Khabar Dabali ३० फाल्गुन २०८२ शनिबार | 14th March, 2026 Sat
Investment bank

महिला सशक्तिकरणका लागि लाग्न संयुक्त राष्ट्रसंघीय महासचिवको आग्रह

संयुक्त राष्ट्रसंघ । महिला सशक्तिकरणका लागि लाग्न संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटर्रेसले महिला सशक्तिकरणका लागि लाग्न आग्रह गरेका छन् ।

उनले राष्ट्रसंघीय एक महिला सम्मेलनमा सम्बोधन गर्दै महिला सशक्तिकरणका साथै उनीहरुको नेतृत्वको विकासका लागि लाग्न आग्रह गरेका हुन् ।

उनले संयुक्त राष्ट्रसंघका सदस्य राष्ट्रहरुलाई भने– यो समयमा महिलाको नेतृत्व विकास गर्ने र उनीहरुलाई नेतृत्वमा पुर्याउनका लागि प्रतिबद्धता गर्ने समय हो, यस पक्षमा सबै सदस्य राष्ट्रहरु लाग्नु आवश्यक पनि छ ।

उनले सन् १९९५ मा चीनको राजधानी बेइजिङमा भएको विश्व महिला सम्मेलनका क्रममा गरिएका प्रतिबद्धताहरुलाई पूरा गर्नुपर्ने पनि सो सम्बोधनका क्रममा बताएका छन् । महासचिव गुटर्रेसले भने– यो शक्तिको पनि कुरा हुन्छ र कुनै पनि देशले महिलालाई सत्तामा पनि पुरुष सरह नै बराबर प्रतिनिधित्व गराउनुपर्ने हुन्छ ।

विश्व महिला सम्मेलनको २५ औँ वार्षिकोत्सवका अवसरमा बिहीबार आयोजना गरिएको एक सम्मेलनलाई सम्बोधन गर्दै उनले सो धारणा राखेका हुन् । महामसचिव गुटर्रेसले महिलाको अधिकारको मुद्धा यो एक मानवअधिकारको पनि मुद्धा भएको धारणा राख्दै सो कुरा बताएका हुन् । उनले महिलालाई राज्य सत्ताका हरेक पदहरुमा पुरुष सरह नै प्रतिनिधित्व गराउने र अधिकार दिलाउने काममा अब लाग्नुपर्ने धारणा राखे ।

चौथो विश्व महिला सम्मेलन संयुक्त राष्ट्रसंघले नै चीनको राजधानी बेइजिङमा आयोजना गरेको थियो । त्यस सम्मेलनका क्रममा महिला अधिकार र राज्यका नीति निर्माणका तहहरुमा महिलाको पनि बराबर प्रतिनिधित्व गराउने विषयमा विश्वका देशहरुले प्रतिबद्धता व्यक्त गरेका थिए । महासचिव गुटर्रेसले बिहीबार सोही प्रतिबद्धता पूरा गर्नका लागि विश्वका देशहरु लाग्नुपर्नेमा जोड दिएका थिए ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: