चितवन । जिल्लाका विभिन्न घटनामा आज तीन जनाको मृत्यु भएको छ । कोरोनाको सङ्क्रमण, सर्पको डसाइ र दुर्घटनामा परी तीन जनाको मृत्यु भएको हो । चितवन मेडिकल कलेजमा उपचारका क्रममा एक महिलाको कोरोना सङ्क्रमणका कारण आज बिहान मृत्यु भएको हो । मृत्यु हुनेमा रौतहट चन्द्रपुर नगरपालिका–९ की ५१ वर्षीया महिला रहेकी छन् ।
कलेजका निर्देशक डा दयाराम लम्सालका अनुसार स्वासप्रस्वासमा समस्या आई भदौ २८ गते भर्ना भएकी उनमा २९ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनकोे आज बिहान ६ः१५ बजे मृत्यु भएको हो ।
यस्तै पिकअप भ्यानको ठक्करले एक जनाको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–६ गीतानगरबाट सिताराम चोकतर्फ आइरहेको लु १ च ४४३५ नम्बरको भ्यानले प्रदेश २–०३–००६ प ७७६१ नम्बरको मोटर साइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको हो ।
मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२३ का ३७ वर्षीय ज्योती दराई रहेको प्रहरीले जनाएको छ । ठक्करबाट घाइते उनको उपचारका क्रममा आज बिहान भरतपुर अस्पतालमा मृत्यु भएको हो । दराईलाई ठक्कर दिने सवारी र चालक प्रहरीको नियन्त्रणमा रहेका छन् ।
यता सर्पले डसेर एक जनाको मृत्यु भएको छ भने दुई जना उपचारका क्रममा रहेका छन् । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१९ का २ वर्षीय रायन रामदाम रहेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार उनलाई घरमा सुतिरहेको अवस्थामा विषालु सर्पले डसेको थियो । सर्पको डसाईपछि उनको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो ।
यस्तै सर्पको डसाईका कारण उनका हजुरआमा ५६ वर्षीया केशरी विक र आमा २३ वर्षीया रुवी सुनारको। अवस्था गम्भीर रहेको छ । उनीहरु मध्ये विकको चितवन मेडिकल कलेज र सुनारको भरतपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...
प्रतिकृया लेख्नुहोस्: