वेला ब्रिटिस शासकले विक्रम संवत् १९९४ मा महोत्तरीको जंगलबाट काठ ढुवानीका लागि ५२ किलोमिटर रेल्वे सञ्चालन गरेका थिए । पछि ती रेल नेपाललाई जिम्मा दिइएको थियो । नेपालले ती रेलमा यात्रु ओसारपसार गरेको थियो । तर, ०५९ मा आएको बाढीले जीर्ण अवस्थामा रहेको महोत्तरीको विग्ही नदीको पुल भत्काइदियो । त्यसपछि रेल जनकपुर–जयनगर २९ किलोमिटरमा सीमित भयो ।

मर्मतसम्भारको अभाव र राजनीति दलले कार्यकर्ता भरणपोषणको केन्द्र बनाएपछि सेवा विस्तार बिस्तारै बन्द हुँदै गयो । पटक–पटक लिक छाड्ने तथा दुर्घटनामा पर्ने न्यारोगेज सेवालाई ब्रोडग्रेज सेवामा स्तरोन्नति गर्ने प्रयास सुरु भयो । यसका लागि भारत सरकारसँग आग्रह गरियो । अनि ०७१ माघदेखि उक्त सेवा पूर्ण रूपमा बन्द गरी स्तरोन्नतिको काम हुँदै आएको थियो । त्यही स्तरोन्नति गरिएको लिकमा नयाँ रेल चलाउने तयारी भएको हो ।

रेलमा कस्ता छन् सुविधा ?

कम्पनीले डिजेल इलेक्ट्रिक मल्टिपल युनिट भएका रेल डिजेल र विद्युत् दुवैबाट चल्ने विश्वमै नयाँ मोडेलका रूपमा तयार गरिएको दाबी गरेको छ । डिपिसी १९०१ र डिपिसी १९०२ नम्बरको दुवै रेल १६ सय हर्स पावरका छन् ।

प्रतिघन्टा ११० किलोमिटरको गतिमा चल्न सक्ने रेलमा एक हजार तीन सय सिट क्षमता छ । एउटै इन्जिन भए पनि दुवैतर्फबाट चलाउन सकिने रेलको एउट बोगी (डब्बा)मा ७० सिट छन् । २० मिटर लामो रेलको इन्जिनबाहेक एक एसी र दुई जनरल बोगी छन् ।

प्रतिकिलोमिटर दुई लिटर डिजेल खपत हुने रेलमा आवश्यकताअनुसार थप चारवटा बोगीसम्म जोड्न सकिने निर्माण कम्पनीको दाबी छ । नेपाललाई लक्षित गरी बनाएको रेल भारतमा सञ्चालनमा रहेको अन्य रेलभन्दा फरक रहेको निर्माण कम्पनीका मेकानिकल इन्जिनियर दीपक त्रिपाठीले बताए ।

दुवै फरक र आकर्षक मोडेलका रेल रहेको तथा गति र क्षमता राम्रो रहेको मेकानिकल इन्जिनियर त्रिपाठीले बताए । ‘यसको स्पिड र लोड बोक्ने क्षमता धेरै राम्रो छ । नेपालका लागि हामीले स्पेसल रेल डिजाइन गरेका छौँ,’ उनले भने, ‘यात्रीलाई झोला राख्न सजिलो हुने डिजाइन बनाइएको छ ।’

प्रत्येक बोगीमा शौचालय छ । एसीबाहेक अन्य जनरल बोगीमा ठाउँठाउँमा पंखा लगाइएको छ । यात्रुबाहक रेल भएकाले सामान ओसारपसार गर्न भने मिल्नेछैन । ‘मालसामान ओसारपसार गर्न मिल्दैन । पूर्णतः यात्रुबाहक रेल हुन्,’ इन्जिनियर त्रिपाठीले भने ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy