Khabar Dabali ५ फाल्गुन २०८२ मंगलवार | 17th February, 2026 Tue
Investment bank

महासङ्घको वार्षिक साधारणसभा शुरुः अभिभावकको क्षमताअनुसार नै माग गर्न प्रधानमन्त्रीको आग्रह

काठमाडौं । नेपालको निजी क्षेत्रको छाता सङ्गठन नेपाल उद्योग वाणिज्य महासङ्घको ५४ औंँ वार्षिक साधारणसभा आजदेखि शुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले महासङ्घको वार्षिक साधारणसभाको उद्घाटन गरे ।

समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सरकारका तीन वटै तह र महासङ्घका पनि सोहीअनुसारका तहको संंयुक्त प्रयासबाट मात्रै कोरोनाको महामारीसँग जुध्दै आर्थिक विकासमा केन्द्रित हुन सकिने सकिने बताए । कोरोना महामारीविरुद्ध विभिन्न देशले खोप तयार पारिसकेको सन्दर्भ जोड्दै उनले यसको प्रयोगबाट नै मानव जातिले मुक्ति पाउने विश्वास व्यक्त गरे। सरकार कोरोनाका कारण परेको असरलाई पराजित गरेर अर्थतन्त्र माथि उठाउन लागिपरेको जनाउँदै प्रधानमन्त्रीले सबैको साझा प्रयास तथा सहकार्यबाट मात्रै अगाडि बढ्न सकिने बताए ।

गत आर्थिक वर्षमा ८.५ प्रतिशत आर्थिक वृद्धि हुने प्रक्षेपण गरिएकामा कोरोनाका कारण न्यून मात्रै वृद्धि भएको जनाउँदै उनले सरकार र निजी क्षेत्रको सामूहिक प्रयासबाट मात्रै आर्थिक वृद्धि हुन सक्ने बताए। प्रधानमन्त्रीले सरकारको क्षमतानुसार नै सबैलाई समान रुपमा सहयोग उपलब्ध गराइने प्रतिबद्धता व्यक्त गर्दै भने “अभिभावकको क्षमताअनुसार नै माग गर्न म सबैलाई आग्रह गर्दछु । नेपाल सरकारले गच्छेअनुसार वा एक कदम अगाडि बढेर सहयोगको हात बढाउनेछ । फेरि पनि त्यो सीमित नै हुनेछ किनकि हामीसँग बचत राम्रो छैन ।”

देशको अर्थतन्त्रलाई माथि उठाउन निजी क्षेत्रले खेलेको भूमिकाको उच्च प्रशंसा गर्दै प्रधानमन्त्रीले व्यापार, व्यवसाय र वाणिज्यका क्षेत्रमा देखाइएको भूमिका सराहनीय रहेको बताए । सरकारले भन्दा बढी निजी क्षेत्रले मौका पाएपछि सिर्जनात्मक काम गर्न, नयाँनयाँ व्यवसाय अगाडि बढाउन तथा कारोवारका नयाँ क्षेत्र पत्ता लगाउने काममा अग्रसर रहेकामा प्रधानमन्त्रीले प्रसन्नता व्यक्त गरे ।

कृषिमा लगानी गर्न आग्रह
प्रधानमन्त्रीले समृद्धि हासिल गर्नका लागि उद्योगसँगसँगै कृषि क्षेत्रलाई पनि आधुनिकीकरण, व्यवसायीकरण र औद्यागिकीकरण गर्नु जरुरी रहेको जनाउँदै त्यस क्षेत्रमा लगानी गर्न उद्योगी व्यवसायीलाई आग्रह गरे।

कृषि क्षेत्रमा रोजगारीका अवसर सिर्जना गर्न, प्रविधिको प्रयोग गर्न तथा उत्पादकत्वर उत्पादन वृद्धि गर्दै थप विश्वास पैदा गरेर अगाडि बढ्न निजी क्षेत्रले साथ दिनुपर्ने उनले बताए । कृषि क्षेत्रमा रोजगारी सिर्जना गर्न र उत्पादकत्व वृद्धि गर्ने विषयमा निजी क्षेत्रको ध्यान जाने तथा विज्ञान र प्रविधिको प्रयोग गर्दै आधुनिकीकरणको दिशा पहिल्याउने काममा सचेत तथा सङ्गठित प्रयास हुनेमा आफू आशावादी रहेको उनले स्पष्ट पारे ।

सरकारले सबैलाई कानूनबमोजिम नै व्यवहार गर्ने र सबैलाई यथोचित ढङ्गले सुरक्षा एवम् संरक्षण प्रदान गर्ने विश्वास दिलाउँदै उहाँले कारोवार तथा व्यवसायमा स्वच्छ र पारदर्शिता भने जरुरी रहेको बताए।

सरकारले लगानीका लागि बाह्या क्षेत्रका लगानीकर्तालाई समेत आग्रह गरेको सन्दर्भ जोड्दै प्रधानमन्त्रीले देशभित्रै लगानी गर्न निजी क्षेत्रलाई आग्रह गरे। उनले भने, “हामीले नेपालका निजी क्षेत्रका लगानीकर्ताको क्षमता विकास र विस्तार गर्न सकेको भए विदेशी लगानीकर्तालाई आमन्त्रण गर्नुपर्दैनथ्यो ।”

राष्ट्रिय पूँजीपति र उद्योगलाई जोगाउनु जरुरी रहेको स्पष्ट पार्दै प्रधानमन्त्रीले देशभित्रै लगानी गर्न र धेरै कमाइ हुन्छ भनेर विदेशमा लगानी नगर्न आग्रह गरे । “हाम्रै उद्यमी व्यवसायीले यहाँको पैसा बाहिर लगेर लगानी गर्ने काम उचित होइन । यहाँ नै लगानीका अवसर सकिएको छैन । हाम्रोमा श्रम बजार सस्तो छ । त्यसकारण यहाँको उद्योगमा बढी मुनाफा प्राप्त हुन्छ”, उनले भने।

देशभित्रै लगानी विस्तार गर्न तथा औद्योगिक वातावरण बनाउन सरकारका तर्फबाट केकस्ता सहयोग गर्नुपर्छ भन्नेबारेमा छलफल गर्न र सहजीकरण गर्न सरकार तयार रहेको जनाउँदै प्रधानमन्त्रीले कुन क्षेत्रमा कस्तो सहुलियत जरुरी रहेको भन्ने कुरा स्पष्टसँग भन्न निजी क्षेत्रलाई आग्रह गरे ।

देशभित्र डिपार्टमेन्टल स्टोर भए पनि हाम्रा मालवस्तु नभएको तथ्य पेश गर्दै प्रधानमन्त्रीले उत्पादन कसरी बढाउन सकिन्छ भन्नेबारेमा सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्न तयार रहेको बताए ।

सो अवसरमा उद्योग वाणिज्य महासङ्घका अध्यक्ष भवानी राणाले कोरोनाका कारण नेपालको आर्थिक क्षेत्र असाध्यै नराम्री प्रभावित भएकाले कसरी अगाडि बढ्ने भन्नेमा निजी क्षेत्रसमेत अन्योलमा रहेको बताउँदै वैदेशिक रोजगारीबाट फर्किएका नेपाली युवालाई काम उपलब्ध गराउन र १० लाख युवालाई रोजगारी उपलब्ध गराउनेतर्फ सचेत पहल गर्नुपर्नेमा जोड दिए।

चालु आर्थिक वर्षको बजेट तथा मौद्रिक नीतिमा समावेश भएका नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने औँल्याउँदै उहाँले राष्ट्रिय गौरवका आयोजना शीघ्र सम्पन्न गरी नयाँनयाँ ठूला आयोजना निर्माणमा लाग्नुपर्ने बताए ।

कार्यक्रममा महासङ्घका पूर्वअध्यक्ष रविभक्त श्रेष्ठ, महेशलाल प्रधान, विनोद चौधरी, पद्म ज्योति, प्रदीपकुमार श्रेष्ठ, आनन्दराज मुल्मी, विनोदबहादुर श्रेष्ठ, चण्डीराज ढकाल, सुरज वैद्य, पशुपति मुरारका, प्रदीपजङ्ग पाण्डेलगायत महासङ्घका प्रदेश अध्यक्षलाई सम्मान गरिएको थियो । महासङ्घको नयाँ नेतृत्व वर्तमान वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले सम्हाल्नुहुनेछ । यस्तै वरिष्ठ उपाध्यक्षका लागि चन्द्रप्रसाद ढकाल र किशोर प्रधानको समूह निर्वाचनमा होमिएको छ ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE