Ntc summer Offer
Khabar Dabali ९ मंसिर २०८१ आईतवार | 24th November, 2024 Sun
Investment bank

अलैंची बिक्रीबाट सवा १८ करोड आम्दानी

लमजुङ । लमजुङका कृषकले यस वर्ष अलैंची दाना बिक्रीबाट १८ करोड २० लाख आम्दानी गरेका छन् ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ - जिल्लामा उत्पादित ३ हजार ५ सय क्विन्टल अलैँची दाना बिक्रीबाट कृषकहरूले यस्तो आम्दानी गरेको नेपाल अलैँची व्यवसायी महासंघ गण्डकी प्रदेशका अध्यक्ष अजय तामाङले बताए । उनका अनुसार किसानहरूले प्रतिकिलो ५ सय २० रुपैयाँमा अलैँची बिक्री गरेका छन् । गत वर्ष जिल्लामा २ हजार क्विन्टल अलैंची दाना बिक्री गरेर कृषकले १२ करोड आम्दानी गरेका थिए । यो वर्ष १५ सय क्विन्टल अलैंची उत्पादन बढेको उनले बताए ।

गत वर्षको तुलनामा अलैंची किसानले यस वर्ष ६ करोड २० लाखभन्दा बढी आम्दानी गरेका छन् । जिल्लामा १ हजार ५ सय हेक्टर क्षेत्रफल जमिनमा अलैंची खेती विस्तार गरिएको छ । जिल्लाको मस्र्याङ्दी, दोर्दी, दूधपोखरी, क्होँलासोथर गाउँपालिका र बेंसीसहर, राइनास, मध्यनेपाल नगरपालिकामा अलैंची खेती गरिँदै आएको छ ।

यस वर्ष मस्र्याङ्दी गाउँपालिका–७, छिनखोलाका ख्याबा लामाले सबैभन्दा बढी ८ सय ५० क्विन्टल अलैँची उत्पादन गरेका छन् । छिनखोलाकै वीरबहादुर तामाङले साढे ७ क्विन्टल, बेंसीसहर–१०, खाँचेका गुमबहादुर तामाङले ६ सय केजी र मस्र्याङ्दी–७, लुदीका बलबहादुर तामाङले ६ सय केजी अलैंची उत्पादन गरेका छन् ।

यस वर्ष जिल्लाको मस्र्याङ्दी–७, छिनखोला, लुदी, ताराचोक, दोर्दी–८, खिन्चोक, बेंसीसहर–१०, खाँचे, क्होंलासोथर–२, मालिङ, पसगाउँ र सिङ्दीमा बढी अलैँची उत्पादन भएको अध्यक्ष तामाङले बताए । त्यस्तै, दूधपोखरी गाउँपालिकाको इलामपोखरी, बिचौर, कोल्की र गौडामा पनि यस वर्ष बढी अलैँची उत्पादन भएको छ ।

जिल्लामा साउने, डम्बरसाई, जिर्मले, रामसाई, गोलसाई जातका अलैँची खेती गरिँदै आएको छ । पछिल्लो समय लमजुङ अलैँचीको हब जिल्लाका रूपमा समेत परिचित हुँदै गएको छ ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy