डोटी । जिल्लामा उत्पादन हुने सुन्तला, मौसम,कागती,अमिलोलगायत वस्तुको बजारीकरण गरिदिन यहाँका किसानले माग गरेका छन् । ती वस्तुले उचित बजार नपाउँदा वर्षेनी खेर जान थालेपछि उनीहरुले सो माग गरेका हुन् ।
यहाँका ग्रामीण क्षेत्रमा रहेका किसानले निकै मेहनत गरी फलाएका वस्तु समयमै बजारमा पुर्याउन नसक्दा र उचित मूल्य नपाउँदा बारीमै सडेर तथा कुहिएर जाने गरेका छन् । यस वर्ष कोभिड–१९ का कारणले अझ ती वस्तुले बजार नपाउने अवस्थामा रहेका स्थानीयवासी बताउँछन् ।
कोरोनाका कारण यहाँका अधिकांश गाउँघरमा आवतजावतमा समेत बन्द छ । किसानले उत्पादन गरेका वस्तु खासै बजारसम्म आउन नपाएको बडिकेदारका किसान प्रकाशबहादुर मौनीले जानकारी दिए । उनले भने, “कोरोना त्रासले हामी घरभन्दा बाहिर जादैनौँ, यस्तो अवस्थामा कसरी सुन्तला, कागती बोकेर बजार जानु । बरु घरैमा किन्न कोही आए बेच्छौँ, नत्र यस वर्ष त्यत्तिकै खेर जान्छ, ज्यानभन्दा ठूलो केही छैन् ।” दुई नगरपालिका तथा सात गाउँपालिका रहेको जिल्लामा बडिकेदार, जोरायल तथा बोगटान फुड्सिल गाउँपालिका सुन्तला, कागती, अमिलो, गहत, मास तथा भटमास उत्पादन हुने क्षेत्रका रुपमा परिचित छन् । अहिले सुन्तला, कागती, मौसम तथा अमिलोको मौसम भएकाले यहाँ प्रायः सबै गाउँघरमा लटरम्म फलेका देखिन्छन् । किसानले फलाएका वस्तु समयमै बजारसम्म पुर्याउन नसकिँदा खेर जाने अवस्था सिर्जना भएको जोरायल–५ आलीबाटाका चक्रबहादुर भाटले जानकारी दिए ।
उनी भन्छन्, “गाउँ भरीमा सुन्तला, मौसम, अमिलो र कागती फलेका छन् बजारसम्म पु¥याउन सकिँदैन बारीमै कुहिन्छन् ।” किसानले उत्पादन गरेका सुन्तला मौसमले बजार नपाउँदा कृषक मारमा परेका छन् । उत्पादन क्षेत्र नजिक सङ्कलन केन्द्र, बजार, यातायात तथा बजारीकरणको अभावले कृषकले उत्पादन गरेका मौसम तथा बेमौसम फलफूल तथा तरकारी खेर जाने अवस्थामा पुग्ने गरेको बडिकेदार–१ बिपिनगरका स्थानीय प्रेमबहादुर बोहराले बताए । उनले भने, “उत्पान गरेर के गर्नु उत्पादन हुने क्षेत्रमा सङ्कलन केन्द्र, बजार, यातायात छैन, बोकेर ल्याउन समस्या हुने र महङ्गो पर्छ, अनि बारीमै कुहिन्छ ।” अदुवा, बेसार, सुन्तला, लसुन, कागती, अमिलो, मुला, भटमास, मौसम जस्ता कृषि उपजले बजार नपाउने र बजार पाए पनि विचौलीयाका कारण मूल्य नपाउने भएकाले जिल्लाका कृषक निरास हुने गरेको उनको भनाइ छ ।
कृषि उत्पादनसँगै बजारीकरणका लागि स्थानीय सरकारले पहल गर्नुपर्ने किसानको माग रहेको छ । यहाँका किसानले उत्पादन गरेका चिज वस्तु नेपालका विभिन्न शहरदेखि छिमेकी मुलुक भारतका खटिमा, पलिया, बरेली, पञ्जाब, खटिमा, लखनउ तथा गौरीफाण्टाका शहरमा समेत पुग्ने गरेको जोरायल गाउँपालिका–६ का स्थानीय चित्रराज भट्टले जानकारी दिए । उनले भेन, “हामीले उत्पादन गरेका वस्तु विदेशसम्म पुग्छन्, स्वदेशमा यसको महत्व छैन ।”
उनले भने, “उत्पादित क्षेत्रमा सङ्कलन केन्द्र खोल्नका लागि विषयमा पहल भइरहेको छ, केही ठाउँमा खोली सकेका छौँ, केही ठाउँमा निकट भविष्यमै खोल्ने तयारीमा छौँ, उत्पादित वस्तु कुहिर खेर जान दिँदैनौँ ।” कृषि उत्पादनको बजारीकरणका लागि सरोकारवालाले कृषि उपज सङ्कलन केन्द्र बनाएर त्यसको बजारी करणका लागि पहल गरिदिए यहाँका कृषक आफ्नो पेशाप्रति थप आकर्षित हुनुका साथै उनीहरुको आयस्तरमा समेत वृद्धि हुने देखिन्छ ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५७
कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...
बैशाख १५ गते, २०७८ - १३:४८
काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...
बैशाख १५ गते, २०७८ - १३:३२
औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...
बैशाख १५ गते, २०७८ - १३:१५
जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...
बैशाख १५ गते, २०७८ - १३:०४
कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...
बैशाख १५ गते, २०७८ - १२:४७
साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...
बैशाख १५ गते, २०७८ - १२:३८
काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...
बैशाख १५ गते, २०७८ - १२:२९
नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...
बैशाख १५ गते, २०७८ - १२:११
बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...
बैशाख १५ गते, २०७८ - १२:०२
दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...


प्रतिकृया लेख्नुहोस्: