Khabar Dabali ५ फाल्गुन २०८२ मंगलवार | 17th February, 2026 Tue
Investment bank

महासङ्घमा पर्यटन क्षेत्रबाट थपलियाको उम्मेदवारी

काठमाडौं । देशभरिका उद्योगी व्यवसायीको छाता सङ्गठन नेपाल उद्योग वाणिज्य महासङ्घको ५४औँ वार्षिक साधारणसभाअन्तर्गत जारी निर्वाचनमा पर्यटन क्षेत्रबाट एकमात्र उम्मेदवारका प्रत्यासी रामशरण थपलिया चुनावी मैदानमा छन् । महासङ्घका निवर्तमान केन्द्रीय सदस्य थपलिया पुनः दोस्रो कार्यकालका लागि केन्द्रीय सदस्यको उम्मेदवारका प्रतिस्पर्धामा होमिएको हो ।

मुलुकको अर्थतन्त्रको प्रमुख आधारमध्येको पर्यटन क्षेत्रबाट थपलियाको मात्र केन्द्रीय सदस्यमा उम्मेद्वारी परेको छ । कोभिड–१९ महामारीका कारण थलिएको मुलुकको पर्यटनलाई पूर्ववत् अवस्थामा फर्काउन सरकार तथा निजी क्षेत्रको साझेदारिता र समन्वयलाई फराकिलो पारेर पर्यटनमार्फत देशको अर्थतन्त्रलाई माथि उकास्न आफ्नो उमेदवारी रहेको उहाँको दाबी छ । महासङ्घको वरिष्ठ उपाध्यक्षका प्रत्यासी चन्द्र ढकाल समूहबाट एसोसिएटतर्फको उनी उम्मेदवार छन् । एसोसिएट उपाध्यक्षमा रामचन्द्र साँघाई सौरभ ज्योतिसँग प्रतिस्पर्धामा छन्।

ठमेल पर्यटन विकास परिषद्को पूर्वअध्यक्षसमेत रहेका थपलियाले पर्यटन क्षेत्रमा समन्वयकारी भूमिका निर्वाह गर्ने सरल र चातुर्य व्यक्ति मानिन्छन् । निजी क्षेत्रका पर्यटन व्यवसायीलाई समन्वय र एकताबद्ध गर्दै पर्यटनका विभिन्न गतिविधिमा सक्रिय थपलियाले पर्यटन र समग्र निजी क्षेत्रको उन्नयन र विकासमा प्रतिबद्धताका साथ लाग्ने प्रण गरेका छन् । पर्यटन क्षेत्रकै लागि पनि मेरो उम्मेदवारी आफैंमा महत्वपूर्ण रहेको भन्दै उहाँले पर्यटन क्षेत्रको सुधार, पूर्व मेचीदेखि महाकालीसम्मका नयाँ पर्यटकीय गन्तव्यको प्रवद्र्धन गर्ने उद्देश्य रहेको सुनाए।

प्रत्यासी थपलियाले भने, “उद्योग पर्यटन क्षेत्र भनेको आफैँमा गतिशील क्षेत्र हो, अब यति गरेपछि सकियो भन्ने हुँदैन । यस्तोमा हामी सबैको ध्येय पर्यटन क्षेत्र उद्योगको विकास र विस्तार नै हो । यद्यपि कोभिड–१९ का कारण आशातित काम हुन सकेनन् । पर्यटन बजार लामो समय ठप्प भयो । अब बिस्तारै चलायमान हुँदैछ । व्यवसायी एकताबद्ध गरेर लैजानका लागि पनि मेरो नेतृत्व अपरिहार्य छ ।” व्यावसायिक हकहित र समग्र उद्योग, पर्यटन क्षेत्रको विकासका लागि भूमिका निर्वाह गर्नसक्ने क्षमता आफूमा रहेको भन्दै उनले त्यसैका आधारमा धेरै व्यवसायीको मत पाउने दाबी गरे।

मङ्सिर ११ देखि शुरु भएको महासङ्घको साधारणसभाको आज तेस्रो दिन नयाँ नेतृत्वका लागि निर्वाचन हुँदैछ । महासङ्घको नयाँ नेतृत्व वर्तमान वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले सम्हाल्नेछन्। यस्तै वरिष्ठ उपाध्यक्षका लागि चन्द्रप्रसाद ढकाल र किशोर प्रधानको समूह निर्वाचनमा होमिएको छ ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE