Khabar Dabali २ फाल्गुन २०८२ शनिबार | 14th February, 2026 Sat
Investment bank

सुरक्षा संवेदनशीलताका कारण यी १३ जिल्लाको उडान अनुमति केन्द्रबाटै : गृहमन्त्री

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले सुरक्षा संवेदनशीलताका दृष्टिले उच्च हिमाली क्षेत्रका १३ जिल्लामा हेलिकोप्टरमार्फत गरिने उद्धार उडानको अनुमति केन्द्रबाटै दिने गरिएको स्पष्ट पारेका छन् । प्रतिनिधिसभा, अन्तरराष्ट्रिय सम्बन्ध समितिको आज सिंहदरबारमा भएको बैठकमा ‘उद्धार तथा हेलिकोप्टरको उडान अनुमतिको अधिकार स्थानीय प्रशासनलाई दिने सम्बन्ध’ मा भएको छलफलमा गृहमन्त्री थापाले निषेधित क्षेत्रमा गरिने उद्धार उडानलाई थप सहजीकरण गर्न मन्त्रालयले आवश्यक पहल गर्ने बताए ।

उनले उद्धार उडानलाई छिटो र सहज तुल्याउन आवश्यक सबै संयन्त्र २४ सै घण्टा तम्तयार रहेको पनि जानकारी गराउनुभयो । विसं २०२१ मा उच्च हिमाली क्षेत्रका १३ जिल्लालाई निषेधित क्षेत्र घोषणा गरिएको थियो । त्यहाँ आरक्षण क्षेत्र पर्ने र संरक्षित क्षेत्र दुर्लभ वन्यजन्तु, बहुमूल्य जडिबुटीलगायत अन्य प्राकृतिक सम्पदा तथा उत्तरी सिमानाका संवेदनशील क्षेत्र भएकाले सरकारले निषेधित क्षेत्र घोषणा गरेको थियो । ती जिल्लाका ७३ स्थानलाई निषेधित क्षेत्र घोषणा गरिएको छ । त्यस क्षेत्रमा उडान गर्दा केन्द्रको अनुमति चाहिने उल्लेख छ । विदेशी पर्यटकका हकमा मात्र सोे व्यवस्था लागू गरिएको हो ।

गृहमन्त्री थापाले अहिलेका सन्दर्भमा पनि निषेधित क्षेत्रमा गरिएको निर्णय सुरक्षाका दृष्टिले सान्दर्भिक रहेको बताउँदै उद्धार उडानमा हुने ढिलासुस्ती हटाउन मन्त्रालयले आवश्यक सहजीकरण गर्ने बताए । अन्य जिल्लामा हेलिकोप्टर उडानका लागि गृहबाट अनुमति लिन नपर्ने मन्त्री थापाले स्पष्ट पारे ।

समितिका सदस्य पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले निषेधित क्षेत्रको संवेदनशीलतालाई ध्यान दिई आन्तरिक उडानलाई सहजीकरण गर्न आग्रह गरे । सदस्य भीमबहादुर रावलले उच्च हिमाली क्षेत्रका जिल्लामा वनस्पति, वन्यजन्तु र संवेदनशील उत्तरी सीमा क्षेत्रजस्ता संवेदनशीलता भएकाले निषेधित क्षेत्र घोषणा गरिएको उल्लेख गर्दै ती क्षेत्रमा हेलिकोप्टरमार्फत गरिने उद्धार उडानलाई सहज तुल्याइनुपर्ने धारणा राखे ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE