चितवन । चितवन मेडिकल कलेजमा चिकित्साशास्त्रको अत्याधुनिक र अति विशिष्ट सेवाअन्तर्गत न्युक्लियर मेडिसिन सेवा शुरु भएको छ । अत्याधुनिक स्पेक्ट सिटी मेशिन भित्रिएसँगै न्युक्लियर सेवा शुरु भएको हो ।
कलेजले यस किसिमको उपकरण नेपालमा मात्रै नभएर भारतमा पनि अहिले जडानको प्रक्रियामा रहेको दाबी गरेको छ । अमेरिका, बेलायत र क्यानाडाजस्ता देशमा समेत सर्वसुलभरूपमा उपलब्ध नहुने यो प्रविधि आफूले भित्र्याएको अस्पतालका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा डा हरिश्चन्द्र न्यौपानेले दाबी गरे ।
यस उपकरण जडानसँगै धेरै बिरामीले उपचार लिने काठमाडौँ उपत्यकासहित देशैभरबाट बिरामी आउने उनको भनाइ छ । अस्पतालले उपकरण र जडान गरी करिब रु १४ करोड खर्च गरेर सेवा सञ्चालनमा ल्याएको न्यौपानेले जानकारी दिए । अस्पतालको न्युक्लियर मेडिसिन विभाग प्रमुख डा जीवन पौडेलका अनुसार यस सेवा शुरु भएसँगै मुटु, मस्तिष्क, थाइराइड, फोक्सो, मिर्गौला, कलेजो, हड्डीका साथसाथै शरीरका प्रायः सबै अङ्गको गहन जाँच सम्भव हुन्छ । चिकित्सा शास्त्रका प्रायः सबै विभागका बिरामी यसबाट लाभान्वित हुने उनको भनाइ छ । पौडेलले भने, “अबको समयमा थाइराइड क्यान्सरलगायत थाइराइडको जुनसुकै समस्याको चितवन मेडिकल कलेजबाट सफल उपचार हुनेछ । थाइराइडका गलगाँडको बिना अपरेसन सफल र स्थापित उपचार हुन्छ ।”
यस सेवाअन्तर्गत सानो मात्रामा रेडियोधर्मी औषधि बिरामीको नसाबाट दिएर त्यसबाट निस्कने गामा विकिरणलाई स्पेक्ट सिटीको माध्यमबाट जाँच हुन्छ । यसबाट शरीरका विभिन्न अङ्गको गहन जाँच सम्भव हुने डा पौडेलको भनाइ छ । थाइराइड क्यान्सरको समेत पूर्णरूपमा सफल उपचार हुने उनले जिकिर गरे ।
न्युक्लियर मेडिसिन (नाभिकीय चिकित्सा) मा विद्यावारिधि गर्नुभएका डा अरुण गुप्ताले यस उपकरण जडानसँगै भारतबाट पनि बिरामी यहाँ आउने बताए । उनले भने “भारतमा पनि बल्ल यो उपकरण भित्रिने चरणमा छ ।”
कलेजका प्रमुख कार्यकारी निर्देशक प्रताप देवकोटाले न्युक्लियर मेडिसिन (नाभिकीय चिकित्सा) शुरु भएसँगै अस्पतालमा थाइराइडको ‘कम्प्रिहेन्सिभ थाइराइड केयर क्लिनिक’ सञ्चालन गर्न लागिएको बताए । यसमा न्युक्लियर फिजिसियन, शल्यक्रिया गर्ने चिकित्सक र इन्डोक्राइनोलोजिष्टको टोलीले थाइराइडको क्यान्सरलगायत जुनसुकै समस्याको सफल उपचार गर्ने उनको भनाइ छ ।
वार्षिक चार लाख हाराहारी बिरामीको उपचार गर्दै आएको यस मेडिकल कलेजले आकस्मिक सेवासँगै सिटीस्क्यान, एमआरआइ, क्याथल्याबसहितको विशिष्ट सेवा दिँदै आएको छ । यहाँ नेपालभर र भारतबाट पनि बिरामी उपचारका लागि आउने गरेको देवकोटाले जानकारी दिए ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५७
कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...
बैशाख १५ गते, २०७८ - १३:४८
काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...
बैशाख १५ गते, २०७८ - १३:३२
औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...
बैशाख १५ गते, २०७८ - १३:१५
जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...
बैशाख १५ गते, २०७८ - १३:०४
कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...
बैशाख १५ गते, २०७८ - १२:४७
साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...
बैशाख १५ गते, २०७८ - १२:३८
काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...
बैशाख १५ गते, २०७८ - १२:२९
नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...
बैशाख १५ गते, २०७८ - १२:११
बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...
बैशाख १५ गते, २०७८ - १२:०२
दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...


प्रतिकृया लेख्नुहोस्: