Khabar Dabali २७ चैत्र २०८२ शुक्रबार | 10th April, 2026 Fri

दैलोमा सरकार आयो, न्यानो आएन

सिरहा । सिरहाको गोलबजार नगरपालिकाले सडकको धुलो छोप्ने नाममा करोडौं रकम खर्चिसकेको छ । तर नगरपालिकाभित्रका विपन्नको शरीर ढाक्न न्यानो लुगा उपलब्ध गराउन सकेको छैन । जसका कारण वर्षैपिच्छेको शीतलहर उनीहरूका लागि कहर सावित भइरहेको छ ।

आजको नागरिक दैनिकमा खबर छ - गोलबजार नगरपालिका–१० मुसहरी टोलकी ४० वर्षीया कुन्ती सदा घाम लागेपछि ओछ्यानमुनि ओछ्याएको पराल बाहिर सुकाउन निस्किन्छिन् । राति चिसो भुइँले ओसिएको ओछ्यानको पराल दिनभरको घाममा न्यानो पारेर राति फेरि बिछ्याउनु उनको हिउँदको दैनिकी हो ।

‘घरेमे सरकार एला पर जाड स गरिबके नै कठुवाई परतै कहैछेलै सब झुठेके प्रचार छेलै (दैलोमै सरकार आएपछि गरिब कठ्यांग्रिएर सास्ती खेप्नु पर्दैन भन्थे सब झुटो प्रचार रहेछ)’, कुन्तीले भनिन्, ‘गरिबके सहारा दैबाला सरकार कतौने छै (गरिबलाई सहारा दिने सरकार कतै छैन) । घरमे सरकार एलो पर हमरा सबके देह आ बिछौना गरम नै भैलै (दैलोमै सरकार आए पनि गरिबका लागि न्यायो आएन) ।’

मधेसका गाउँमा मंसिर मध्यबाटै बिहान–साँझ चिसो बढेको छ । शरीर कठ्यांग्रिन थालेको छ । हुनेखानेले ज्यानलाई जतन गरेर राखेका छन् । बाक्लो लुगा पहिरेर शरीर न्यानो राख्न थालेका छन् । तर सुकुमबासी, विपन्न समुदायमा बर्सेनि शीतलहर कहर बनेर आउँछ ।

बनिबुतो गरेर दुई छाक जेनतेन टार्ने सुकुम्बासीलाई चिसो छल्ने न्यानो कपडा र सिरक–डसना किन्न हैसियत हुँदैन । चिसो बढेपछि बस्तीका अभावपीडितहरू निदाउन सक्दैनन् ।

‘जाड बढ्ला पर राइतमे निन नै होइछै, लार पजाइर क आइग तापु त भँइयामे बिछाउब कथी (शरीर कठ्यांग्रिँदा राति निद्रा लाग्दैन, पराल बालेर आगो तापौं भने चिसो भुइँमा के बिछ्याउने)’, यही पिरलोमा धोबियाधारको सुकुमबासी बस्तीको दिनरात कटिरहेको छ ।

३५ वर्षीय लक्ष्मिनिया सदाको एककोठे छाप्रोमा छ जनाको परिवार कोचिएर बस्नुपर्ने बाध्यता छ । जाडो छल्न उनले परालसँगै घरका पुराना कपडा बेरेर ओढ्न र ओछ्याउने बनाएका छन् । सुकुमबासी टोलकी ६० वर्षीया सुदामा सदायले शरीर न्यानो बनाउन आगो तापेरै रात बिताउने गरेको सुनाइन् ।

चिसो बढेपछि अति विपन्न र गरिब बस्तीमा परालकै सिरक–डसना र गुइँठा बालेर जीवनयापन गर्नु बाध्यता बनेको छ । गोलबजार–१० धोबियाधारको डिलमा रहेको सुकुमबासी मुसहर बस्तीमा वर्षामा डुबान र शीतलहरमा चिसोको पिरलो खेप्नुपरेको छ ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending