Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank

स्वच्छ र हराभर बनाउन नगर सचेतना अभियान शुरुआत

ललितपुर । ललितपुर महानगरपालिकाले महानगरलाई स्वच्छ र हराभर बनाउने उद्देश्यले सचेतना अभियान शुरुआत गरेको छ । महानगरप्रमुख चिरीबाबु महर्जनले आज यहाँ आयोजित कार्यक्रममा अभियानको शुभारम्भ गर्दै महानगरपालिकालाई स्वच्छ शहर बनाउन उच्च प्राथमिकताका साथ काम भइरहेको जानकारी दिए ।

उनले भने, “सुन्दर र सभ्य समाज निर्माण गर्न सचेतना अभियानले सहयोग गर्नेछ । महानगरपालिकाका सम्पदा तथा सार्वजनिक क्षेत्रमा फोहर गर्नु भनेको असभ्यताको पराकाष्ठा हो । यस्ता स्थानमा फोहर नगर्न पटक–पटक आग्रह गरिएको छ ।”

पोष्टर, पम्पलेट र ब्यानरलगायतका वस्तु अब महानगरभित्र देखिने छैनन् । महानगरका शोभा न्यूनीकरण गर्ने वस्तु हटाउन नगर प्रहरीलाई जिम्मेवारी प्रदान गरिएको छ ।

कार्यक्रममा नगरप्रहरी प्रमुख सीताराम हाछेथुले महानगरपालिकाभित्र फुटपाथ अतिक्रमण र अव्यवस्थिततार सुधारका काम आफूहरुले गरिरहेको जानकारी दिए । उनले भने, “ दुई महिना लगाएर हरिसिद्धिदेखि सानेपासम्मका होडिङ् बोर्ड झिक्यौँ । थापाथली पुलदेखि कुमारीपाटीसम्मको अव्यवस्थित तार व्यवस्थापन गर्ने काम सकियो । अबको दुई महिनाभित्रमा लगनखेल हुँदै कुपण्डोल क्षेत्रमा काम हुनेछ । मङ्गलबजार भनिमण्डल, सानेपा क्षेत्र र अन्त्यमा भैँसेपाटी हुँदै बुङ्मतीतिर काम गर्नेछौँ ।”

नगर प्रहरीले ११ सार्वजनिक स्थानमा बनाइएका घरटहरासमेत भत्काइसकेको कार्यक्रममा जानकारी दिइएको थियो । महनगरपालिकाले यहाँका कुमारीपाटी, बटुकभैैरव, कनिबहाल, महालक्ष्मीस्थान, लगनखेल, पाटन अस्पताल क्षेत्र,यातायात व्यवस्था कार्यालय परिसर, भनिमण्डल, जावलाखेल आदिमा दुईदेखि चार पाङ्ग्रे सवारीसाधन पार्किङ् गर्ने व्यसस्थासमेत गरेको छ ।

सचेतना अभियान छ महिनासम्म चल्नेछ । अभियानमा महानगरपालिका नगर प्रहरी बिहान ११ देखि दिउँसो ४ बजेसम्म खट्नेछन् । अभियानलाई सफल बनाउन हप्ताको एक पटक महानगरपालिका भित्र ¥यालीसमेत गरिने छ ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: