Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank

क्षमता अभिवृद्धिका लागि हलेसी तुवाचुङका महिलालाई कम्प्युटर तालिम

खोटाङ । महिलाको क्षमता अभिवृद्धिका लागि हलेसी तुवाचुङ नगरपालिकाले महिलालाई कम्प्युटर सञ्चालनसम्बन्धी तालिम दिएको छ । समयानुसार महिलाको क्षमता अभिवृद्धिका लागि वडा नं १० अर्खौलेका ६४ महिलालाई तीनमहिने आधारभूत कम्प्युटर तालिम दिइएको हो ।

अधिकांश महिला लक्षित बजेटलाई सिलाइ÷कटाइ, बुनाइजस्ता तालिममा सिध्याउने गरिएकामा अर्खौलेका महिलालाई आधारभूत कम्युटर तालिम दिइएको नगरपालिकाका उपप्रमुख विमला राईले बताए । कम्युटरसम्बन्धी महिलाको क्षमता र दक्षता अभिवृद्धिका लागि महिला लक्षित कार्यक्रमअन्तर्गत गत असार १३ गते उद्घाटन गरिएको कम्प्युटर तालिम बिहीबार समापन गरिएको छ ।

महिलाका लागि विनियोजित रु चार लाखमध्ये दुई लाखमा चार वटा कम्युटर र एक थान ल्यापटप खरिद गरेर तालिमको आयोजना गरिएको थियो । हाल सबैका लागि अनिवार्य बनिसकेको कम्युटर तालिममा सहभागी हुन पाउँदा घाँस दाउरा र चुलोचौकामा सीमित महिला उत्साहित बनेका छन् ।

उनीहरुले कम्प्युटर अन गर्नेदेखि फोल्डर बनाएर नेपाली र अङ्ग्रेजी भाषामा टाइप गर्न सक्ने दक्षता हासिल गरेका छन् । कम्प्युटर सिक्नका लागि कतिपय महिला घरको काम छाडेर तालिम कक्षमा आउने गरेका थिए । ‘महिलालाई सधैँ सिलाइ÷कटाइजस्ता तालिम दिने गरिएको तर, नयाँ–नयाँ प्रविधिका बारेमा पनि ज्ञान दिनुपर्छ भनेर कम्प्युटर तालिमको आयोजना गरिएको उपप्रमुख राईले बताए । केही समयपछि स्थापना हुने महिला सहकारी सञ्चालनका क्रममा पनि कम्युटरसम्बन्धी सीपले महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको उपप्रमुख राईले जानकारी दिए ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: