Khabar Dabali २ फाल्गुन २०८२ शनिबार | 14th February, 2026 Sat
Investment bank

स्वर्गद्वारी छात्रपरिषदद्वारा नुवाकोटका ब्लड क्यान्सर पीडित कुँईकेललाई आर्थिक सहयोग

काठमाडौं। ब्लड क्यान्सर पीडित शिवराम कुँईकेललाई स्वर्गद्वारी छात्रपरिषद्ले दुई लाख एकचालीस हजार सात सय चौरासी रुपैँया (२,४१,७८४।-) आर्थिक सहयोग गरेको छ । आईतबार छात्रपरिषद्ले नुवाकोटका क्यान्सर पीडित शिवरामलाई उनको डेरामा पुगेर उक्त रकम हस्तान्तरण गरेको हो ।

स्वर्गद्वारी छात्रपरिषद्को संयोजनमा आफ्ना सदस्य, श्रध्दालु भक्तजन, सहयोगी दाता लगायतबाट करिब एक महिनाको अन्तरालमा उक्त रकम सङ्कलन गरिएको परिषद्का अध्यक्ष शिवप्रसाद घिमिरेले जानकारी गराएका थिए । संस्थाका सह(कोषाध्यक्ष वासुदेव गौतमका अनुसार एक लाख चारहजार छ सय सतहत्तर नेपालबाट र विदेश विभाग प्रमुख मनोहर धिताल मार्फत् अमेरिकाबाट एक लाख सैँतीस हजार एक सय सात रुपैँया जम्मा गरिएको थियो ।

हाल देवघाटस्थित गलेश्वर आश्रमद्वारा सञ्चालित वेदवेदाङ्ग संस्कृत गुरुकुलमा अध्ययनरत शिवरामलाई उपचार खर्च महङ्गो र अभाव रहेको सञ्चार माध्यमबाट थाहा पाएपछि परिषद्ले संयोजन गरी उक्त रकम सङ्कलन गरेको संस्थाका अध्यक्ष शिवप्रसाद घिमिरेले बताए । यस अभियानले सहयोगको हात फैलाउने माहोल सिर्जना भएको देखिन्छ । संस्कृत क्षेत्रका गुरुकुलहरुमा अध्ययनरत वा कार्यरत जो कोहीलाई यसरी सहयोग जुट्नु कठीन थियो तर धेरैतिरबाट यसपटक सार्थक अभियान चलेको र बिरामीका लागि पैसा उठाइएको छ, यसले बिरामी तथा उनका परिवारजनमा थप हौसला मिलेको छ ।

पौरस्त्य वाङ्मय तथा वैदिक सनातन संस्कार संस्कृतिको संरक्षणमा क्रियाशील स्वर्गद्वारी छात्र परिषद्ले यही संस्कृत क्षेत्रमा अध्ययनरत बिरामीको स्वाभाविक जीवनयापनमा आर्थिक समस्याले अवरोध नगरोस् भन्ने उद्देश्यले सहयोगको कदम चालिएको घिमिरेले बताए ।

रुकम हस्तान्तरण कार्यक्रममा बिरामीको शीघ्रस्वास्थ्यलाभको कामना गर्दै समस्त देश तथा विदेशमा रहेर सहयोग उपलब्ध गराउनुहुने व्यक्तिहरुप्रति धन्यवाद व्यक्त गरिएको थियो ।
सहयोग रकम संस्थाका अध्यक्ष घिमिरेसँगै उपाध्यक्ष कमल गौतम र सहकोषाध्यक्ष वासुदेव गौतमसँगै अन्यपदाधिकारीबाट हस्तान्तरण गरिएको थियो ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE