पाल्पा । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य सेवा विभागको सहयोगमा कोरोना परीक्षण गर्न चाहिने स्वास्थ्य सामग्री पाल्पा अस्पताललाई प्रदान गरिएको छ । पाल्पाको काजीपौवामा सञ्चालन हुन गइरहेको पिसीआर प्रयोगशालालाई आवश्यक स्वास्थ्य सामग्री प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री सोमप्रसाद पाण्डेले अस्पतालका अध्यक्ष नेत्रप्रसाद पाण्डेलाई हस्तान्तरण गरेका हुन् ।
भिटीए ९०० पिस, आरटी र पिसीआर किट ३३४, एनएइई किट ३३४, गाउन ५० थान, सुकभर ५० जोर, पञ्जा ३३ जोर, चश्मा २० थान, एन–९५ मास्क ५० थान सामग्री हस्तान्तरण गरिएको हो । उनले भौतिक पूर्वाधारबिना पनि पाल्पामा प्रयोगशाला सञ्चालन गर्ने अनुमति अस्पतालले प्राप्त गरेको बताए । उनले कोरोना परीक्षण गर्न पिसीआर मेशिन आएको र पूर्वाधारसमेत तयार भइसकेको बताए । उनले दुई÷तीन दिनमा विद्युत् जडान गरी परीक्षणको कार्य शुरुआत गर्न निर्देशन दिए ।
कार्यक्रममा प्रदेशसभा सदस्य तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का जिल्ला अध्यक्ष नारायण आचार्यले कोभिड–१९ जाँच गर्न सक्षम र प्रशस्त प्राविधिक रहेको बताए । पाल्पाका प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानले प्रयोगशाला निर्माणका लागि अस्पतालका अध्यक्षको काम प्रशंसनीय रहेको बताए ।
पाल्पाका कोरोना सङ्क्रमितहरुको स्वाब सङ्कलन गरी परीक्षण गर्न जिल्ला बाहिर पठाउनुपर्ने बाध्यता थियो । तानसेनमा सञ्चालन हुने प्रयोगशालाले कोरोना परीक्षण गर्न सहज हुने अस्पतालले जनाएको छ ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५७
कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...
बैशाख १५ गते, २०७८ - १३:४८
काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...
बैशाख १५ गते, २०७८ - १३:३२
औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...
बैशाख १५ गते, २०७८ - १३:१५
जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...
बैशाख १५ गते, २०७८ - १३:०४
कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...
बैशाख १५ गते, २०७८ - १२:४७
साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...
बैशाख १५ गते, २०७८ - १२:३८
काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...
बैशाख १५ गते, २०७८ - १२:२९
नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...
बैशाख १५ गते, २०७८ - १२:११
बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...
बैशाख १५ गते, २०७८ - १२:०२
दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...
प्रतिकृया लेख्नुहोस्: