Khabar Dabali ५ फाल्गुन २०८२ मंगलवार | 17th February, 2026 Tue
Investment bank

विप्लवको ‘क्रान्ति’मा भ्वाङ परेको गोकुल बाँस्कोटाको दाबी

काभ्रेपलाञ्चोक । पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेत्रविक्रम चन्दको ‘क्रान्ति’मा भ्वाङ परेको दाबी गरेका छन् । काभ्रेपलाञ्चोकको धुलिखेलमा आज आयोजित पार्टी प्रवेश कार्यक्रममा उहाँले चन्दले दावी गरेको क्रान्ति आजको आवश्यकता नभएकाले उक्त समूहका कार्यकर्ता नेकपामा सुरक्षित हुनुपरेको बताए । सोही कार्यक्रममा चन्द नेतृत्व समूहका छ दर्जन बढी कार्यकर्ता आज नेकपामा प्रवेश गरेका छन् ।

“ध्वंशात्मक क्रान्ति आजको आवश्यकता होइन, तपाईँको क्रान्तिमा भ्वाङ परिसक्यो, अब तपाईँ पनि नेकपामा प्रवेश गर्नुप¥यो”, उनले भने। प्रतिनिधिसभा सदस्य एवं नेकपाका केन्द्रीय सदस्यसमेत रहनुभएका बाँस्कोटाले विकास–क्रान्तिको निरन्तरता आजको आवश्यकता भएको औँल्याएयो । “चन्द कमरेड तपाईँका नेता कार्यकर्तालाई तपाईँको क्रान्ति बेअर्थ लागेर सबै जिल्लाबाट नेकपामा प्रवेश गरिरहेका छन्, तपाईँ पनि नेकपामा समाहित भए राम्रो हुन्छ,” उनले दोहो¥याए ।

बाँस्कोटाले नेपालमा हिंसात्मक क्रान्ति जरुरी नभएको बताउँदै शान्तिपूर्ण सङ्घर्ष र रुपान्तरणको भने आवश्यक रहेको उनको तर्क थियो । “बमभन्दा ठूलो शक्ति जनता हो, उहाँहरुको फैसला नै मुलुकको परिवर्तनको संवाहक हुन्छ”, उनले थपे, “जनताले राष्ट्रिय स्वतन्त्रता, जनजीविका, लोकतन्त्र र आर्थिक समृद्धिसँगै आत्मनिर्भरता नै क्रान्ति हो भन्ने देखाइसकेका छन्, अब यसैमा शान्तिपूर्ण सङ्घर्ष गरिरहने हो ।” नेकपामा कोही दास र कोही मालिक नभएको उनको धारणा थियो ।

बाँस्कोटाले गतिशील र सुढृढ नेपाल निर्माणमा रहेको बताए । उनले नेकपा कुनै पनि हालतामा नफुट्ने दाबी गर्दै ठूलो पार्टीमा होहल्ला मात्रै भएको बताए। “नेकपा फुट्दैन, अब पार्टीभित्र फुटको राजनीति होइन, विचार, कार्यक्रम, सिद्धान्त र योजनाको प्रतिस्पर्धा हुन्छ ।” उहाँले नेकपालाई ठूलो घरको संज्ञा दिँदै बेलाबेलामा होहल्ला हुनु स्वाभाविक रहेको बताए। विकासमा राजनीतिको कुरा अलिअलि आउने भएकाले सबैले विकास–निर्माणमा मिलेर सुख र समृद्धिलाई प्रामिकता दिनुपर्ने उनले आवश्यकता औँल्याए।

बाँस्कोटाले यसअघि नेकपामा नवप्रवेशीलाई फूलमालाले स्वागत गरेका थिए। कार्यक्रममा नेकपा वाग्मती प्रदेश कमिटी सदस्य रामहरि सुवेदी, नेकपाका जिल्ला नेताद्वय रीता ढकाल र अशोककुमार ब्याञ्जूले नवप्रवेशीलाई शुभकामना व्यक्त गरेका थिए ।

केन्द्रीयसहित ७५ नेता कार्यकर्ता नेकपामा प्रवेश

नेत्रविक्रम चन्द नेतृत्वको नेकपा–माओवादीका काभ्रेपलाञ्चोकस्थित केन्द्रीय नेतासहित ७५ नेता कार्यकर्ता नेकपामा प्रवेश गरेका छन् । नवप्रवेशीलाई पूर्वमन्त्री बाँस्कोटाले आज धुलिखेलमा एक कार्यक्रमका बीच फूलमालाले स्वागत गरे।

नेकपामा प्रवेश गर्नेमा धुलिखेल नगरपालिका–१० निवासी चन्द माओवादीका तामासालिङ विशेष व्यूरो सदस्य तथा तामाङ राष्ट्रिय मुक्तिमोर्चाका केन्द्रीय अध्यक्ष कान्छा तामाङ, खानीखोला गाउँपालिका–५ निवासी चन्दका जिल्ला सचिवालय सदस्य दलित मुक्तिमोर्चाका केन्द्रीय सदस्य एवं जिल्ला अध्यक्ष रमेश नेपाली, चन्दाका जिल्ला सदस्य तथा अखिल नेपाल महिला क्रान्तिकारी सङ्घको जिल्ला अध्यक्ष सम्झना परियारसहित ७५ छन् । नवप्रवेशी तामाङले चन्दा आजको आवश्यकता नभएकाले उक्त पार्टी परित्याग गरी वर्तमान सरकारको समृद्धिको शान्तिपूर्ण सङ्घर्षमा समाहित भएको बताए । उनले भने, “बम र सिलिण्डर विस्फोटन गरेर क्रान्ति हुन्न, पार्टीभित्र मुक्तिका लागि लड्ने कोही देखिएनन् त्यसैले पार्टी त्यागेका हौँ ।”

तामाङका अनुसार चन्द माओवादीको काभ्रेपलाञ्चोक जिल्ला कमिटीमा हाल १४ जनामात्रै रहेको र जनवर्गीय सङ्गठनसहित करिब १०० को हाराहारीमा नेता कार्यकर्ता रहेका छन् । उनीहरुमध्ये केहीलाई नेकपामा पुनः प्रवेश गराउने प्रयास भइरहेको तामाङले जानकारी दिए ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE