Khabar Dabali ६ बैशाख २०८३ आईतवार | 19th April, 2026 Sun

काठमाडौँ महानगरमा कल्पना गर्न नसकिने विदेशको चलखेल हुन्थ्यो: बालेन शाह

खबरडबली संवाददाता

दमक। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा काठमाडौँ महानगरका निवर्तमान मेयर बालेन्द्र शाहले काठमाडौँ  महानगरमा आफू मेयर हुँदा विदेशी चलखेल तथा हस्तक्षेप रहने गरेको खुलाएको छन् ।

राजधानीको मेयरमा प्रधानमन्त्रीभन्दा कम हैसियत नहुने जनाउँदै उनले यस्तो खुलाएको हो ।झापा क्षेत्र नं. ५ का प्रतिनिधि सभा सदस्य उम्मेद्वार रहेका शाहले सोमबार बिहान झापाको दमकमा घरदैलो कार्यक्रममा बोल्दै अन्तर्राष्ट्रिय समुदायको चलखेल महानगरमा धेरै नै रहेको दाबी गरे। 

अन्तर्राष्ट्रिय चलखेलको विषयमा एक मतदाताले प्रश्न गरेपछि उनले त्यो आफूले भोगेको बताए। कसरी र कसले चलखेल गर्‍यो भन्ने उनले खुलाएनन् ।

“काठमाडौँ महानगरमा अन्तर्राष्ट्रिय चलखेल कति भएको थियो त्यो तपाई कल्पना पनि गर्न सक्नुहुन्न,” शाहले भने। फोहोर व्यवस्थापनमा समेत अन्तर्राष्ट्रिय चलखेल रहेको शाहले बताए। 

फोहोर व्यवस्थापनको विषयमा धेरै नै हस्तक्षेप भएको शाहको भनाइ छ । त्यो समयको विषयमा धेरैलाई जानकारी भएको शाह बताउछन्।

पछिल्लो समयमा अन्तर्राष्ट्रिय चलखेल बढेको र यो निर्वाचनमा पनि त्यो प्रभाव देखिएको भन्दै मतदाताले गुनासो गर्न थालेका छन् । रास्वपाले आफ्ना वरिष्ठ नेता शाहलाई निर्वाचनपछिको प्रधानमन्त्रीको रूपमा प्रस्ताव गरेको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नगरपालिका र गाउँपालिका गाभ्ने प्रक्रिया अघि बढ्यो, सङ्ख्या र सिमाना हेरफेरका लागि मन्त्रालयले माग्यो सुझाव

काठमाडौँ। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गाउँपालिका, नगरपालिका तथा वडाको सङ्ख्या र सिमाना हेरफेरका सम्बन्धमा सरोकारवाला पक्षहरूसँग राय ...

दाजुभाइको मृत्यु घटना प्रकरण: ब्रोइलरको मासुमा सङ्क्रमण भेटिएन

धनगढी। कैलालीमा मरेको ब्रोइलरको मासु खाएर दाजुभाइको मृत्यु भएको घटनापछि फार्ममा मरेका ब्रोइलरको नमूना परीक्षण गर्दा कुनै पनि सङ्क्रमण नभेटिएको पशु रोग...

एकद्वार सेवा प्रणाली लागु गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ। गृह मन्त्रालयले देशभरका जिल्ला प्रशासन कार्यालयलाई ‘एकद्वार सेवा प्रणाली’ लागु गर्नेसहित नौ बुँदे निर्देशन जारी गरेको छ । मन्त्रालयले जिल...

कपिलवस्तुको शिवराज अस्पतालमा ३८ लाख रकम गायब

कपिलवस्तु । कपिलवस्तुको शिवराज आधारभूत अस्पताल चन्द्रौटामा ३८ लाख बढी रकम रहस्यमय तरिकाले गायब भएको खुलेको छ ।  शिवराज नगरपालिकाको आन्तरिक लेखा परी...

नवलपुरमा कार र जेसीबी ठोक्किदा एकै परिवारका पाँच जना घाइते

नवलपुर। पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपुरको देवचुली नगरपालिका–१६ फारममा कार र जेसीबी ठक्कर खाँदा पाँच जना घाइते भएका छन् ।  झरही खोलाबाट रजहर तर...

एसईईको उत्तरपुस्तिका परीक्षण पछि पुग्यो भक्तपुर

लमजुङ। लमजुङमा सञ्चालित यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को उत्तरपुस्तिका परीक्षण कार्य सम्पन्न भएसँगै नतिजा प्रकाशनका लागि परीक्षा नियन्त्रण ...

धर्म प्रचारमा संलग्न ६ जना विदेशी नागरिक विराटनगरबाट पक्राउ

विराटनगर । धर्म प्रचारमा संलग्न रहेको आरोपमा प्रहरीले विराटनगरबाट ६ जना विदेशी नागरिकलाई पक्राउ गरेको छ ।  विराटनगर महानगरपालिका–१२ स्थित होटल इस्ट...

धर्म प्रचारमा संलग्न ६ जना विदेशी नागरिक विराटनगरबाट पक्राउ

विराटनगर । धर्म प्रचारमा संलग्न रहेको आरोपमा प्रहरीले विराटनगरबाट ६ जना विदेशी नागरिकलाई पक्राउ गरेको छ ।  विराटनगर महानगरपालिका–१२ स्थित होटल इस्ट...

चिकित्सकलाई सामाजिक सञ्जालमार्फत औषधि सिफारिस नगर्न निर्देशन

काठमाडौँ। नेपाल मेडिकल काउन्सिलले चिकित्सकलाई सामाजिक सञ्जालमार्फत परीक्षण विना औषधि सिफारिस नगर्न निर्देशन दिएको छ ।  काउन्सिलका रजिष्ट्रार डा.शति...

भ्रष्टाचारजन्य कसुरमा मुद्दा दायरको सङ्ख्या तेब्बरले बढयो

शीर्षनेता, जनप्रतिनिधि र उच्च कर्मचारीसम्म प्रतिवादी

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending