प्रणाली विकासमा निजी क्षेत्र प्रवेश गराउनबाट पनि पछि हट्यो बोर्ड
काठमाडौं । सेयर लगानीकर्ताको दशवटै औंलाको पहिचानसहितको बायोमेट्रिक विवरण नराखिने भएको छ ।
आजको नयाँ पत्रिका दैनिकमा खबर छ - धितोपत्र बोर्डबाट बुधबार स्वीकृत भएको केन्द्रीकृत विद्युतीय ग्राहक पहिचान विवरण (केवाइसी) सेवासम्बन्धी कार्य सञ्चालन निर्देशिकामा यसअघि राखिएको विद्युतीय रूपमा व्यक्तिको बायोमेट्रिक (दशवटै औंलाको छाप) पहिचानसहितको विवरण राख्न सक्ने व्यवस्था हटेको हो ।
अब बायोमेट्रिकको विकल्पमा औंठा छापको छाया चित्र नै प्रयोग गरिने भएको हो । ‘यसमा धेरैजसो सरकारी निकायबाट प्रश्न उठेपछि बायोमेट्रिक पहिचान नराख्ने निर्णय भएको हो,’ धितोपत्र बोर्डका प्रवक्ता तथा कार्यकारी निर्देशक नीरज गिरीले भने, ‘सरकारले वितरण सुरु गरिसकेको बायोमेट्रिक विवरण हुने राष्ट्रिय परिचयपत्रसँग भविष्यमा आबद्ध गर्ने सुझाब आएको थियो ।’
बायोमेट्रिक विवरणसहित पहिचान राख्न लागिएको र यसका लागि प्रणालीको विकासमा समेत निजी क्षेत्रलाई सहभागी गराउन लागिएको समाचार नयाँ पत्रिकाले ७ भदौमा लेखेको थियो । सेयर लगानीकर्ता भने बायोमेट्रिकसहितको विवरण राख्न पनि तयार देखिएका थिए ।
सेयर बजारमा डिम्याट सेयर (विद्युतीय रूपमा रहेको) को कारोबार हुन थालेको भए पनि अझै सम्बन्धित व्यक्ति नभई अन्यले समेत यस्तो खाता खोल्ने र कारोबार गर्ने गरिरहेको अनुमान धितोपत्र बोर्डले गरेको छ ।
सेयर कारोबारीको बायोमेट्रिक पहिचान आवश्यक देखिए पनि यस्तो सूचनाको संवेदनशीलता सेयर बजारभन्दा अधिक छ । त्यसैले पनि यसलाई राष्ट्रिय परिचयपत्रसँग आबद्ध गरेर कार्यान्वयनमा ल्याउनुपर्ने सुझाब सरोकारवालाले दिएका थिए ।
निर्देशिकामा यसअघि प्रणाली विकासमा निजी क्षेत्रसँग साझेदारी गर्न सकिने व्यवस्था पनि हटाइएको छ । अब भने नेप्सेको सहायक कम्पनी सिडिएस एन्ड क्लियरिङ लिमिटेड (सिडिएससी) ले ग्राहक पहिचान प्रणालीको विकास गर्नुपर्ने भएको छ ।
यसरी विकास गरिएको प्रणालीको समेत सरकारको सूचना प्रविधि विभागबाट परीक्षण गरेर मात्रै प्रयोगमा ल्याउन सकिने भएको छ । नेप्से अर्धसरकारी स्वामित्वको कम्पनी हो भने सिडिएससी नेप्सेको पूर्ण लगानी भएको भगिनी संस्था हो ।
नेप्सेमा वैदेशिक रणनीतिक साझेदार भित्र्याइँदा यसरी संकलन गरिएको विवरणमा उनीहरूको पहुँच पुग्न सक्ने अवस्था हुन्थ्यो । अहिलेलाई भने यो टरेको छ । राष्ट्र बैंकले नेप्सेमा रहेको आफ्नो स्वामित्वको सेयर बिक्री गर्ने प्रयास गरिरहेको छ । नेप्सेमा राष्ट्र बैंकको १४ प्रतिशत सेयर स्वामित्व छ । नेप्सेमा हाल सरकार र सरकारी निकाय र लगानीका संस्थाबाहेक निजी बैंक तथा ब्रोकरको गरी करिब ११ प्रतिशत लगानी छ ।
aplly description here...
चैत्र ८ गते, २०७७ - ०८:०७
काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...
चैत्र ८ गते, २०७७ - ०७:१७
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
चैत्र ८ गते, २०७७ - ०७:०३
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
चैत्र ८ गते, २०७७ - ०६:३८
काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...
चैत्र ८ गते, २०७७ - ०६:३१
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
चैत्र ७ गते, २०७७ - ०८:५३
सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...
चैत्र ७ गते, २०७७ - ०८:४५
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
चैत्र ७ गते, २०७७ - ०८:०१
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
चैत्र ७ गते, २०७७ - ०७:४५
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
चैत्र ७ गते, २०७७ - ०७:४०
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...




प्रतिकृया लेख्नुहोस्: