Khabar Dabali २९ चैत्र २०८२ आईतवार | 12th April, 2026 Sun

विदेशमा तलब नपाई फर्किन्छन् नेपाली श्रमिक

काठमाडौं । सिरहाका चतुरनारायण मण्डलले १८ महिनाको तलब लिन लपाई अक्टोबरको पहिलो साता कतार छाडे ।

आजको कान्तिपुर दैनिकमा खबर छ - उनी १३ वर्षदेखि इम्पेरियल ट्रेडिङ एण्ड कन्स्ट्रक्टिङ कम्पनीमा काम गर्थे । पहिले कम्पनी राम्रै थियो । व्यवस्थापन परिवर्तन भएपछि अवस्था बिग्रियो । ‘हामीले श्रम मात्रै पोख्नुपर्‍यो’, उनले भने, ‘कतारमा विना तलब बस्नै सकिएन । घरमा पैसो पठाउन नसक्ने भएपछि तनावमा बसेर के अर्थ ?’

उनीलगायत श्रमिकहरुले गत वर्षको जुलाइदेखि तलब माग गर्दै आन्दोलन गर्नुपरेको थियो । उनले १८ महिनाको १८ हजार रियाल (५ लाख ९४ हजार रुपैयाँ) छोडेर आउनुपर्‍यो ।

आफू जस्ता श्रमिकलाई तलब नदिँदा कम्पनीलाई ३ लाख ५७ हजार डलर फाइदा पुगेको उनी बताउँछन् । ‘कतिपय साथीहरु तलब पाइने आसमा अझै सनैया क्याम्पमै बसिरहेका छन्’, उनले भने । गन्तव्य देशमा मण्डलले जसरी तलब छाडेर आउने श्रमिकको संख्या निकै छ । यो वर्ष कोरोना महामारीले झन बढाई दिएको छ ।

‘तलब नदिन कम्पनीलाई कोरोना बहाना भई दियो’, साउदीमा कार्यरत सप्तरीका वीरेन्द्र शासले भने, ‘कम्पनीले टिकट मात्रै दिँदा पनि हामीले राहत मान्नुपर्ने अवस्था सिर्जना भयो ।’ खाडी तथा मलेसियास्थित नेपाली दूतावासहरुमा दैनिकजसो करिब २ सय जना तलब नपाएको भन्दै उजुरी लिएर जाने गरेका छन् । दूतावासले कम्पनी र श्रमिकसँग समन्वय गरे पनि श्रमिकले पसिनाको मूल्य पाउन कठिन छ ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending