Khabar Dabali ३० फाल्गुन २०८२ शनिबार | 14th March, 2026 Sat
Investment bank

युरोपमा नयाँ वर्षको विदा मनाउने क्रममा भिडभाड र समारोह नगर्न विश्व स्वास्थ्य संगठनको आग्रह

कोपेनहेगन । विश्व स्वास्थ्य संगठनले युरोपका देशहरुमा आगामी नयाँ वर्षका अवसरमा दिइने विदाको समयमा भिडभााड नगर्न र कुनै समारोहहरु नगर्न सुझाव दिएको छ । युरोपका देशहरुमा आगामी नयाँ वर्षको अवसरमा विदा मनाउनका लागि नागरिकहरुले ठूलो संख्यामा उपस्थित हुने र समारोहहरु गर्ने भएकोले त्यसो नगर्न आग्रह गरेको हो ।

यदि त्यसो गरिएमा युरोपेली देशहरुमा अहिले पनि महामारी देखिएको र त्यो महामारीले सबैलाई प्रभाव पार्न सक्ने चेतावनी पनि विश्व स्वास्थ्य संगठनले चेतावनी दिएको सो समाचारमा जनाइएको छ ।
विश्व स्वास्थ्य संगठनका युरोप क्षेत्रीय निर्देशक ह्यान्स कलगले शनिबार एक विज्ञप्ति प्रकाशन गरेर सो कुरा जनाएका छन् ।

उनले अहिले पनि युरोपका कतिपय देशहरुमा महामारीको दोस्रो लहर आएको र यसले गर्दा युरोपका देशहरुमा मानसिक स्वास्थ्यको अवस्था देखिएकोले सजगता अपनाउन भनेका हुन् । उनले आगामी नयाँ वर्षका अवसरमा युरोपमा पहिलेका वर्षहरुमा जस्तै बिदा मनाउने क्रममा पहिलेका वर्षहरुमा जस्तै ठूलो संख्यामा उपस्थित हुने र समारोहहरु गर्ने गर्नाले कोरोना भाइरसको महामारी झनै विस्तारित हुनसक्ने बताएका हुन् ।

युरोपका निर्देशक ह्यान्सले शनिबार भनेका छन्, युरोपमा पछिल्लो समयमा यो महामारी झनै ठूलो मात्रामा बृद्धि भइरहेकोले अहिले झनै सतर्कता र सजगता अपनाउनुपर्ने आवश्यकता छ । उनले युरोपमा मात्र २ करोड ३० लाखभन्दा बढी नागरिक यो महामारीबाट संक्रमित भएका छन् भने यस महामारीका कारण पाँच लाखभन्दा पनि बढी मानिसको ज्यान गएको पनि बताएका छन् ।

उनले यो चिसोको मौसममा युरोपेली देशहरुमा पहिलेको भन्दा अझ बढी सतर्कता अपनाउनुर्ने पनि बताएको समाचारमा जनाइएको छ ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: