Khabar Dabali ४ चैत्र २०८२ बुधबार | 18th March, 2026 Wed
Investment bank

ठूला र चिल्ला सडक मात्र विकासको सूचक होइन : मुख्यमन्त्री पौडेल

काठमाडौँ । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले देशमा हाल प्रचलित विकासको परिभाषालाई परिवर्तन गरिनुपर्ने बताएका छन् । मुख्यमन्त्री पौडेलले ठूला र चिल्ला सडकलाई मात्र विकासको सूचक मान्न नहुने धारणा राखे ।

चितवनको सौराहामा सोमबार आयोजित वाग्मती प्रदेश विकास परिषद्को दोस्रो बैठकमा पौडेलले पक्की सडकमा खाली खुट्टा पैदल हिँड्ने नागरिकको आर्थिक, सामाजिक तथा शैक्षिक विकास नभएसम्म भौतिक विकासले मात्र नहुने उल्लेख गरे । पौडेलले सरकार नागरिकको आर्थिक विकासका लागि प्रतिबद्ध रहेको जनाउँदै उद्यमशीलता विकास र रोजगारी प्रवद्र्धनका लागि सरकारले रु तीन अर्बको सुलभकर्जा कोष स्थापना गरेको जानकारी दिए ।

कार्यक्रममा प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुणप्रसाद नेपालले प्रदेश सरकारले उत्पीडित, दलित तथा विभिन्न कारणले पछि परेका नागरिकको जीवस्तर उकास्ने खालका कार्यक्रम ल्याएको बताए । आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले वाग्मती प्रदेशमा अतिदुर्गम, विकासोन्मुख तथा विकसित गरी तीन प्रकारको समाज रहेकाले ती तीनै क्षेत्रलाई अवस्थानुसारको योजना बनाएर विकास गरिने बताए ।

भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुँयालले परियोजना बैंकको कार्यान्वयन हुन नसक्दा योजनाको छनोट तथा कार्यान्वयनमा समस्या भएको जानकारी दिए । उनले परियोजना बैंक निर्माण भएर पनि विविध कारणले प्रयोग गर्न नसकिएको बताए ।

प्रदेश विकास परिषद् अध्यक्ष तथा मुख्यमन्त्री पौडेलको अध्यक्षता बसेको बैठकमा विगत एक वर्षमा सम्पन्न भएका कामको समीक्षा, योजना तर्जुमा तथा बजेट निर्माण प्रणाली, परियोजना बैंक स्थापना, स्थानीय तहको आवधिक योजना र मध्यमकालीन खर्च संरचना तर्जुमालगायतका विषयमा छलफल भएको प्रदेश नीति तथा योजना आयोगका कार्यवाहक उपाध्यक्ष श्याम बस्नेतले जानकारी दिए ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: