सुर्खेत । सुर्खेतको लाटीकोइलीस्थित शिव मन्दिरमा अर्धनारीश्वरको ५१ फिट अग्लो मूर्ति स्थापना गरिएको छ । धार्मिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले दुई वर्षअघि लगाइएको महापुराणबाट सङ्कलित रकमले अर्धनारीश्वरको मूर्ति स्थापना गरिएको हो ।
शिव मन्दिर प्राचीनकालमा एउटै ढुङ्गाबाट बनेको पुरातात्विक शैलीको मन्दिर हो । वीरेन्द्रनगर–९ का अध्यक्ष सुरेश मानन्धरले मन्दिरलाई विश्वसामु चिनाउन शिवको २१ फिट तथा पार्वतीको ३० फिट गरी ५१ फिट अग्लो मूर्ति स्थापना गरिएको बताए । उक्त मूर्ति एउटै ढुङ्गाबाट शिव र पार्वतीको आधा–आधा शरीर जोडेर निर्माण भएको नेपालकै एकमात्र अग्लो अर्धनारीश्वरको मूर्ति भएको उनको दाबी छ । मूर्ति घटस्थापनाको अवसर पारेर स्थापना गरिएको हो ।
मूर्ति निर्माण तथा स्थापना कार्यमा रु ८९ लाख खर्च भएको बताइएको छ । विसं २०७५ मा लगाइएको महापुराणबाट रु एक करोड सात लाख २९ हजार ९०० सङ्कलन भएको थियो । ४०० वर्ष पुरानो शिव मन्दिरमा कान नसुन्ने र बोल्न नसक्ने व्यक्तिहरुले दर्शन गरे ती समस्याबाट मुक्ति पाउने विश्वास छ ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५७
कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...
बैशाख १५ गते, २०७८ - १३:४८
काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...
बैशाख १५ गते, २०७८ - १३:३२
औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...
बैशाख १५ गते, २०७८ - १३:१५
जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...
बैशाख १५ गते, २०७८ - १३:०४
कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...
बैशाख १५ गते, २०७८ - १२:४७
साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...
बैशाख १५ गते, २०७८ - १२:३८
काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...
बैशाख १५ गते, २०७८ - १२:२९
नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...
बैशाख १५ गते, २०७८ - १२:११
बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...
बैशाख १५ गते, २०७८ - १२:०२
दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...
प्रतिकृया लेख्नुहोस्: