काठमाडौँ । राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालीम केन्द्र कीर्तिपुरमा औषधीय गुणले युक्त गुर्जोका ५०० बिरुवा रोपिएका छन् । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा पुष्पराज कँडेलले कार्यक्रमलाई सम्बोधन गर्दै गुर्जोजस्ता औषधि गुणले युक्त वनस्पतिको प्रवद्र्धन गरिनुपर्ने, यसबाट औषधि बनाएर विदेशमा समेत निर्यात गर्न सकिने भएकाले कार्यक्रमलाई अन्यत्र पनि बिस्तार गर्न सकिने उनको भनाइ थियो ।
संस्कृतमा अमृता अर्थात् अमृतका रुपमा व्याख्या गरिएको गुर्जोको नेपालका पहाडी भेगमा समेत प्रशस्त पाइने भए पनि पछिल्लो समय औषधिका रुपमा उपयोग हुनेक्रम घटेको थियो । गत वर्ष चैतमा कोरोना महामारी फैलिएपछि भने गुर्जोलाई नयाँपुस्ताले समेत औषधिका रुपमा चिनेका छन् ।
सो अवसरमा १५७ किलो गुर्जोको काँचो टुक्रा डाँठ केन्द्रका कार्यकारी निर्देशक डा। रामआधार यादवलाई प्रदान गरिएको थियो । कार्यक्रममा यादवले गुर्जोबाट बनेको चिया गर्भवती महिला र पाँच वर्ष मुनिका बालबालिका बाहेक अरुले सेवन गर्न हुने बताए । गुर्जो रोपण कार्यक्रममा कीर्तिपूर नगरपालिकाका प्रमुख रमेश महर्जन लगायत स्थानीयवासी पनि सहभागी भएका थिए । नगर प्रमुख महर्जनमार्फत कीर्तिपुरवासीलाई दुई हजार गुर्जोका बिरुवा हस्तान्तरण गरिएको छ ।
केन्द्र परिसरमा रोपिएका करिब ५०० बिरुवा देशव्यापीरुपमा गुर्जो वितरण अभियानमा लाग्नुभएका अभियानकर्मी एवं आन्तरिक राजश्व कार्यालय धुलिखेलमा प्रमुख कर अधिकृतका रुपमा कार्यरत कमलबहादुर राजलवटले उपलब्ध गराएका हुन् ।
राजलवटले यसअघि आन्तरिक राजश्वको लहान कार्यालय प्रमुख रहनुहुँदा त्यहाँको सरकारी आवास क्षेत्रमा लगाउनुभएका बिरुवा देशव्यापीरुपमा वितरण गरेका थिए । हालसम्म देशभर एक लाख ४० हजारभन्दा बढी बिरुवा वितरण गरिएको उनले बताए ।
यसैगरी नयाँबानेश्वरस्थित सचेतनामार्गमा पनि ३०० गुर्जोका बिरुवा वितरण गरिएको छ । पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंहले त्यस क्षेत्रमा गुर्जोका बिरुवा स्थानीयवासीलाई हस्तान्तरण गरेका हुन् ।
कीर्तिपुर र नयाँबानेश्वरमा समेत भएको कार्यक्रममा उपस्थितलाई गुर्जोको धुलो र चियासमेत वितरण गरिएको अभियानकर्मी राजलवटले जानकारी दिए । आयुर्वेद शास्त्रको ‘यस्य देशस्य यो जन्तो ः तस्य तद् औषधं हितम्’ अर्थात् जुन स्थानमा व्यक्ति जन्मन्छन् तिनलाई औषधिको काम गर्ने वनस्पति त्यहीँ हुन्छ ।
नेपालमा धेरै वनस्पति पाइने भए पनि पछिल्लो समय मानिसले बिर्संदै गएकाले चेतना जगाउने कामका रुपमा पनि गुर्जो वितरण अभियानलाई अघि बढाइएको जीवन विज्ञानका प्रशिक्षक रामप्रसाद पन्थीले बताए । अभियानकर्मी राजलवटलाई प्रशिक्षक पन्थीका साथै राष्ट्रिय योजना आयोगका सहसचिव एवं योग प्रशिक्षक किशोर जोशीले समेत साथ दिँदै आएका छन् ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५७
कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...
बैशाख १५ गते, २०७८ - १३:४८
काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...
बैशाख १५ गते, २०७८ - १३:३२
औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...
बैशाख १५ गते, २०७८ - १३:१५
जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...
बैशाख १५ गते, २०७८ - १३:०४
कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...
बैशाख १५ गते, २०७८ - १२:४७
साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...
बैशाख १५ गते, २०७८ - १२:३८
काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...
बैशाख १५ गते, २०७८ - १२:२९
नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...
बैशाख १५ गते, २०७८ - १२:११
बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...
बैशाख १५ गते, २०७८ - १२:०२
दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...


प्रतिकृया लेख्नुहोस्: