Khabar Dabali ६ चैत्र २०८२ शुक्रबार | 20th March, 2026 Fri
Investment bank

उत्पादन भएको मकैले बजार पाएन

दाङ । दाङको गढवा गाउँपालिका­७ मोतीपुरका चोकनाथ चौधरीले उत्पादन गरेको मकै बिक्री हुन सकेको छैन । चौधरीले करीब एक विगाहा जमीनमा मकै खेती गरेका थिए । गत वैैशाख महिनामा तयार भएको बसन्ते मकै र हालै तयार भएको वर्षे मकै पनि बिक्री नभएको उनले बताए । मकै बिक्री गरेर भएको आम्दानीले घर खर्च चलाउने चौधरीलाई बिक्री नहुँदा समस्या भएको छ ।

गत वर्ष घरबाटै मकै बिक्री गर्नुभएका चौधरीले यस वर्ष मकै किन्नका लागि कोही नआएको बताए । गत वर्षको बिक्री मूल्यभन्दा आधा कम मूल्य कायम राख्दा पनि मकै बिक्री नभएको उनको भनाइ छ । कृषकले उत्पादन गरेका कृषि उत्पादन सरकारले मूल्य निर्धारण गरेर किन्ने व्यवस्था गरिदिएमा कृषकलाई सहज हुने चौधरीले बताए ।

सोही ठाउँका रामबहादुर चौधरीको पनि मकै बिक्री हुन सकेको छैन । उनले वैशाखमा तयार गरेको बसन्ते मकै ३० क्वीन्टल र वर्षे मकै २५ क्वीन्टल बिक्री भएको छैन । गएको फागुनसम्म तयार भएको मकै रु ३५ केजीमा बिक्री भएपनि पछि उत्पादन भएको मकै बिक्री भएको छैन । मकैको भाउ अहिले बजारमा प्रतिकेजी रु १८ मात्रै छ । “बजार भाउमा नै बिक्री गरौँ भन्दा पनि ब्यापारीले लिन मान्दैनन्”, चौधरीले बताए ।

लमही नगरपालिका­८ सतबरियाका देउमन चौधरीले गत वर्षभन्दा आधा मूल्यमा मकै बिक्री गरेको बताए । गत वर्ष रु ३५ प्रतिकेजीको दरले मकै बिक्री गरेका चौधरीले यस वर्ष रु १८ प्रति केजीका दरले बिक्री गरेको बताए । बन्दाबन्दीले गर्दा दाना उत्पादन कम भएको कारण मकैको मूल्य घटेको ब्यापारीहरु बताउँछन् । उत्पादित मकै जिल्ला बाहिर नगएको र पशुको आहारा घटेको कारण किसानले मूल्य नपाएको पशुविज्ञ केन्द्र दाङका प्रमुख डा वेदबहादुर केसीले बताए ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: