टिकापुर । आलु रोप्ने समयमा बजारमा बीउको मूल्यमा एकरुपता नहुँदा किसान मर्कामा परेका छन् ।
स्थानीय बजारमा पसलैपिच्छे फरक फरक मूल्यका कारण किसान मर्कामा परेका हुन् । आलु बीउको मूल्य अत्यन्त महँगो भएपछि यहाँका स्थानीय बजारमा पसलैपिच्छे फरक फरक मूल्य भएका कारण किसान कुन पसलबाट बीउ किन्ने भन्ने अन्योलमा छन् ।
भारतीय सीमावर्ती बजारबाट आलुको बीउको आयातमा रोक लगाएपछि कैलालीको स्थानीय बजारमा यसको मूल्यमा अत्यन्त वृद्धि भएको किसानको गुनासो छ । कैलालीका बजारमा अहिले उन्नत आलुको बीउ प्रतिकिलो ९० देखि एक सय पाँच रुपैयाँसम्म बिक्री भइरहेका छन् । रातो र सेतो आलुको बीउ प्रतिकिलो रु। ७५ देखि ९० मा बिक्री भइरहेको छ । गतवर्ष यही समयमा आलुको बीउ प्रतिकिलो रु ३० देखि ५० सम्म रहेको थियो ।
गत वर्ष पाँच विघा क्षेत्रफलमा आलु खेती गर्दै आउनुभएका टीकापुर–१ बनगाँउका किसान बलिराम चौधरी यो वर्ष दुई बिघा क्षेत्रफलमा मात्र आलु खेती गर्ने तयारीमा छन् । विगतका वर्षभन्दा यो वर्ष आलुको बीउ महँगो हुँदा उनले आलु खेतीको क्षेत्रफल नै घटाएको बताए । ‘‘नेपालमा आलुको बीउको अभाव छ । यहाँको बीउले किसानको माग पूरा गर्न सक्दैन’’, उनले भने, ‘‘प्रतिकिलो सय रुपैयाँमा बीउ किनेर खेती गर्नुको कुनै फाइदा छैन् । पछि आलु उत्पादन राम्रो नभए ठूलो लगानी खेर जान्छ । त्यसैले आलु खेतीका लागि केही जमीन घटाएर त्यसमा अन्य तरकारी लगाउने योजना छ ।’’
कैलालीका बजारमा पसलैपिच्छे फरक फरक मूल्यका कारण पनि किसान मारमा पर्नुका साथै कुन पसलबाट आलुको बीउ किन्ने भन्ने अन्योलमा छन् । टीकापुर बजारमा आलुको बीउ किन्न आएका टीकापुरका खुशीराम चौधरीले आफू पाँचवटा पसलमा गएको तर आलुको बीउको मूल्यमा एकरुपता पाउन नसकेको बताए । “एउटै आलुको पसलैपिच्छे मूल्य फरक छ”, उनले भने, “उपभोग्य वस्तुसहित फलफूल, तरकारीको प्रभावकारी अनुगमन गर्न नसक्दा आफूहरु चर्को मूल्य तिर्न बाध्य भएका छौँ ।” चौधरीले पनि गत वर्ष चार बिघा क्षेत्रफलमा आलु खेती गरेका थिए । बीउ महँगो भएकै कारण यो वर्ष उनले पनि यसको क्षेत्रफल घटाएको छ ।
‘‘आलुको बीउ मात्र होइन, खेतीमा प्रयोग हुने रासायनिक मल समेत महँगो भएको छ’’, चौधरीले भन्े, ‘‘किसानका लागि आवश्यक बीउ र मल सहज पाउने वातावरण नै छैन । बीउ र मल खोज्न किसानलाई निकै सास्ती हुने गरेको छ । खेतीका लागि आवश्यक मलखाद्य, गुणस्तरीय बीउ, उपयुक्त प्रविधि र सिँचाइ सहज रुपमा उपलब्ध भए यसतर्फ किसानको आकर्षण बढ्छ ।’’
विगतका वर्ष निर्वाध र सहज रुपमा भारतीय सीमा बजारबाट नेपाली किसानले आलुको बीउ ल्याउन पाउँथे । यो वर्ष नाका पूर्णरुपमा बन्द रहेकाले किसानलाई समस्या भएको हो । स्थानीय उत्पादनमा किसान भर पर्दा गत वर्षको तुलनामा आलुको बीउ अत्यन्त महँगो भएको टीकापुर–९ बनगाँउका किसान कृष्णगोपाल चौधरीको भनाइ छ । ‘‘कृषिमा प्रोत्साहन गर्न स्थानीय सरकारले बीउ र मलमा अनुदान दिने नीति तथा कार्यक्रम ल्याउनुपर्छ’’, उनले भने, ‘‘कोरोना महामारीपछि धेरै क्षेत्रजस्तै कृषिमा पनि ठूलो असर पारेको छ ।’’
टीकापुर नगरपालिकाका कृषि शाखा प्रमुख तुल्सीराम सुवेदीले कोरोना महामारीका कारण भएको बन्दाबन्दी र निषेधज्ञाले कृषि क्षेत्रलाई बढी असर पारेको बताए । ‘‘गर्मीमा तरकारी बारीमै सड्यो, अहिले बीउ र मल महँगो भएको छ’’, उनले भने, ‘‘कृषि क्षेत्रको व्यवसायीकरणका लागि स्थानीय सरकारले यसलाई विशेष प्राथमिकतामा राख्न सक्नुपर्दछ ।’’
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५७
कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...
बैशाख १५ गते, २०७८ - १३:४८
काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...
बैशाख १५ गते, २०७८ - १३:३२
औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...
बैशाख १५ गते, २०७८ - १३:१५
जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...
बैशाख १५ गते, २०७८ - १३:०४
कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...
बैशाख १५ गते, २०७८ - १२:४७
साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...
बैशाख १५ गते, २०७८ - १२:३८
काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...
बैशाख १५ गते, २०७८ - १२:२९
नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...
बैशाख १५ गते, २०७८ - १२:११
बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...
बैशाख १५ गते, २०७८ - १२:०२
दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...


प्रतिकृया लेख्नुहोस्: