माले । माल्दिभ्सका पूर्व उपराष्ट्रपति अहमद अदीबलाई भ्रष्टाचार, अवैध सम्पत्ति आर्जन र शक्तिको दुरुपयोग गरेको अभियोगमा २० वर्ष जेल सजाय सुनाइएको अदालतका अधिकारीहरूले मङ्गलबार जानकारी गराएका छन् ।
सन् २०१५ मा माल्दिभ्सका शक्तिशाली पूर्व राष्ट्रपतिलाई बम प्रहार गरी हत्या गर्न खोजेको आरोपमा जेल चलान नगर्दासम्म अदीब पूर्व राष्ट्रपति अब्दुल्ला यमीनको घनिष्ठ सहयोगी मानिन्थ्य ।
फौजदारी अदालतले सत्तामा रहेका समय राज्यको पर्यटन प्रवद्र्धकहरूबाट घुस स्वीकार गरेको आरोपमा एक लाख २९ हजार अमेरिकी डलर जरिवानासहित जेल सजाय सुनाएको हो । उहाँमाथि रिसोर्ट निर्माण तथा विकासका लागि टापु भाडामा दिने र पर्यटन कम्पनीहरूबाट कमिसन (व्यवसायिक रकम) प्राप्त गर्न राज्यलाई दुई करोड ६० लाख डलरको घाटा हुनेगरी निर्णय गरेको अभियोग लागेको थियो ।
अदीब उपराष्ट्रपति रहेका समय राष्ट्रपति रहेका यमीनलाई सन् २०१३ देखि २०१८ सम्मको उनको कार्यकालमा कालो धन जम्मा गरेको आरोपमा दोषी ठहर भएपछि गत वर्षको नोभेम्बरदेखि नै पाँच वर्ष जेल सजाय सुनाइएको थियो । यमीन अहिले जेलमा छन् ।
“अदीबले अनुसन्धानमा राज्यलाई सहयोग गर्दै अदालती अनुसन्धानमा सहयोग गरेका थिए तर अदालती सुनुवाईका क्रममा लेनदेनको आधारमा मुद्दालाई आफ्नो हितमा पार्न खोजेको आरोप अदालतका एक अधिकारीले लगाए । अदीबलाई सुनाइएको २० वर्षको सजाय उनले गरेको अपराधको लागि न्यून सजाय भएको ती अधिकारीले बताए ।
अदीबलाई फौजदारी अदालतले निर्दोष ठहर गरेको थियो तर सरकारी अभियोजनकर्ताहरूले उक्त मुद्दामाथि उच्च अदालतमा पुनरावेदन गरेपछि यसमाथि थप अनुसन्धान तथा सुनुवाई भएको थियो ।
पूर्व पर्यटनमन्त्री रहेका अदीवलाई यमीनले उप राष्ट्रपति नियुक्त गरेका थिए । तर दुबै जना निर्वाचनपछि सत्ताबाट बाहिरिनु परेको थियो ।
सन् २०१५को सेप्टेम्बरमा राष्ट्रपतिको डुङ्गामा भएको विस्फोटपछि यमीनको हत्या गर्ने प्रयास गरेको आरोपमा अदीबलाई १५ बर्षको जेल सजाय सुनाइएको थियो । यद्यपि, सन् २०१८ को पुनः निर्वाचनमा अभियानमा यमीनको पराजयपछि अदीबमाथि लागेको हत्या प्रयासको आरोप हटाइएको थियो ।
गत वर्ष अगस्टमा भ्रष्टाचार आरोप लागेका अदीबले अवैध रूपमा देश छोडी छिमेकी मुलुक भारतमा शरण लिन चाहेका अदीबलाई भारतले शरण नदिने बताएपछि उनीमाथि लागेको आरोपमाथिको सुनुवाईका लागि उनीलाई माल्दिभ्सतर्फ नै फर्काइएको थियोे ।
यमीनले आफ्नो पाँच बर्षे कार्यकालमा सबै राजनीतिक प्रतिद्वन्द्वीहरूलाई कि त जेलमा थुनेर राखेको थियो कि उनीहरू निर्वासन बस्न बाध्य पारिएका थिए ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५७
कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...
बैशाख १५ गते, २०७८ - १३:४८
काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...
बैशाख १५ गते, २०७८ - १३:३२
औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...
बैशाख १५ गते, २०७८ - १३:१५
जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...
बैशाख १५ गते, २०७८ - १३:०४
कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...
बैशाख १५ गते, २०७८ - १२:४७
साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...
बैशाख १५ गते, २०७८ - १२:३८
काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...
बैशाख १५ गते, २०७८ - १२:२९
नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...
बैशाख १५ गते, २०७८ - १२:११
बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...
बैशाख १५ गते, २०७८ - १२:०२
दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...




प्रतिकृया लेख्नुहोस्: